Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सासूबुहारी र आमाछोरी नै उम्मेदवार

\"\"धादिङ, २१ वैशाख । स्थानीय तहको निर्वाचनअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नंम्बर ७ बाट सासूबुहारी नै फरकफरक पार्टीबाट उम्मेद्धार बनेका छन् । एउटै घरका सासूबुहारी भए पनि उनीहरूले दुई फरक राजनीतिक पार्टीबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका हुन् । सासू चिनिमाया परियारले नेकपा एमालेको तर्फबाट नीलकण्ठ नगरपालिका वडा नं ७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ भने उनकी बुहारी कल्पे परियारले नेकपा माओवादी केन्द्रबाट सोही वडामा दलित महिला सदस्यमा उम्मेदवारी दिएका छन् । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ–६८ वर्षकी चिनिमायाले पहिलेदेखि नै आफूले एमालेलाई भोट हालेकाले छोराबुहारी जता लागे पनि एमालेका तर्फबाट उम्मेदवार बनेको बताए । त्यस्तै चिनिमायाकी बुहारी कल्पेले पनि श्रीमान् नेकपा माओवादी केन्द्रको राजनीति गर्ने भएकाले आफूले माओवादी केन्द्रबाट उम्मेदवारी दिएको बताए । चिनिमायाले भन्नुभयो, ‘बुहारी बिहे गरेर यो गाउँमा आएकी नयाँ मान्छे भएकीले नयाँ पार्टीमा लागेकी होलिन्, छोराले सोधेको त थियो तर तिमीहरू आफ्नो सुर गर भनिदएँ । देशका ठूला राजनीतिक दलहरू एकआपसमा मिल्न नसकिरहेको बेला उहाँहरू दुवैजनाले सल्लाह गरेरै फरकफरक पार्टीबाट उठेका हुन् । चिनिमायाका छोरा एवं कल्पनाका श्रीमान् गोविन्द परियारले भन्नुभयो, ‘जनयुद्ध कालदेखि म माओवादी राजनीति गर्थें, आमाले एमालेलाई सर्पोट गर्दै आइरहनु भएको छ । आमाको स्वतन्त्रताको कुरा भएकाले हामीले आमाको अधिकार हनन गर्न चाहेनौँ । सल्लाह गरेरै आमालाई मन लागेको पार्टीबाट उठ्नोस् भनेका हौँ । गोविन्द नेकपा माओवादी केन्द्र धादिङको जिल्ला कमिटी सदस्य छन् । सासूबुहारी नै फरकफरक पार्टीबाट उठेपछि गाउँले र छरछिमेकीले सधैं घर झगडा हुन्छ होला है भनेर जिज्ञासा राख्ने गरेको गोविन्दले बताए । ‘सासूबुहारी फरकफरक पार्टीबाट उठेको भए पनि अरूले शंका गरेजस्तो हाम्रो परिवारमा बेमेल छैनु, गोविन्दले भने, ‘राज्यले दिएको सुविधा हो, सासूबुहारी जतासुकैबाट उठे पनि परिवार मिले भइगो नि । सिद्धलेक गाउँपालिकामा पनि आमाछोरी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । सिद्धलेक गाउँपालिकाको वडा नं १ मा सरिना सिलवाल भट्टराईले नेपाली कांग्रेबाट महिला सदस्यमा उम्मेदवारी दिएका छन् भने सोही गाउँपालिकाको उपप्रमुखमा राप्रपाबाट सरिनाकी आमा ज्ञानुमाया सिलवालले उम्मेदवारी दिएका छन् । त्यस्तै नीलकण्ठ नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसबाट गौतमहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उनकै दाजु शिवहरि अधिकारीले नीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् पत्रकार पनि चुनावी दौडमा १९ वर्षपछि हुन लागेको स्थानीय तहको नेतृत्व लिन पत्रकारहरू पनि अहिले चुनावी दौडमा रहेका छन् । नेपाल पत्रकार महासंघ धादिङका सदस्यहरू पुष्प थपलिया, रमेश आचार्य, ठाकुर गुरुङ र हरि विश्वकर्मा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छन् । महासंघका पूर्वकेन्द्रीय पार्षद् पुष्प थपलिया सिद्धलेक गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छन् । पार्टीले सर्वसम्मत रूपमा आफूलाई उम्मेदवार बनाउन सिफारिस गरेपछि चुनावमा होमिएको थपलियाले जानकारी दिए । महासंघ धादिङका सदस्य एवं आदिवासी जनजाति पत्रकार महासंघ धादिङका अध्यक्षसमेत रहेका ठाकुर गुरुङले नेकपा माओवादी केन्द्रको तर्फबाट नेत्रावती गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गुरुङको नाम पनि पार्टीले सर्वसम्मत चयन गरेको हो । यसैगरी महासंघका सदस्य एवं प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेश सचिव रमेश आचार्य धुनीबेसी नगरपालिकाको वडा नम्बर ६ बाट वडा अध्यक्षमा उम्मेदवार बनेका छन् । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ७ बाट हरि विश्वकर्मा वडा अध्यक्षमा उठेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending