Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

चुनावी तालमेलको सन्देशः दललाई पार्टीको सिदान्त भन्दा पद नै प्यारो

\"\"काठमाडौं, २० वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जित हात पार्नका लागि दलहरुले चुनावी तालमेल गरेका छन् । सत्तारुढ र प्रतिपक्ष दलहरुले विचार नै नमिल्ने दलहरुसँग चुनावी तालमेल गरेका हुन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार ३४ जिल्लाका ९ ठाउँमा पाँच राजनीतिक दलहरुले चुनावी तालमेल गरेका छन् ।
एउटा प्रजातन्त्रवादी र अर्को कम्युनिष्ट पार्टी हुन् । उनीहरुबीच धेरै भिन्नता छन् । तर पनि पद हत्याउनका लागि चुनावी तालमेल गरेका छन् । बागलुङमा पनि राष्ट्रिय जनमोर्चा र एमालेबीच चुनावी तालमेल भएको छ । यी दुबै कम्युनिष्ट हुन् । तर जनमोर्चा संघियता विरोधी हो भने एमाले संघियता पक्षधर हो ।
जस्तो कि २४० बर्षिय राजतन्त्र फाल्नका लागि ठूलो भूमिका खेलेको नेकपा एमालेले पदकै लागि काठमाण्डौं र ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । विचार र एजेण्डा नै नमिल्ने एमाले र राप्रपाले पदसमेत बाँडफाड गरेका छन् । देशमा राजतन्त्र चाहिने वकालत गर्दै हिड्ने राप्रपा र आफुलाई कट्टर गणतन्त्रवादी भन्ने एमालेको चुनावदी तालमेललाई अर्थपूर्ण रुपमा हेरिएको छ । राप्रपाले अहिले आफ्नो प्रमुख एजेण्डा राजतन्त्र राखेको छ । त्यसो त भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा पनि एमाले र मजदुर किसान पार्टीको चुनावी तालमेल भएको छ । त्यस्तै हेटौडा र थाहा नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । माओवादी कम्युनिष्ट र कांग्रेस प्रजातन्त्रवादी पार्टीका रुपमा स्थापित भएका उनीहरु सत्तासाझेदार दलसमेत हुन् । त्यस्तै लमजुङ जिल्लामा पनि माओवादी केन्द्र र एमालेले चुनावी तालमेल गरेका छन् । यी दुई पार्टी कम्युनिष्ट भएपनि एकले अर्कोलाई चर्को विरोध गर्छन् । ताकि एकले अर्कोलाई ‘हिलो’ छ्याप्न पछि पर्दैनन् । दोलखामा पनि कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । त्यस्तै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा पनि माओवादी र राप्रपाबीच चुनावी तालमेल भएको छ । जब कि राजाको छोरा/छोरीले मात्र होईन जनताका छोरा/छोरीले पनि देशको नेतृत्व लिन पाउनपर्छ भन्दै जनयुद्ध लडेको माओवादीले पनि राजावादी पार्टी राप्रपासँग चुनावी तालमेल गरेको छ । अझ भनौं माओवादीकै कारण राजतन्त्र फालेर गणतन्त्र आयो । अहिले उनीहरुबीच विचार, एजेण्डा केहि पनि मिल्दैन् । त्यसैगरि हुम्लाको ताजाकोट गाउँपालिकामा कांग्रेस र एमालेले चुनावी तालमेल गरेका छन् । एउटा प्रजातन्त्रवादी र अर्को कम्युनिष्ट पार्टी हुन् । उनीहरुबीच धेरै भिन्नता छन् । तर पनि पद हत्याउनका लागि चुनावी तालमेल गरेका छन् । बागलुङमा पनि राष्ट्रिय जनमोर्चा र एमालेबीच चुनावी तालमेल भएको छ । यी दुबै कम्युनिष्ट हुन् । तर जनमोर्चा संघियता विरोधी हो भने एमाले संघियता पक्षधर हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending