Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यी हुन् प्रमुख दलबीच भएका महत्वपूर्ण तालमेल

\"\"काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्ष एमालेले संसद्को चौथो ठूलो दल राप्रपासँग काठमाडौं र ललितपुर महानगरमा तालमेल गरेसँगै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा तालमेल गरेका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने गरी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको छ । उपमेयरमा भने कांग्रेस उम्मेदवार पार्वती शाहलाई माओवादीले सहयोग गर्ने समझदारी गरेसँगै सुरेन्द्र गुरुङको उम्मेदवारी पार्टीले नै फिर्ता लिइदिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिने पार्टी केन्द्रको निर्णयप्रति भरतपुरमा केही असन्तुष्टि भए पनि अन्तिममा सहमति भएको दाबी गरे । ‘उम्मेदवारमा म्यानेज गर्दा अलिकति समस्या आएको हो,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘तर, पार्टी केन्द्रले नै भनेपछि उम्मेदवारी फिर्ता लिन मेयरका उम्मेदवार दिनेश कोइरालाले मान्नुभएको छ ।’ केन्द्रको निर्णयमा कोइरालाले असहमति राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नामबाट निर्वाचन आयोगको कार्यालयमा फ्याक्समार्फत पत्र पठाएर उम्मेदवारी फिर्ता लिइएको हो । पत्रमा कांग्रेसले माओवादी केन्द्रका रेणु दाहाललाई चुनावमा समर्थन गर्ने र उपमेयरमा माओवादीले कांग्रेस उम्मेदवार पार्वती शाहलाई सहयोग गर्ने जानकारी निर्वाचन आयोगलाई दिइएको छ । माओवादीले पनि आयोगलाई पत्र लेखेर उपमेयरमा उम्मेदवारी दिएका सुरेन्द्र गुरुङको नाम फिर्ता लिएको छ । \"\" पोखरा मेयरमा माओवादी सहयोग कांग्रेसलाई, उपमेयरमा आ–आफ्नै उम्मेदवार भिड्ने चितवनमा कांग्रेसले माओवादीलाई छाडेपछि पोखराको मेयरमा माओवादीले कांग्रेसलाई छाडिदिएको छ । पोखरामा माओवादी केन्द्रले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई सहयोग गर्ने भएको छ । माओवादी केन्द्रले पोखरामा विश्वप्रकाश लामिछानेलाई उठाएको थियो । तर, कांग्रेससँग तालमेल भएपछि उनले फिर्ता लिएका हुन् । महानगरको उपमेयरमा भने कांग्रेस र माओवादीका आ–आफ्ना उम्मेदवार भिड्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । पोखरा महानगरको उपमेयरमा कांग्रेसबाट सरस्वती गुरुङ र माओवादी केन्द्रबाट उमा ढकाल उपप्रमुखका उम्मेदवार छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending