Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सर्वोच्चमै सिलवाललाई आइजिपिको फुली लगाउने तयारीमा थिइन् कार्की

\"\"काठमाडौं, १९ बैशाख । केहीदिन अघि सर्वोच्वका एक न्यायधिशले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई एउटा खबर पठाए –‘बैशाख १९ गते आइजिपि मुद्दाको पूर्ण फैसला गर्दै प्रधानन्यायधिश सुशिला कार्कीले डिआइजी नवराज सिलवाललाई सर्वोच्व अदालतमै आइजिपिको फुली लगाईदिएर आफु विदामा बस्दैछिन् ।’ यो खबरबाट सरप्राइजमा परेका देउवाले कामसु किर्ते प्रमाणित भइसकेका सिलवालको पक्षमा किन लागेको भन्दै अर्को च्यानलबाट सोधि पठाए । तर कार्कीको नमिठो जवाफ पाए –‘म कानुन अनुसार चल्छु, सिकाउनु पर्दैन ।’ स्रोत भन्छ –देउवाले यो कुरा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने । प्रचण्ड पनि सिलवालको पक्षमा कार्कीको लगाव देखेर हैरान थिए । प्रहरीको ल्यावबाट नवराज सिलवालले सर्वोच्वमा पेश गरेको कामसु फाइल किर्ते भएको प्रमाणित भईसकेको अवस्थामा पनि कार्कीले सिलवालको पक्षमै थिइन् ।

सिलवाल प्रकरणका भित्री पात्र कटवाल रहेको खुलासा : किन बोकिरहेका छन् ओलीले सिलवाल

सिलवाल प्रकरण : यस्तो थियो सफ्ट ‘कू’को तयारी

प्रचण्डले विभिन्न माध्यमबाट कार्कीसँग सिलवालको विषयमा बुझ्न खोजे तर कार्कीले अस्विकार गरिरहिन् । आफ्नै नेता नारायणकाजी श्र्रेष्ठ र वर्षमान पुनलाई पठाए । तर कार्कीले उनीहरुलाई रेस्पोन्स गरिनन् । यो बिचमा प्रचण्डलाई अनावश्यक रुपमा बालकृष्ण ढुंगेलको द्वान्दकालिन मुद्दामा १ हप्ता भित्र पक्राउ गर्नु भन्ने आदेश दिएको र एमालेका नेताहरुसँग न्यायधिश सपना प्रधान मल्ल मार्फत अनावश्यक हिमचिम भएको खवर पाईरहेकै थिए । अधिवक्ता शम्भु थापा र एमाले नेता अग्नि खरेलको प्रभावमा परेर सिलवाललाई १९ गते सर्वोच्वमै आइजिपिको फुली लगाउने सुशिलाको तयारीबारे सर्वोच्वकै अर्का एक न्यायधिशमार्फत प्रचण्ड विश्वस्त भए । आज मंगलबार सिलवालको पक्षमा फैसला भएसँगै प्रचण्ड नेतृत्वको सरकार कटवाल काण्डमा जस्तै नैतिक संकटमा पथ्र्यो । किनभने सरकारले कार्यमुल्याकंनको आधारमा अर्का डिआइजि प्रकाश अर्याललाई आइजिपि बनाईसकेको थियो । सरकार ढल्ने र स्थानिय तहको चुनाव नहुने, सिलवाल आइजिपि भएलगत्तै द्वान्दकालिन मुद्दामा माओवादी नेता कार्यकर्ता समात्ने तयारी सिलवाल लगायतको थियो । स्रोतहरुका अनुसार यो योजनाका एमालेका केही नेताहरुसमेत बसेर निर्माण गरेका थिए । यस्तो षड्यन्त्रको प्रभावमा कार्की परेको निष्कर्षमा पुगेपछि कांग्रेसको महाअभियोग प्रस्तावमा प्रचण्ड सहमत भए र कार्कीमाथि महाअभियोग लाग्यो । कार्कीलाई महाअभियोग, सिलवाल फरार अहिले डिआइजि नवराज सिलवाल प्रहरीको सम्पर्कमा छैनन् । सुशिला कार्कीलाई आइतबार साँझ महाअभियोग लागे लगत्तै ललितपुरको बिएण्डबि अस्पतालमा उपचाररत सिलवाल फरार छन् । अस्पताल स्रोतका अनुसार पिसाव फेर्न जान्छु भनेर सिलवाल भागेका हुन् । अस्पतालको उपचार खर्च भने उनी श्रीमति र सालोले तिरेका छन् । अस्पतालबाट फरार सिलवाल अहिलेसम्म प्रहरी र कसैको सम्पर्कमा समेत छैनन् । यदी कार्की र सिलवालबिचमा कुनै साँठगाँठ थिएन भने सिलवाल किन फरार भए भन्ने प्रश्न अहिले रहस्यको प्रश्न बनेको छ । उनीमाथि कामसु किर्ते गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयको एक अनुसन्धान टोलीले अनुसन्धान गरिरहेकै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies