Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि

\"\"काठमाडौँ, २० वैशाख । नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचार शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताए । उनले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताए । “दोषीलाई कारबाही नहुनु, पत्रकारमाथि आक्रमण गर्नेमाथि छानबिन नहुने जस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन्”, उनले भने“प्रवृत्तिगतरुपमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन् । पूर्णरुपमा प्रेस स्वतन्त्रता भन्ने छैन ।” उनले व्यवहारमा प्रेस स्वतन्त्रता नभएकाले पत्रकारले अहिले पनि स्वनियन्त्रणमा समाचार लेख्नु परेको बताए । अध्यक्ष डा विष्टले नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरुपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुरुप पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बन्न नसकेको बताए । पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै उनले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताए । उनले अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताका घटनामा कमी आए पनि निर्भिक ढङ्गबाट काम गर्ने वातावरण पत्रकारलाई नभएको जानकारी गराए । महासचिव उजिर मगरले यस वर्ष ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराए । प्रभातफेरिमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रेस सेन्टर नेपालका पूर्वमहासचिव ओम शर्मालगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । उनका अनुसार पत्रकारमाथिको दुव्र्यवहारका १६, पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएका छन् । त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छजना पत्रकारलाई समाचार सङ्कलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending