Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसरी हावा खायो ओलीको गलत प्रचार : फास्ट ट्रयाक यसरी बनाउँदैछ नेपाली सेनाले

\"\"
फास्ट ट्रयाक भारतीयलाई दिन मेरो नेतृत्वको सरकार ढालियो, अब ठूलो राष्ट्रघात हुँदैछ, – खड्गप्रसाद ओली साउन २५ भारतीय कम्पनीलाई पोस्न राष्ट्रवादी गठबन्धन टुटाइयो, अब फास्ट ट्रयाक भारतीयलाई दिइन्छ, नेकपा(एमाले) त्यसो हुन दिदैन – भीम रावल साउन २६ फास्ट ट्रयाक मात्रै होइन मुलकु नै अप्ठ्यारोमा पार्न खोजिएको छ, फास्ट ट्रयाक मार्फत त्यसको श्रृखला सुरु भयो – इश्वर पोखरेल साउन २७ भारतीय इच्छामा गठन भएको सरकारले राष्ट्रघाट गर्दैछ, प्रचण्ड त्यसका मतियार बने, फास्ट ट्रयाक भारतीयलाई दिने योजना बन्यो, तर एमाले त्यसो हुन दिदैन –भलनाथ खनाल साउन २९
प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताका अभिव्यक्ति हुन् यी । नेकपा(एमाले)का तीन तीन जना नेता मुलुकको प्रधानमन्त्री बने । त्यसमा माओवादीले साथ दियो, काँधमा काँध मिलायो । उनीहरुले जसो जसो भने माओवादीले त्यसै गरिदियो । तर गत साउन १९ गते खड्ग ओलीको सरकार संसदबाट हट्यो र प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भए, त्यसपछि एमाले नेताहरुको छुद्र प्रतिक्रिया हो । उनीहरुले असत्यलाई सत्य बनाउन हजार बार झुट बोले । हिटलरको सञ्चारमन्त्री गोयबल्सको शैलीमा गलत प्रचार गरे । काठमाडौँ तराई मधेश द्रुत मार्ग भारतीयलाई दिनका लागि नै सरकार गठन भएको आरोप लगाए । उनीहरु दिनलाई दिन देख्दैनन् । उनीहरु सत्यलाई सत्य देख्दैनन् । एमाले केवल खुराफातहरुको जमात् हो । एमालेमा सामान्य राजनीतिक चिन्तन समेत छैन । इतिहास पुष्टि गर्छ, एमाले अवसरवादीहरुको जमात मात्रै हो । त्यहाँ राजनीतिक चिन्तन कम, सार्वजनिक खपतमा लागि जे भने पनि हुन्छ जसो गरेपनि हुन्छ भन्ने मान्यताले काम गर्ने स्वार्थी समूहको हैकम छ । खड्ग ओली त्यसका प्रमुख हिस्सेदार हुन् । अरु उनका सहायक कारिन्दा हुन् । खड्ग ओलीहरु प्रचण्ड र नेपाली काँग्रेस माओवादी केन्द्रको सरकार विरुद्ध हुने नहुने भए नभएका सबै विषय उचालेर अरोप लगाउन थाल्यो । काठमाडौँ तराई मधेश द्रुत मार्ग भारतीयलाई दिन लागेको जस्तो अत्यन्तै निच गाली गर्न उसले भए नभएका सबै शब्द खर्चियो । तर एमाले र खड््ग ओलीहरुले भने जस्तो भएन । खड्ग ओली सरकारले के गर्छ र भनौला भन्दै खुराफात गरेर बसीरहेका थिए । तर सरकारले यही वैशाख २१ गते द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दियो । खड्ग ओलीहरुका हावा र गलत प्रचार केवल प्रचारका लागि मात्रै थियो भन्ने पुष्टि गरिदियो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा द्रुत मार्गका लागि बजेट छुट्टयाइएको र काम सुरु भएको भन्दै खड्ग ओलीहरु भाषण गर्न सिमित थिए । तर बजेटको किताब हेर्दा द्रुतमार्गका लागि कुनै पनि शीर्षकमा बजेट थिएन । केवल थियो त भाषण, केवल थियो त आश्वासन । सहायक सडक निर्माणका लागि छुट्टयाइएको रु दश करोडलाई खड्ग ओलीहरु बजेट छुट्टयाएको प्रचार गर्थे । उनीहरु जनता मुर्ख छन्, हामी सजिलै मूर्ख बनाउन सक्छौ भने झै गरी केवल एकछिनको बिकाउका लागि मात्रै बोल्थे । तर सरकारले नेपाली सेनालाई द्रुतमार्ग निर्माणको जिम्मा दिने निर्णय गरेपछि पनि खड्ग ओलीहरु केवल चुप छन् । उनीहरु सरकारको राम्रो कामको प्रशंसा समेत गर्न तयार छैनन् । उनीहरु आफैले गरेको गाली र गलत प्रचार पूर्ण रुपमा असत्य थियो भन्न समेत सक्दैनन् र भन्दैनन् पनि । उनीहरुलाई थाहा छ, सरकारले राम्रो काम ग¥यो भनियो भने हामीहरुको राजनीति सकिन्छ, हामी कमण्डलू बोकेर पाँचथर लिर लागे हुन्छ । सरकारले नेपाली सेनाका सेनापतिले तोकेको एक उच्च अधिकारीको संयोजकत्वमा समिति बनाएको छ । समितिमा भौतिक पूर्वाधार, अर्थ मन्त्रालयका अधिकारी समेत रहनेछन् । आगामी १५ दिन भित्र सेनाले निर्माणको खास खाका प्रस्तुत गर्नेछ । सेनाले निर्माणको प्रक्रिया केही दिन भित्रै सुरु गर्ने सरकारलाई जानकारी गराएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आग्रअनुसार नै सेना द्रुतमार्ग निर्माणका लागि तयार भएको हो । त्यसो त सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा एक अध्ययन समिति नै बनाएर द्रुतमार्ग निर्माणको विभिन्न मोडलहरुका बारेमा छलफल गरेको थियो । खड्ग ओलीहरुले भने जस्तो सो समितिले भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको जिम्मा देऊ भनेर प्रतिवेदन दिएन बरु सेनाले नै सो काम गर्न सक्छ भन्ने निष्कर्ष निकाल्यो । आगामी चार वर्षभित्र सो आयोजना सेनाले सम्पन्न गर्नेछ । करिब ९० अर्ब लागतमा आयोजना अगाडि बढाउने तयारी गरिएको छ । कुल ७६ किलोमिटर लामो सो मार्ग निर्माण भएपछि हेटौडा, नारायगढ, मुग्लिन हुँदै राजधानी भित्रनु पर्ने वाध्यताको अन्त्य हुनेछ । फा्रसट ट्रयाक बनेपछि खड्ग ओलीहरुको आर्शिवादमा चलेको सिकिन्डकेट अन्त्य हुनेछ । एकाधिकार अन्त्य हुने छ, कार्टेलिङ पनि अन्तय हुनेछ । ती सबै गलत धन्दा जोगाउन उनीहरु फास्ट ट्रयाक बन्न दिने पक्षमा थिएनन् । मुखले जे जे भनेपनि उनीहरु जनतालाई राहत दिने पक्षमा थिएनन् । तेलको नाममा अवैध धन्दा गर्नु उनीहरुको मक्सद थियो । खड्ग ओलीहरु महेन्द्रीय राष्ट्रवादको भजन गाइरहे । उनीहरु केवल विरोधका लागि मात्रै विरोध गरेर प्रचण्ड सरकारको बत्खुवाइ गरिरहेका थिए । राजनीतिक रुपमा एजेण्डा सकिएपछि मान्छे पर्धेनी गालीमा उत्रिन्छ, खड्ग ओलीहरु त्यही भूमिकामा सिमित भए । बरु खड्ग ओलीहरु नै भारतीयलाई फास्ट ट्रयाक दिन चाहन्थे । मिलेको थिएन कसिमन । उनीहरु कमिसन मिलेको भए विभिन्न नाटक र बहानाबाजी गरेर भारतीयलाई सो आयोजना दिन्थे र भन्थे आवश्यकताका आधारमा निर्णय गरिएको हो । राजनीतिमा लाज र नैतिकता नभएपछि जे गरेपनि हुँदो रहेछ, खड्ग ओलीहरु त्यही लाज नभएका नकचरा हुन् । सरकारले फास्ट ट्रयाकको विषयमा निर्णय गरेको तीन दिन बितसकेको छ। तर एमाले बोल्दैन, उनीहरुलाई बोल्नु आवश्यक पनि छैन । उनीहरुसँग बोल्नका लागि उखान टुक्का र अरु पार्टीलाई गाली गर्नका लागि पर्धेनी प्रपचन बाहेक केही छैन । खास अर्थमा राष्ट्रवादको संरक्षणकर्ता वर्तमान सरकार नै हो भन्ने त कामले देखिएको छ । ओलीहरु भन्थे मेरो नेतृत्वको सरकारले चीन सरकारसँग गरेको सम्झौता कार्यान्वयन गर्दैन , भारतले जे भन्छ त्यही गर्छ । प्रचण्ड नेतृत्वको सरकारले एक पेटी एक मार्गको अवधारणामा सही गर्ने अन्तिम तयारी गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सूचना तथा सञ्चार मन्त्री राम कार्की केही दिन पछि चीन भ्रमणमा जान लागेका छन् । खड्ग ओलीहरु सार्वजनिक किफायतका लागि बोल्छन्, उनीहरुसँग भोलि के हुन्छ र सरकार के गर्छ भन्ने कुनै एजेण्डा छैन । उनीहरु केवल गालीका लागि राजनीति गर्छन । अर्काको एजेण्डा चोर्छन, इतिहासले पुष्टि गरेको छ, एमाले पेण्डुलम पार्टी हो । जो अरुको कामको प्रतिक्रिया जनाउने बाहेक अरु कुनै क्षमता छैन । फास्ट ट्रयाक सेनाले बनाउने, एक पेटी एक मार्गमा हस्ताक्षर हुने, राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढ्ने तथा बढाउने काममा वर्तमान सरकारले महत्वपूर्ण सफलता हासिल गरेको छ । वर्तमान सरकार इतिहासकै सफल सरकार हो भन्ने पनि पुष्टि भएको छ । आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा पुगेको छ । तर पनि खड््ग ओलीहरु यही सरकारको विपक्षमा छन्, विरोधमा छन्, कुतर्कमा छन्, उनीहरु केवल प्रतिक्रियामा छन् । मान्छेहरु भन्छन्, एमाले प्रतिक्रियावादीहरुको झण्ड हो । खड्ग ओली प्रधानमन्त्री हुँदा आर्थिक वृद्धिदर ०.०१ प्रतिशत थियो । राष्ट्रिय तथ्यांक विभागको प्रतिवेदनको सार हो यो । राष्ट्र बैंक यही भन्छ । एमाले नेता विष्णु पौडेलले गत साल जेठ १५ गते पेश गरेको बार्षिक बजेटमा त्यही छ । विश्व बैंक त्यही भन्छ, एसियाली विकास बै.क त्यही भन्छ । तर खडग् ओलीहरु त्यो मान्न तयार छैनन् । वर्तमान सरकारले आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा पु¥याएको, लक्षित प्रक्षेपण भन्दा ४३ प्रतिशत बढीले राजस्व संकलन भएको समेत उनीहरु स्वीकार्न तयार छैनन् । दोषी चस्मा लगाएका ओलीहरुको आँखामा केवल रतन्धो लागेको छ । उनीहरु सत्यलाई स्वीकार गर्दैनन् । उनीहरु तथ्यलाई पत्याउँदैनन् , उनीहरु यर्थाथसँग डराउँछन् र भन्छन् यो सबै हावादारी हो । स्थानीय तहको निर्वाचन संघारमा छ । कपटी सकुनी महाभारतमा हारेको थियो, अबको निर्वाचनमा ओलीहरु हार्नु जरुरी छ । ओलीहरुलाई जनताले हराउनु जरुरी छ । किनकी ओलीहरुले जित्दा मुलुकले जित्दैन । उनीहरुले जित्दा मुलुकले हार्छ, जनताले हार्छ, इतिहासले हार्छ । त्यसकारण यसपटकको स्थानीय निर्वाचनमा काम गर्नेहरुले जित्नु पर्छ । फास्ट ट्रयाक नेपाली सेनालाई दिने पार्टी र गठबन्धनले जित्नु पर्छ । एक पेटी एक मार्गमा हस्ताक्षर गर्ने आँट भएको सरकारले जित्नु पर्छ । आर्थिक वृद्धिदर सात प्रतिशत पु¥याउनेले जित्न्ुाु पर्छ , समुन्द्र नै नभएको मुलुकमा पानी जहाज चलाउने गफ दिनेहरु हार्नु पर्छ । ग्याँसको पाइप घर घर पु¥याउने गफ दिने ओलीहरु हार्नु पर्छ । किनी गलत काम गर्नेहरु नत विगतमा सफल भए, नत आज सफल हुन्छन्, नत भोलि नै सफल हुन्छन् । त्यसकारण खड्ग ओलीहरु स्थानीय तहको निर्वाचनमा हार्नु जरुरीछ । अन्यथा फास्ट ट्रयाक सेनाले होइन भारतीय कम्पनीलाई बुझाइने छ र भनिनेछ राष्ट्रवादी गठबन्धन र नेकपा(एमाले)ले परिस्थिती अनुसार निर्णय गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies