Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

ज्ञानेन्द्रको योजनामा ओलीको राष्ट्रवाद : अदालत मार्फत सफ्ट कु गर्ने षड्यन्त्र यसरी भयो पराजित

\"\"काठमाडौं, २० बैशाख । नेकपा(एमाले)का अध्यक्ष खड्ग ओली पूर्व राजा ज्ञानेन्द्रको असली मतियार बनेको पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुष्टि गरेको छ । संविधान संशोधननमा उनले देखाएको बालहठ, राजनीतिक रुमपा दोग्ला चरित्र र राष्ट्रवादको नाममा देखाएको नाटकका पछाडि ज्ञानेन्द्रको हात रहेको प्रष्ट भएको छ । पछिल्ला दिनमा खड्ग ओली, राप्रपा परित्याग गरेका डा प्रकाशचन्द्र लोहनी र ज्ञानेन्द्रकोबीचमा गतिलो मित्रता मात्रै होइन सहकार्य समेत हुन थालेको छ । व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भयो । संविधान संशोधन प्रस्तावलाई असफल बनाउन खड्ग ओलीले ज्ञानेन्द्रसँग सहयोग मागे र प्रकाशचन्द्र लोहनी मार्फत संशोधन प्रस्ताव असफल बनाउने योजना बनाइयो । सोही योजनाअनुसार नै ज्ञानेन्द्रको निर्देशनमा राप्रपाका १० सांसदको मोबाइल अफ गर्न लगाइयो र सदनमा संविधान संशोधन प्रस्ताव नै दर्ता भइहाले पनि थप तीन जना सांसदले मतदान नगर्ने स्थितीको सिर्जना गरियो । सरकारमा रहेका दलहरुले निकै मेहनतका साथ संविधान संशोधनको पक्षमा ३९८ मत पु¥याएका थिए । खड्ग ओली, ज्ञानेन्द्र गठबन्धनका कारण संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न सकेन । सतहमा हेर्दा यी विषय संसद् भित्रका विषय जस्ता लागेपनि ज्ञानेन्द्रसँग जोडिएको लगन गाँठो र त्यसको प्रमुख खेलाडीका रुपमा खड्ग ओली देखिएका छन् । मधेसवादी दललाई भारतीय भनेर बिच्क्याउन पनि ओली लागि परेका छन् । संविधानको कमा र पूर्णविराम समेत परिवर्तन गर्न नदिने उनको चरित्र निर्माण हुनुको पछाडि राष्ट्रवाद नामको भूतले काम गरेको छ । यसका पछिाडि केही कारण र तथ्यहरु पनि रहेका छन् । महाकाली सन्धीको विषयलाई लिएर एमाले फुटेको सन्दर्भमा खड्ग ओलीहरुमाथि तत्कालीन मालेले लगाएको केही आरोपरुपी तथ्यहरुको स्मरण गर्नु जरुरी हुन्छ । एमालेका हालका प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल र एमाले छाडेका स्वतन्त्र लेखक नारायण ढकालले २०५५ सालमा लेखेको पुस्तक ‘राष्ट्रघाती विर्सजनवादी एमाले नेतृत्व गुटको ५१ अपराध’का विषयमा चर्चा गर्नु उपयुक्त हुन्छ । उक्त पुस्तकमा लेखिएको छ तत्कालीन नेकपा(माले)को चौथो महाधिवेशन र तत्कालीन नेकपा(एमाले)को पाँचौ महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना गर्ने लक्ष्यलाई माधव केपी (माधवकुमार नेपाल र खड्ग ओली) गुटले छैटौ महाधिवेशनमा उठाइएको गणतन्त्रको प्रस्ताव परित्याग गरि आफ्नो दस्तावेजमा कहीकतै गणतन्त्रको ग समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रुपमा समेत एमालेलाई राजावादी पार्टीमा परिणत गरायो । योगेश भट्टराईहरुले त्यतिखेर लगाएको आरोपको श्रृखलामा अहिले खड्ग ओली र ज्ञानेन्द्र शाहबीच भइरहेको गठबन्धनलाई लिन सकिन्छ । बरु राजा र दरबारसँगको टसलपछि गिरिजाप्रसाद कोइराला सहजै रुपमा गणतन्त्रवादी बनेका थिए । नेपालको इतिहासमा कोइरालाको योगदान स्वर्ण अक्षरमा लेखिएको छ । ‘एमाले त्यसको नेतृत्व विशेष गरी खड्ग ओली न त विगतमा गणतन्त्रवादी थिए, न त राष्ट्रवादी नै । उनी त खास अर्थमा राजतन्त्रका पहरेदार नै हुन् । कमल थापाहरु बरु गणतन्त्रवादी होलान् तर खड्ग ओलीहरु गणतन्त्रवादी बन्नै सक्दैनन् र हुँदैनन् पनि’ योगेश भट्टराईहरुले लगाएको आरोप हो यो । महाकाली सन्धी पारित गर्ने समयमा उनै खड्ग ओलीहरुले तत्कालीन काँग्रेसको नेतृत्वसँग रु पाँच करोडको डिल गरेको विषय पनि सार्वजनिक भएको थियो । यस्तै तत्कालीन गृहमन्त्री समेत रहेका खड्ग ओलीले नियमविपरित गृह मन्त्रालयका लागि खरिद गरेको सवारी साधनमा भ्रष्टाचार गरेको प्रतिवेदनसंसद्को सार्वजनिक लेखा समितिको सम्पत्तिको रुपमा अझै पनि सिंहदरमा सुरक्षित छ । यो नागरिकले लगाएको आरोप होइन, उनै योगेश भट्टराई र घनश्याम भुसालहरुले निकालेको पुस्तकमा उल्लेख गरिएको विषय हो । बागबजारमा पुस्तक पसल र स्टेशनरीहरुमा अझै पनि सो पुस्तक पाइन्छ । यस्तै मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्डको सन्दर्भमा तयार पारिएको भिसेरा रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरा लुकाइयो । तत्कालीन राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेललाई खड्ग ओलीले दासढुंगा हत्याकाण्डलाई हत्या भएको होइन, दुघर्टना मात्र हो भनी सही गर्न लगाइयो आम मान्छेले लगाएको आरोप होइन, उनै भुसाल र भट्टराईले एमाले नेतृत्वलाई भनेको विषय हो । माओवादीले काँध थापिदिएर एमालेका तीन नेता प्रधानमन्त्री भए । विद्या भण्डारी राष्ट्रपति भइन के एमाले तयार छ ? मदन भण्डारी र जीवराजको हत्यारा पत्ता लगाउन । स्थानीय तहको निर्वाचन सुरु भएको छ । तपाईको घरमा भोट माग्न आउने एमालेका नेतालाई सोधिदिनु मदन र जीवराजको हत्यारा कहिले पत्ता लगाउनुहुन्छ ? हत्यालाई दुर्घटनाको जलप लगाएको एमाले नेतृत्व अहिले पनि उही छ । जो राष्ट्रवादको नाममा नेपाली जनतामाथि राष्ट्रघात गरिरहेको छ । मुखले राम राम बगलीमा छुरा खड्ग ओलीको परिचय हो । कान्तिपुर प्रकाशन गृहको सहप्रकाशन नेपाल साप्ताहिकले केही समय पहिले मैमत्त कमरेड भन्दै ओलीको विषयमा जे हो त्यही लेख्यो । ओलीले एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने त्यो समाचार लेख्ने पत्रकार र पत्रिका पनि चिनेको छु, समय आएपछि विचार गरौला । त्यो भनाइको तात्पर्य के हो ? प्रतिपक्षमा रहँदा समेत अधिनायकवादी शासन चलाउन खोज्ने ओली पूर्ण बहुमतका साथ सरकार चलाउने अवस्थामा पुगेभने आफू विरुद्ध बोल्ने सबैलाई जेल हाल्न तयार छन् । उनी विरोधी जति सबैलाई सिध्याइदिन चाहन्छन् भन्ने देखिन्छ । भारतमा दंबग प्रधानमन्त्री नरेन्द्र मोदीले प्रजातन्त्रको नाममा अधिनायकवाद चलाइरहेका छन् । खड्ग ओली आफूलाई मोदीसँग तुलना गर्छन । यसले पनि के देखाउँछ भने उनी आफ्ना विरोधीलाई पूर्ण रुपमा मरियामेट पार्न चाहन्छन् । हुन त झापा विद्रोहका क्रममा अरुका बाउका टाउका काट्ने र आफ्नाका भने जोगाउने भन्दै पूराना वाम नेता मोहनचन्द्र अधिकारीले भनेकै हुन् । अब सन्दर्भ रह्यो पछिल्ला दिनमा खड्ग ओली र ज्ञानेन्द्रबीचको गठबन्धन कसरी बन्यो भन्नेमा । राष्ट्रपति विद्या भण्डारीले छोरीको विवाह गरिदिइन, प्रमुख पाहुना बने ज्ञानेन्द्र शाह । ज्ञानेन्द्रले नातीको ब्रतबन्ध गरे प्रमुख पाहुना बनीन राष्ट्रपति भण्डारी । सामाजिक परम्पराको आवरणमा सम्बन्ध विस्तार भएको सतहमा देखिन्छ । तर खास अर्थमा भने शिशु गणतन्त्रको घाटी निमोठ्न ओलीहरु सक्रिय छन् । माधव नेपाल त दाम राखेर राजाको खुट्टा ढोग्न गएका व्यक्तित्व नै हुन् । झलनाथ खनाललाई दक्षप्रजापतिको टाउकोले सधै सताइरहन्छ । इश्वर पोखरेलहरु नेता कम व्यापारी बढी हुन् । जसलाई राजनीतिको नाममा व्यापार गर्नु छ । खानेपानीको ट्याकीमा लुकाइएको पैसाको कारण अख्तियारले डामेको घटना पूरानो भएको छैन । मान्छेहरुले पोखरेललाई अहिले पनि तेल मन्त्री भनेर चिन्छन् । भीम रावलमाथि लागेको साउथ चाइना जहाज प्रकरणको १४ करोडको भ्रष्टाचार, पाइलट हडतालका कारण नेपाल वायु सेवा निगमको गुमेको ६० करोड बढीको व्यापारको विषयले अझै पिरोलीरहेको छ । धमिजा काण्डको मुद्दा सर्वोच्चमा चलीरहेको छ ।दिनेश धमिजालाई गलत तवरले दिइएको रु १८ करोड छुटको विषयमा भीम रावल तानिने सम्भावना छ । यी सबै घटनाक्रमले एमालेको सिंगो नेतृत्व क्रमशः भ्रष्टाचारीमा परिणत भएको पुष्टि हुन जान्छ । यी सबै घटनाक्रम र तथ्यहरुलाई ओझेलमा पार्न र नेपाली जनतालाई मूर्ख बनाउन एमालले राष्ट्रवादको नाममा ज्ञानेन्द्रसँग मितेरी साइनो लगाएको हो । आफ्ना सबै काला कर्तुतहरु जोगाउनका लागि बनेको राष्ट्रवादको साइनो नेपाली जनताका सामु प्रष्ट भइसकेको छ । अझ पछिल्ला दिनका गतिविधि हेर्ने हो भने एमाले विजुलीचोरको मतियार हो । नेपाल विद्युत् प्राधिकरण डुबाउने सबैभन्दा ठूलो खेलाडी एमाले नेतृत्व हो । सार्वजनिक संस्थानहरु डुबाउने एमाले हो । त्यसको नेतृत्व हो । पछिल्लो दिनमा त एमालेले अदालतको आडमा सफ्ट कु नै गर्ने योजना बनाएको तथ्य सार्वजनिक भएको छ । सुशीला कार्कीले ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मानहानीको मुद्दा चलाउने, प्रधानमन्त्री प्रचण्डलाई द्वन्द्वकालीन घटनाको नाम र अदालतको अपहेला गरेको नाममा मुद्दा चलाउने, नेपाली सेनाका उच्च अधिकारीलाई पनि सोही बाहानमा बर्खास्त गर्ने, मुलुकलाई अराजकताको भूमरीमा फसाउने र नेपाल प्रहरीको प्रमुखमा किर्तेकाण्डका प्रमुख मतियार नवराज सिल्वाल ल्याउने र सफ्ट कु गर्ने एमाले र खड्ग ओलीको योजना थियो । त्यो योजना महाअभियोग प्रकरणपछि क्रमशः साम्य भएको छ । देश र जनता विरुद्ध चालिएका यस्ता हर्कतलाई जोगाउन पनि एमालेले राष्ट्रवादको माला जप्नु आवश्यक देखिएको छ । जुन अन्ततः राष्ट्रघातको अर्को श्रृखला हो । योगेश भट्टराई र घनश्याम भुसालहरुले २०५५ सालमा लगाएको आरोप आज पनि उत्तिकै समय सान्दर्भिक छ, उत्तिकै तर्कसंगत छ, जुन खड्ग ओलीहरुप्रति परिलक्षित थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies