Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

यसरी अायो महाअभियोग

\"\"काठमाडौं, १८ वैशाख । यबहादुर चन्द र नवराज सिलवालमध्ये कसलाई आइजिपी बनाउने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच सुरुदेखि खटपट थियो । सिलवाललाई आइजिपी बनाउनुपर्ने निधिको निरन्तर अडानबीच देउवाले आफ्नै गृहक्षेत्रका चन्दको पक्षमा ‘अन्तिम निर्णय’ दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूख्य सत्ता साझेदारको सिफारिश सदर गर्ने नै भए, गृहमन्त्रीको क्षेत्राधिकार कुण्ठित भयो । आजको कान्तिपुरमा खबर छ– सर्वोच्च अदालतले आइजिपी नियुक्तिमा योग्यता र वरियता मिचिएको भन्दै चन्दको नियुक्ति बदर गरिदियो । देउवा र प्रधानन्यायाधीश सुशीला कार्कीबीच खटपट त्यही घटनाबाट सुरु हुन्छ । देउवाले प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि पोख्दै कार्कीले क्षेत्राधिकार नाघेर राजनीतिक निर्णयमा अंकुश लगाएकाले आफ्नो सीमामा बस्नेगरी ‘सम्झाइदिन’ आग्रह गरेका थिए । ‘मैले नै उनलाई (कार्कीलाई) विराटनगरको ल फर्मबाट काठमाडौं ल्याएको होइन ? अनि तपाईंले न्यायाधीशमा अघि बढाएको होइन ? त्यत्तिकै बिर्सने ?’ देउवाले प्रचण्डलाई भनेको उद्धृत गर्दै उक्त भेटमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘तपार्इंले बोलाएर एकपल्ट सम्झाउनुपर्‍यो । नत्र म आफ्नो कदम चाल्छु ।’ कार्कीको विषयलाई लिएर देउवा क्रुद्ध भएको बुझेपछि प्रचण्डले एक साताअघि आफ्ना विश्वासपात्र नेता वर्षमान पुनलाई कार्कीसँग कुराकानी गर्न पठाएका थिए । पुनको आशय बुझेपछि पूरै कुरा नसुनी कार्कीले फर्काएकी थिइन् । दोस्रोपल्ट फेरि आइतबार बिहान गएका पुनलाई कार्कीले आधा घण्टासम्म कुराएको उच्च स्रोतले बतायो । पुन उनका पति दुर्गा सुवेदीलाई भेटेर खाली हात फर्के । कार्कीले यसबारे आफू कसैको पनि कुुरा नसुन्ने जवाफ दिएकी थिइन् । नेता पुनले प्रधानमन्त्रीको आग्रहमा आफू भेट्न गएको खुलाए, तर यसबारे थप बताउन मानेनन् । सम्पर्क सूत्रहरु काम नलागेपछि देउवाले कार्कीलाई आफैं टेलिफोन गरेर सम्झाउन खोजे, तर उनले फेरि अडान नै लिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की हटाउने फैसला गरेकी कार्कीले आफु पनि उसैको जस्तो शक्तिअभ्यासमा सक्रिय हुन थालेको आरोप लगाउदै देउवाले उनलाई समेत महाभियोग हाल्ने चेतावनी दिएका थिए । कार्कीले पनि उत्तिखेरै ‘उसो भए म पनि महाभियोग फेस गर्छु, बरु तपाईंलाई मानहानिको मुद्दा लगाउछु’ भन्ने जवाफ दिएको उच्च स्रोतले भन्यो । कार्कीको जवाफले आक्रोशित देउवाले त्यसैको झोंकमा उनीविरुद्ध हस्ताक्षर संकलन थालिसकेको, त्यसको जानकारी प्रधानमन्त्री प्रचण्डलाई पनि दिएको एक माओवादी केन्द्र नेताले भने । कांग्रेस नेताहरुले भने हस्ताक्षर संकलन भए पनि के प्रयोजनका लागि भन्ने आफूहरुलाई थाहा नभएको दाबी गरिरहेका छन् । केही कांग्रेस नेताको दाबीमा उक्त हस्ताक्षर तत्कालीन केपी ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बेला नै संकलन भइसकेको थियो । यसरी देउवा र कार्कीबीच तनाव बढै जादा मैना सुनार काण्डको फैसलाले नेपाली सेनाको पनि ध्यानाकर्षण गराएको थियो । माओवादी केन्द्र र कांग्रेस दुवैले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा गइसकेका विषयमा अदालतले अनावश्यक हात हालेको भन्दै असन्तुष्टि जनाएका थिए । उज्जनकुमार श्रेष्ठ काण्डमा अभियुक्त माओवादी केन्द्र नेता बालकृष्ण ढुंगेल पक्राउ गर्नेबारे सर्वोच्चको त्यस्तै अर्को फैसला आयो । आइजिपी काण्ड त दूरी बढाउने प्रस्थानविन्दू नै भइहाल्यो । त्यसको उत्कर्षमा सुडान घोटाला काण्डबारे कार्कीको बेन्चले आइतबारै गरेको फैसला हुन पुग्यो । देउवाले उनको आगामी रणनीति के हुन्छ भन्ने त्यस बेलासम्म सायद आकलन गरिसकेका थिए । प्रधानमन्त्री निकट स्रोतको दाबीमा पछिल्लो दिनमा कार्कीमा कार्यकारी शक्ति अभ्यास गर्ने मोह पलाउनु नै महाभियोगको कारण हो । ‘लोकमानसिंह कार्कीको विषयमा अदालतले अघि बढाएको प्रक्रिया न्यायिक हिसाबले ठिकै देखिन्थ्यो, तर त्यसैको बलमा उहाको अलिकति मनलाग्दी निर्णयहरु हुदै जान थाल्यो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘कहिले अख्तियारले क्षेत्राधिकार नाघेर कार्यकारी अधिकार प्रयोग गर्ने, कहिले न्यायालयले जस्तो देखियो, हामीले त्यसैलाई सीमित गर्न मात्रै खोजेका हौं ।’ वर्षमान पुनसग भेट्न पटक पटक अस्वीकार गरेपछि प्रचण्डले नारायणकाजी श्रेष्ठलाई शनिबार उनीकहाँ पठाए । श्रेष्ठसँग पनि कार्कीले आइजिपीको विषयमा अब कुरा नगर्ने जवाफ दिएपछि प्रचण्ड आफैंले फोन गरेका थिए । ‘प्रधानमन्त्रीले टेलिफोन गर्दासमेत उहाँले उठाउनुभएन भनेपछि हामीले उहाँमा कार्यकारी क्षेत्राधिकार मिच्ने नै नियत रहेछ भनेर हामीले प्रष्टै बुझ्यौं,’ माओवादी केन्द्रका ती नेताले भने, ‘उहाँका कतिपय कुरा सही हुँदाहुँदै पनि राजनीतिक क्षेत्राधिकार मिच्ने हदसम्म उहाँ जसरी जान खोज्नुभयो, त्यसले अर्को कोणबाट उहाँ लोकमानकै शैलीमा अघि बढ्न खोजेको देखियो । यस्तो त हामीलाई मान्य छैन । जनताले दिएको शक्ति प्रयोग गर्ने अधिकार मन्त्रिपरिषद्मा हुन्छ, त्यसलाई बाधा गर्न खोज्नु कहासम्म उचित हो ?’ कार्कीका विरुद्धमा कान्तिपुरसँग लामो कुराकानी गरेका सत्तापक्ष माओवादी र कांग्रेस दुवैका उच्च तहका नेताहरुले आफ्नो उल्लेख गर्न भने मान्दै मानेनन् । उनीहरुले प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई विधि तोडमोड गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको, न्यायालयको स्वच्छता र गरिमामा आँच पुर्‍याएको, शक्तिपृथकीकरणमा आँच पुर्‍याएको, खास न्यायाधीश विशेषको कुरा सुनेर सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको जस्ता अभियोग पेश गरेका छन् । माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठले भने कांग्रेस र आफ्नो नेतृत्वले गरेको निर्णयबारे ‘आफू बेखबर रहेको’ अर्थपूर्ण प्रष्टीकरण दिए । ‘यस्तो निर्णय भएछ, कसरी भयो भन्नेबारे पार्टीलाई जानकारी छैन,’ उनले भने, ‘भोलि बैठक बसेर यसबारे विस्तारमा थाहा होला ।’ माओवादी केन्द्रले बिहान ८ बजे बालुवाटारमा हेडक्वार्टरको आकस्मिक बैठक डाकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE