Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यी कुरा अपनाए तपाई कहिले पछुताउनु पर्दैन्

\"\"काठमाडाैं, २२ वैशाख ।  कसरी म्यानेजरलाई आफू उक्त पदका लागि उपयुक्त छु भनेर जानकारी गराउने ? कम्पनीका बारेमा कसरी थाहा पाउने ? कसरी अन्तर्वार्ताको तयारी गर्ने ? अन्तर्वार्ताका लागि जाँदा कस्तो पहिरन लगाउने र कसरी प्रस्तुत हुने ? जागिरको विश्लेषण गर्नुहोस् सबैभन्दा महत्वपूर्ण कुरा जागिर आफ्नो योग्यताअनुरूप छ कि छैन जान्नु नै हो । जागिर पाइसकेपछि आफूले त्यहाँ गर्नुपर्ने कामका बारेमा पत्ता लगाउनुपर्छ । आफूबाट कम्पनीले के चाहन्छ ? त्यो पनि महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई पनि विश्लेषण गर्नुपर्छ । आफ्नो कला, क्षमता, पेसागत दक्षता एवं व्यक्तिगत गुण कम्पनीको मागअनुसार छ–छैन पत्ता लगाउनुपर्छ । कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार गर्नुपर्छ । आफ्नो गुण र कम्पनीको माग जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार हुन्छ, तब जागिरको अवश्यकतासँग आफ्नो गुण र योग्यता दाज्नुपर्छ । आफ्नो कला, शैक्षिक योग्यता, अनुभव, पेसागत योग्यता, दक्षता, क्षमता एवं कम्प्युटर स्किलजस्ता कम्तीमा ११ वटा कुराको सूची तयार पार्नुपर्छ, जुन अन्तर्वार्ताकारसँग सेयर गर्न काम लाग्छ । आफ्नो सूची र जागिरको रिक्वायरमेन्ट मिल्छ कि मिल्दैन रुजु गर्नुपर्छ । यति भएपछि अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफका लागि तयार हुनुपर्छ । कम्पनीका बारेमा जानकारी कुनै पनि संस्थामा जागिर सुरु गर्नु अगावै उक्त संस्थाका बारेमा जानकारी राख्नु महत्वपूर्ण हुन्छ। त्यसैले कुनै संस्थामा अन्तर्वार्ता दिन जाने हो भने सम्बन्धित संस्थाका बारेमा जानकारी लिनुपर्छ । यसले आफूलाई अन्तर्वार्तामा उत्तर दिन मात्र होइन, जागिरका लागि निर्णय गर्न पनि सजिलो बनाउँछ । कम्पनीका बारेमा त्यहाँको काम गर्ने शैली, काम गर्ने वातावरण एवं त्यहाँका हुनेवाला सहकर्मीहरूका बारेमा थोरै भए पनि जानकारी लिनुपर्छ । अन्तर्वार्ताका लागि प्राक्टिस आफूसँग सोध्न सकिने केही नमुना प्रश्नको सूची तयार गर्नुपर्छ । जसका लागि केही जानकार व्यक्तिहरूको अथवा इन्टरनेटको सहयोग लिनुपर्छ । यसले अन्तर्वार्तालाई सहज बनाउन मद्दत गर्छ । आफ्नो घरका सदस्यहरूमध्ये एक जना वा साथीहरूमध्ये एकजनासँग अन्तर्वार्ताको प्राक्टिस गर्न सकिन्छ । पहिरनमा ध्यान कुनै पनि काम हतारमा गर्नु हुँदैन। अन्तर्वार्तामा जानुभन्दा अघि नै पहिरन तयार राख्नुपर्छ । अन्तर्वार्ताका लागि र्फमल ड्रेसमै जानु उपयुक्त हुन्छ । यसले व्यक्तित्व झल्काउनुका साथै आफूलाई अफिसियल बन्न पनि मद्दत पुर्‍याउँछ । र्फमल ड्रेस आइरन गरेर राख्नुपर्छ। भनिन्छ ‘फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ त्यसैले झुक्किएर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन जानु हुँदैन, किनभने त्यसले आफ्नो इम्प्रेसन खराब बनाउन सक्छ । स्थान र समय अन्तर्वार्ताका लागि कहाँ जानुपर्ने हो ? त्यहाँ जाने बाटो कताबाट कता हो ? कुन समयमा पुग्नुपर्ने हो ? सबै कुराको जानकारी लिनुपर्छ । कार्यालयमा गएर कोसँग भेट्ने भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ । के–के लैजाने ? के नलाने ? सामान्यतया अन्तर्वार्ताको समयमा केही चिज छुटाउनु हुँदैन । तीमध्ये आफ्नो बायोडाटाको अतिरिक्त कपी र अनुभवका पत्रहरूका कपीको साथमा रिफरेन्स महत्वपूर्ण हुन्छ । त्यसबाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेटलगायत ट्रेनिङ्गका सर्टिफिकेटहरू पनि लानु राम्रो हुन्छ । अन्तर्वार्ताको समयमा मोबाइल बज्नु हुँदैन, चुइंगगम, चकलेट वा अन्य चिजहरू मुखमा राख्नु हुँदैन । कसरी प्रस्तुत हुने ? अन्तर्वार्ता दिने कोठामा छिर्नुअघि के म भित्र छिर्न सक्छु भनेर सोध्नुपर्छ । अन्तर्वार्ता लिने मानिसको अघि पर्ने बित्तिकै नर्भस हुनु हुँदैन । हडबडाउनु हुँदैन । अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमित रूपमा राम्रोसँग, स्पष्ट आवाजमा दिनुपर्छ । सकेसम्म उक्त पदका लागि आफू उपयुक्त भएको कारण उल्लेख गर्नुपर्छ । अनावश्यक कुरा गर्नु हुँदैन । सुनुहोस र सोध्नुहोस् अन्तर्वार्ता लिने व्यक्तिको कुरा ध्यान दिएर सुन्नुपर्छ । कुनै कुरामा कन्फ्युज भए शिष्टतापूर्वक प्रश्न सोध्न हिचकिचाउनु हुँदैन भने अनावश्यक कुरा पनि गर्नु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies