Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दुई कलमै जुटेको थियो महाअभियोग सहमति

\"\"काठमाडौँ, १८ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाको मोबाइलमा आइतबार घण्टी बज्यो । फोन गर्ने व्यक्ति थिए प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले नेपाल प्रहरी प्रमुखको विषयमा सर्वोच्चले के गर्ला भनेरे नजिकबाट हेरिरहेका थिए । अाजको राजधानी दैनिकमा खबर छ– सोही क्रममा प्रधानमन्त्री प्रचण्डसँग खबर पुग्यो, लोकसेवा आयोगको कार्यसम्पादन मूल्यांकन (कासमु) फाइल हेरियो । गृहको पनि हेरियो सबै हुबहु छ । तर, प्रधान्यायाधीश कार्कीले डीआईजी नवराज सिलवालकै पक्षमा फैसला गर्दै छिन् । यो खबर पाएलगत्तै प्रचण्डले देउवालाई फोन गरेका थिए । उता, आइतबार बिहानैदेखि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ प्रधानन्यायाधीशलाई भेट्ने कोसिसमा थिए । श्रेष्ठले के बुझेका थिए भने आईजीपी बढुवा प्रकरणमा प्रधानन्यायाधीश कार्कीसहितको इजलासले नवराज सिलवाललाई एक नम्बरका डीआईजीका रूपमा उल्लेख गरेर पूर्ण फैसला सार्वजनिक गर्दै छ । निर्वाचनको सम्मुख भएकाले सो फैसलाले असर गर्ने भन्दै श्रेष्ठले प्रधानन्यायाधीशलाई बारम्बार फैसलाको पूर्ण पाठ सार्वजनिक नगर्न आग्रह गरे । तर, प्रधानन्यायाधीश कार्कीले टेरिनन् । पूर्ण फैसला सार्वजनिक भयो । सरकारी वकिलले फैसला महान्यायाधिवक्ता कहाँ पु¥याए । महान्यायाधिवक्ताले फैसला हेरेपछि आईजीपी प्रकरणमा सरकार फेरि अप्ठ्यारोमा पर्ने देखेपछि तत्काल प्रधानमन्त्रीलाई घटनाबारे फोनबाटै जानकारी गराए । यतिबेलासम्म कांग्रेस सभापति देउवा यो घटनाबारे अनभिज्ञ नै थिए । महान्यायाधिवक्ताको जानकारीलगत्तै प्रचण्डले देउवालाई जानकारी गराएपछि दुवै नेता प्रधानन्यायाधीश कार्कीलाई तह लगाउने निष्कर्षमा पुगे । स्रोतका अनुसार १० दिनअघि मात्र सरकारले डीआईजी नवराज सिलवाललाई घटना नउचाल्न भनेको थियो । तर, सिलवालले मानेनन् । अदालतमा पुनः रिट दर्ता गराए । रिट दर्तासँगै अदालतले सिलवालमाथि छानबिन नै नगर्न अन्तरिम आदेश दिएपछि सरकार थप झस्कियो । ‘कार्कीले सरकारलाई जबर्जस्ती पेल्ने नियत राखेको देखियो । त्यसकारण, महाअभियोग लगाउनुको विकल्प रहेन,’ महाअभियोगको अन्तर्यबारे महान्यायाधिवक्ता कार्यालयकै एक उच्च सरकारी अधिकारी भन्छन् । महान्यायाधिवक्ताको अन्तिम प्रयास पनि असफल भएको थाहा पाएका प्रधानमन्त्री प्रचण्डले फोनको सुरुमै देउवासँग देशमा दर्दनाक अवस्था आयो भन्दै अदालतले सिलवालकै पक्षमा अर्को पनि फैसला गर्न लागेको र त्यसो भए आफूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र निर्वाचन पनि भाँडिने अवस्था आउने बताए । स्रोतका अनुसार देउवा आफैंले तत्काल महाअभियोग प्रस्ताव प्रक्रियाका लागि हस्ताक्षर सुरु गरेर चाँडो प्रस्ताव दर्ता गर्न सुझाएका थिए । लगत्तै माओवादी केन्द्रबाट प्रमुख सचेतक टेकबहादुर बस्नेतलाई प्रधानमन्त्रीले खटाए । बस्नेतले पनि सांसदहरूको नाम र हस्ताक्षर संकलन सुरु गरे । एक नम्बरमा नै प्रधानमन्त्री प्रचण्डको नाम समावेश गरे । उता, कांग्रेसमा पनि हस्ताक्षर सुरु गरियो । छोटो समयको अन्तरालमा दुवै पक्षबाट २ सय ५९ सांसदको हस्ताक्षर जुटेपछि आइतबार नै संसद् सचिवालयमा महाअभियोग प्रस्ताव गरिएको थियो । महाअभियोग प्रस्तावको प्रस्तावमा मीन विश्वकर्मा र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले हस्ताक्षर गरेर बुझाएका थिए । महाअभियोग प्रस्तावका लागि दिनभर दौडधुपमा संलग्न सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेर प्रहरी प्रमुख बढुवा विवादमा अनावश्यक हस्तक्षेप भएपछि सरकार महाअभियोग प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेको बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending