Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

स्थानीय निर्वाचनः यस्तो रह्यो जिल्लामा मनोनयन

\"\"काठमाडौँ, २० वैशाख । विभिन्न जिल्लामा स्थानीय तह निर्वाचन सन्दर्भमा हिजो उत्साहपूर्वक सहभागिताका विविध गतिविधिसम्बन्धि समाचार प्राप्त भइरहेका छन् । बनेपाः बाजागाजा, ब्यानर र झन्डासहित उत्साहपूर्वक सहभागितामा काभ्रेपलाञ्चोकमा राजनीतिक दलले उम्मेदवारको मनोनयन गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम, नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न राजनीतिक दलले मङ्गलबार रातिसम्म मनोनयन दर्ता गराएका हुन् । दलसँगै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारीसमेत परेको छ । नेपाली काँग्रेसले बनेपा नगरपालिकाको प्रमुखमा राम जोशी, उपप्रमुखमा निर्मला श्रेष्ठ, धुलिखेल नगरपालिकाको प्रमुखमा रमेश हुमागार्इं, उपप्रमुखमा निर्मला योगल श्रेष्ठ, पनौती नगरपालिकाको प्रमुखमा विदुर वञ्जरा, उपप्रमुखमा अन्जु रञ्जित, नमोवुद्ध नगरपालिकमा कुन्साङ लामा, उपप्रमुखमा कमला खनाल, पाँचखाल नगरपालिकामा महेश खरेल, उपप्रमुखमा लक्ष्मी दनुवार, मण्डन देउपुरमा अच्युत पौडेल, उपप्रमुखमा राधिका ढकालले मनोनयन दर्ता गराएका छन् । यसैगरी, रोशी गाउँपालिकाको प्रमुखमा दलबहादुर तामाङ, उपप्रमुखमा लक्ष्मी बर्तौला, तेमाल गाउँपालिकाको प्रमुखमा सलामसिंह लामा, उपप्रमुखमा दुर्गामाया लामा, चौरी देउराली गाउँपालिकाको प्रमुखमा विक्रमराज गौतम, खानीखोला गाउँपालिकाको प्रमुखमा गोपाल दर्लामी, उपप्रमुखमा तारादेवी आचार्य, बेथानचोक गाउँपालिकाको प्रमुखमा गोपाल तिमल्सिना, उपप्रमुखमा सरिता लामिछाने तामाङ, भुम्लु गाउँपालिकामा तस्बिर लामाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेकपा एमालेले बनेपा नगरपालिकाको प्रमुखमा लक्ष्मीनरसिंह वादे, उपप्रमुखमा रेखा दाहाल, धुलिखेलमा अशोक व्याञ्जु, उपप्रमुखमा जमुना लामा, पाँचखालको प्रमुखमा रुद्र बानियाँ, उपप्रमुखमा भक्तकुमारी लामा, नमोबुद्धको प्रमुखमा टिपी तिमल्सिना, उपप्रमुखमा रामदेवी लामा, मण्डन देउपुरको प्रमुखमा टोकबहादुर वाइवा, उपप्रमुखमा निर्मला शाही, चाँैरी देउराली गाउँपालिकामा लेखराज गौतम प्रमुख तथा उपप्रमुखमा यशु लामा, भूम्लु गाउँपालिकाको प्रमुखमा गुमानध्वज कुँवर, उपप्रमुखमा कल्पना श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यसैगरी, तेमाल गाउँपालिकाको प्रमुखमा प्रदीप लामा, उपप्रमुखमा उषा घिसिङ, रोशी गाउँपालिकाको प्रमुखमा बज्रध्वज वाइवा, महाभारत गाउँपालिकाको प्रमुखमा राजकुमार कुँवर, उपप्रमुखमा रविमाया अस्तानी, बेथानचोक गाउँपालिकाको प्रमुखमा प्रेम लामा, उपप्रमूखमा उन्नति केसी, खानीखोलामा कृष्णबहादुर खुलाल र उपप्रमुखमा रुक्मणी गुरुङ रहेका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये टोकबहादुर वाइवा र ब्याञ्जु नेकपा एमाले काभ्रेपलाञ्चोकको अध्यक्ष र उपाध्यक्ष हुन् । यस्तै, नेकपा माओावादी केन्द्रबाट बनेपा नपाको प्रमुखमा भोला अर्याल, उपप्रमुखमा सुशिला श्रेष्ठ, धुलिखेलको प्रमुखमा सरस्वती लामा, उपप्रमुखमा दीनदयाल श्रेष्ठ, पनौती नगरपालिका प्रमूखमा जगन्नाथ गिरी, उपप्रमुखमा विमला सापकोटा, नमोबुद्धको प्रमुखमा रत्न लामा, उपप्रमुखमा नानु घतामी, पाँचखालमा आइतेसिंह तामाङ, उपप्रमुखमा अस्मिता थापा मगर, मण्डन देउपुरमा रीता ढकाल, उपप्रमुखमा निरञ्जन विष्ट, चौँरी देउराली गाउँपालिकाको प्रमुखमा दीनानाथ गौतम, उपप्रमुखमा तारा गौतम, खानीखोलामा इन्द्रबहादुर थिङ, उपप्रमुख विष्णुमाया तामाङ, महाभारतमा कान्छामान जिम्वा, उपप्रमुखमा रीना मगर, तेमालमा गङ्गाबहादुर दोङ र उपप्रमुख कल्पना लामाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवार मनोनयन गरेकामध्ये दीनानाथ गौतम, इन्द्रबहादुर थिङ र गङ्गाबहादुर दोङ क्रमसः जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव हुन् । जिल्लामा २६ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । मनोनयनपछि आज उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरीको कार्यक्रम रहेको छ । प्रमुख पदमा तीन महिलाको उम्मेदवारी धुलिखेल: काभ्रेपलाञ्चोक जिल्लामा प्रमुख पदमा तीनजना महिलाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको धुलिखेल नगरपालिकाबाट प्रमुख पदमा सरस्वती लामा ९कविता०, मण्डन देउपुर नगरपालिकाको प्रमुख पदमा रीता ढकाल ९धरिना० र तेमाल गाउँपालिकाको अध्यक्षमा होम कुमारी तामाङ ९अस्मिता०ले मङ्गलवार उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । लामा र ढकाल नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका हुन् भने तामाङ नयाँ शक्ति नेपाल पार्टीबाट रहेकी छन् । लामा र ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने लामा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य हुन् । निर्वाचनमा सरस्वती लामा कविताले नेपाली काँग्रेसका २ नं क्षेत्रका क्षेत्रीय सभापति रमेश हुमागाईं र एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्याञ्जुसँगको प्रतिस्पर्धामा उभिएका छन् । उता होमकुमारी तामाङ अस्मिताले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गङ्गाबहादुर तामाङ बमध्वज, नेकपा ९एमाले०का जिल्ला सदस्य प्रदीप लामा र नेपाली काँग्रेसका सलाम सिं लामासँगको प्रतिस्पर्धामा उभिएका हुन् । ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले भने उपप्रमुख र उपाध्यक्षमा मात्रै महिलालाई उम्मेदवारी मनोनयन गर्न अगाडि बढाएका छन् । राजनीतिक हिसाबले महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्न कठिन हुने र चुनावमा पदमा उठ्ने मात्रै नभई जित्ने पनि हुनुपर्ने भन्दै ती दलले महिलालाई प्रमुख वा उपप्रमुखमा नउठाएको बताएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले यसअघि नै महिलालाई मुख्य पदमा उठाउने कुरा अवसर दिनका लागि मात्रै बताएका थिए । “हामीले महिलालाई प्रमुख पदमा उठाउने मात्रै होइन जितको सुनिश्चितता कस्को हुन्छ, उसलाइै नै दिने हा”, आचार्यको भनाइ थियो । एमालेले पनि महिलालाई उठाउने मात्रै नभई जीत देखाउन पनि महिलालाई प्रमुखमा उठ्न कठिन भएको भन्दै उपप्रमुख तथा उपाध्यक्षमा नै सिमित राखेको बताएको छ । तीन स्थानिय तहमा प्रमुख पदमा महिला नवलपरासीः नवलपरासी जिल्लामा पहिलो चरणमा निर्वाचन हुने आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा प्रमुख पदमा महिला उम्मेदवार बनेका छन् । पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ अन्तर्गतका आठवटा स्थानीय तहमध्ये तीनवटा तहमा मुख्य प्रमुख पदमा महिला उम्मेदवार बनेका हुन् । विशेषगरी जिल्लाको कावासोती नगरपालिकामा नेकपा एमालेका तर्फबाट चन्दा पुनः नगरप्रमुख पदमा उम्मेदवार बनेका छन् । यता जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट नेपाली काँगे्रसबाट गाउँपालिकाको अध्यक्ष पदमा लक्ष्मी पाण्डे उम्मेदवार बनेका छन् । यसैगरी, मध्यविन्दुु नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट सुष्मा खनाल नगरप्रमुख पदमा उम्मेदवार बनेका छन् । निर्वाचन हुने अन्य सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा राजनीतिक दलबाट पुरुष उम्मेदवार बनेका छन् भने उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको अवस्था छ । नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुँदैछ । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछ जसमध्ये चार नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछ । यसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गँैडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछ भने गाउँपालिकातर्फ बुलिङटार, बुङ्गदीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् । नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ छसय पाँच र गाउँसभातर्फ दुईसय ९२ जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चुडाविक्रम शाहीले जानकारी दिए । नवलपरासीमा कुल तीनलाख ६९ हजार आठसय ९४ मतदाता सङ्ख्या रहेको छ । यसैगरी, आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा दुईसय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दल दर्ता छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending