Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

‘आँखा’ नपाएको झोंकमा फोरमको मसाल लिएर चुनावमा होमियो नयाँ शक्ति

\"\"काठमाडौं, १६ वैशाख । घोषित स्थानीय तह निर्वाचनमा दलगत चुनाव चिन्हको विषय टुंगोमा पुगेपछि नयाँ शक्ति चुनावमा होमिएको छ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त चुनाव चिन्ह लिएर स्थानीय तह निर्वाचनमा सहभागिता हुने सम्झौता गरेसँगै नयाँ शक्ति चुनावमा होमिएको हो । सरकारले संसदमा प्रतिनिधित्व गर्ने दललाई मात्र दलगत चुनाव चिन्ह दिने व्यवस्थासहितको स्थानीय तह निर्वाचन ऐन ल्याएपछि नयाँ शक्तिलगायतका ६८ दलहरु चुनाव चिन्ह माग गर्दै संयुक्त संघर्षमा उत्रिएका थिए । तर, सरकारले चुनाव चिन्हबाट बञ्चित दलहरुको माग सुनुवाई गर्ने कुनै संभावना नदेखिएपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग चुनावी सहकार्य अघि बढाएको हो । यसअघि दुई पार्टी एकताका लागि पनि सघन रुपमा छलफल चलेको थियो । चुनाव अघि पार्टी एकता हुने संभावना कम भएपछि कार्यगत रुपमा चुनावी एकताका लागि दुई दलले संघीय समाजवादी फोरमको नाममा दर्ता भएको चुनाव चिन्ह एक हालले बोकेको मशाललाई संयुक्त रुपमा प्रयोग गरेर चुनावी मैदानमा उत्रिने सहमति गरेका हुन् । गत वैशाख १२ गते नयाँ शक्ति पार्टीका तर्फबाट संयोजक डा। बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकल चुनाव चिन्हको प्रयोग गरेर चुनावमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतालाई निर्वाचन आयोगले समेत अनुमोदन गरेपछि दुई दल एकल चुनाव चिन्हको प्रयोग गरेर चुनावमा जाने निश्चित भएसँगै चुनावी अभियानमा होमिएका हुन् । चुनाव चिन्हको टुंगो लागेपछि केन्द्रदेखि स्थानीय तहसम्म नयाँ शक्तिले आफ्ना पार्टी पंक्तिलाई चुनावमा होमिन निर्देशित गरेको छ । चुनावका लागि दुई दलले संयुक्त उम्मेदवार उठाउने भएका छन् । यसका लागि दुई दलले संयुक्त रुपमा केन्द्रीय स्तरको संयुक्त चुनाव समन्वय संयन्त्र गठन गरेका छन् । संयन्त्रमा नयाँ शक्ति पार्टीका तर्फबाट रामचन्द्र झा, दुर्गा सोब, देवेन्द्र पौडेल, परशुराम खापुङ, परशुराम तामाङ र खिमलाल देवकोटा रहनुभएको छ भने संघीय समाजवादी फोरमको तर्फबाट हेमराज राई, दान बहादुर बिक, अजम्बर राई काङवाङ, धिरेन्द्र श्रेष्ठ, गणेश योजन र लालध्वज तामाङ रहेका छन् । एकल चुनाव चिन्ह लिएर चुनाव लड्ने उम्मेदवारहरु दुई दलको संयुक्त उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिनेछन् । यसका लागि हरेक स्थानीय तहका उम्मेदवारले दुई दलका अख्तियार प्राप्त प्रतिनिधिहरुबाट हस्ताक्षर र पार्टीको छाप भएको केन्द्रले तय गरेको उम्मेदवार मनोनयन पत्र पाउने नयाँ शक्ति पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने चुनावी संयन्त्रका सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । त्यसैगरी स्थानीयस्तरमा उम्मेदवार चयन एवं चुनाव लक्षित अन्य संयुक्त गतिविधिमा सहजता ल्याउनका लागि गाउँ, जिल्ला र आवश्यकता अनुसार प्रदेश स्तरमासमेत दुई पार्टीको संयुक्त संयन्त्र गठन गरी चुनावी अभियान संचालन गर्न लागेको संयन्त्रका सदस्य पौडेलले बताउए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE