Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रधानमन्त्री प्रचण्डले भने– महाभियोगले निर्वाचनलाई असर गर्दैन

\"\"काठमाडाैं, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावले निर्वाचनमा कुनै असर नपार्ने बताएका छन् । लाजिम्पाटस्थित आफ्नो निजी निवासमा सोमबार विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन अपिल गरेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्रीको दिनभरको व्यस्तता प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावपछि तरंगित राजनीतिका कारण प्रधानमन्त्री प्रचण्ड सोमबार बिहानैदेखि अबेर रातिसम्म राजनीतिक भेटघाटमा व्यस्त देखिए । बिहानै उनलाई राप्रपा अध्यक्ष कमल थापा भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । आफ्नो पार्टीभित्र जटिलता आएको भन्दै उनले सरकारबाट बाहिरन सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएर फर्केका थिए । त्यसलगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बिहानै शीतलनिवास पुगे । राष्ट्रपतिसँग झन्डै एक घन्टा लामो भेटवार्ता गरेका प्रधानमन्त्री प्रचण्ड त्यसपछि पार्टी हेडक्वार्टर बैठकमा सहभागी भए । प्रधानमन्त्रीनिवास बालुवाटारमै बसेको माओवादी हेडक्वार्टर बैठकमा प्रधानमन्त्रीले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्नाको कारण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा नेताहरूलाई बिफ्रिङ गरेका थिए । प्रधानमन्त्री त्यसपछि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग ‘वान टु वान’ संवादमा बसे । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनले ओलीसँग झन्डै आधा घन्टा लामो छलफल गरे । त्यहीँ उनले सभामुख ओनसरी घर्तीसँग संसद्मा आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्तावका विषयमा छलफल गरे । सभामुखसँगको छलफलपछि प्रधानमन्त्री आफ्नो निजी निवास लाजिम्पाटमा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा आउन चाहेकालाई पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । सो कार्यक्रमपछि उनले पार्टी हेडक्वार्टरको दोस्रो सत्रको बैठक बालुवाटारमा राखे । त्यहाँ संविधान संशोधन, निर्वाचन तयारीलगायतका विषयमा केन्द्रित रहेर छलफल गराए । साँझ उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई बालुवाटारमा बोलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री–ओली भेटवार्ता प्रधानमन्त्री : महाअभियोगको प्रस्तावले निर्वाचनलाई कुनै असर गर्दैन । शक्ति पृथकीकरणको सिद्धान्त, कार्यपालिकामाथिको हस्तक्षेप आदि कारणले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव आएको हो । कार्कीसँग भेटेरै विषय मिलाउने प्रयास भएको पनि थियो, तर त्योअनुसारको वातावरण नबनेपछि यो कदम अगाडि आएको हो । महाअभियोग प्रस्ताव अदालतविरुद्ध लक्षित नभएर प्रधानन्यायाधीशको व्यक्तिगत कार्यशैली र आचरणसँग सम्बन्धित छ । ३१ वैशाखमा चुनाव हुन्छ । यसमा कुनै शंका गर्नुपर्दैन । बजेटलगायतका विषय सबै सल्लाह गरेरै निर्णयमा पुग्ने हो । महाअभियोग अब संसद्मा संविधानले दिएको अधिकारका आधारमा हुन्छ । महाअभियोगको विषय संसद्मा लोकामानसिंह कार्कीको प्रकरणमा अभ्यास भइसकेको छ । त्यो अब संसद्को कुरा हो । अन्य विषयमा सहमति खोजौँ । चुनाव, बजेटमा सहमति गरौँ । संविधान संशोधनमा पनि सक्नुहुन्छ भने सघाउ गर्नुहोस् । ओली : एमाले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त मान्छ । तर, तपाईंहरू सरकारको नियन्त्रणमा न्यायपालिकालाई चलाउन खोज्नुहुन्छ । सर्वस्व जन्मकैदको फैसला भएकालाई पक्राउ गर्न आदेश दिँदासमेत तपार्इंहरू यसलाई अति भयो भन्नुहुन्छ । दुई–चारजना मान्छे मारेकोलाई केको मुद्दा भन्नुहुन्छ । हाम्रो आदेशअनुसार मुद्दा खारेज गर्नुपर्नेमा उल्टो समाउने भन्नुहुन्छ । सरकारले भनेकै नमान्ने, गरेका काम जति उल्ट्याइदिने भन्ने गुनासो मात्रै गर्नुहुन्छ । वास्तवमा सरकारमाथि अदालतले नै नियन्त्रण गर्ने हो । किनभने, सरकारले संगठित बलद्वारा नागरिकविरुद्ध ज्यादती गर्न सक्छ । त्यो हेर्ने भनेकै अदालतले हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending