Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

मधेसी नेता भेट्न किन पुगिन् अमेरिकी राजदूत जनकपुर ?

\"\"जनकपुुुर, १८ वैशाख । स्थानीय निर्वाचन अन्योलमा रहेका वेला नेपालका लागि अमेरिकी राजदूत अलेना बी टेप्लिट्स जनकपुर आइपुगेकी छिन् । आइतबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट जनकपुर आएकी राजदूत टेप्लिट्सले विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं मानवअधिकारकर्मीसँग छुट्टाछुट्टै भेटघाट गरेकी छिन् । उनले सुरुमा कांग्रेस, एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरूसँग भेटघाट गरेकी थिइन् । आजको नयाँ पत्रिका  दैनिकमा खबर छ–राजदूत टेप्लिट्सले स्थानीय निकाय निर्वाचनको अवस्था, मोर्चाको धारणा तथा स्थानीय जनताको चाहनालगायतका विषयमा जिज्ञासा राखेकी थिइन् । स्थानीय चुनावबारे चासो कांग्रेस धनुषाका सभापति रामसरोज यादवले राजदूत टेप्लिट्ससँग स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको बताए । ‘उहाँले मोर्चाको सहमतिविना निर्वाचन भए उत्पन्न हुने परिस्थितिबारे जिज्ञासा राख्नुभयो,’ यादवले भने,’ मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्छ, अन्यथा निर्वाचनमा मानवअधिकारको अवस्था कस्तो होला भन्न सकिन्न ।’ मधेसका विषयमा सञ्चारमाध्यममा आइरहेका समाचारबाहेक मधेसको वास्तविक अवस्था बुझ्न राजदूत टेप्लिट्स जनकपुर आएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष झलकु यादवले बताए । आम मधेसी जनता मोर्चालाई सहमतिमै ल्याएर निर्वाचनमा गराउन चाहन्छन् । मधेसका नेताहरूले राजदूतसँगको भेटमा दलहरूको सहमतिविना चुनावको कुनै अर्थ नहुने धारणा राखेको उनले बताए । ‘संविधान संशोधनले पनि माग पूरा हुँदैन’ राज्यले सहमतिका नाममा मधेसीलाई पटक–पटक ठग्दै आएको मोर्चाका नेताहरूले राजदूत टेप्लिट्ससँग धारणा राखेका थिए । उनीहरूले संविधान संशोधनले पनि मधेसीले चाहेको माग पूरा हुन नसक्ने बताएका थिए । राजदूत टेप्लिट्ससँग छुट्टै भेट गरेका मधेसी मोर्चाका नेताहरूले निर्वाचनको मिति नजिकिँदै गए पनि आफूहरूको निर्वाचनको तयारी शून्य रहेकाले निर्वाचनको मिति सार्नुको विकल्प नरहेको विचार राखे । मोर्चालाई बाइपास गरी निर्वाचन भए रक्तपातको अवस्था आउन सक्ने भएकाले यस विषयलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेको राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि परमेश्वर साहले बताए । राजदूत टेप्लिट्सले निर्वाचनको तयारी तथा सुरक्षाका विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चपागार्इँ र सुरक्षा अधिकारीहरूसँग कुराकानीसमेत गरेकी थिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE