Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

‘बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित’

\"\"काठमाडौँ, २१ वैशाख । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय तहका पार्टी समिति र संयन्त्रले आवश्यकताअनुसार अन्य पार्टीसित सहकार्य र तालमेल गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कांग्रेसको प्रचार–प्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन कार्य सम्पन्न भइसके पनि उम्मेदवारी फिर्ता लिने समयसम्म स्थानीय स्तरमा आवश्यकताअनुरूप पार्टीले अन्य पार्टीसँग तालमेल गर्न सक्ने जानकारी दियो । उपसमिति संयोजक पार्टी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले अन्य पार्टीसँग तालमेलका लागि स्थानीय पार्टी समितिलाई अख्तियारी प्रदान गरिएको बताए । पत्रकार सम्मेलनमा पहिलो चरणको स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका सबै पदमा पार्टीले उम्मेदवारी दिएको संयोजक लेखकले जानकारी दिए । ‘बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित’ कांग्रेसले स्थानीय तह प्रथम चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पार्टी सदस्यलाई फिर्ता लिन आग्रह गर्दै नलिए कारबाही गर्ने चेतावनी दिएको छ । ‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै पनि सदस्यले बागी उम्मेदवारी दर्ता गरेको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय वैशाख २१ गते बिहीबार एक बजेदेखि पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्णयानुसार निर्देशन गरिन्छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निष्कासित हुने निर्णयानुसार जानकारी गराइन्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending