Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

न्याय अब गाउँ–नगरमै

\"\"काठमाडौं, १४ वैशाख । सामान्य विवादमा पनि जिल्ला वा केन्द्र धाउनुपर्ने झन्झटबाट मुक्त हुँदै स्थानीय बासिन्दाले अब घर नजिकै न्याय पाउनेछन् । गाउँपालिका वा नगरपालिकामा रहने न्यायिक समितिले नै यस्ता विषयको समाधान गरिदिने भएका हुन् । आजको कान्तिपुरमा खबर छ– स्थानीय तहको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा गाउँपालिका/नगरपालिकाभित्र न्यायिक समिति रहने व्यवस्था छ । स्थानीय पुनः संरचनापछि नेपालमा ७ सय ४४ स्थानीय तह छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रिपरिषद्बाट पारित गरी संसदमा पेस गर्न लागिएको प्रस्तावित विधेयकअनुसार अधिकारक्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्ने अधिकार हुनेछ । त्यति मात्र होइन, स्थानीय तहमा आवश्यक कानुन पनि स्थानीय तहमै निर्माण गर्न सकिने प्रावधान मस्यौदामा छ । प्रस्तावित विधेयकअनुसार समितिको क्षेत्राधिकारभित्र सन्धिसर्पन, आलीधुर, बाँध पैनी, कुलो, पोखरी वा पानीको बाँडफाँट तथा बाटो वा निकास मिचेको विवाद र बाली विवाद निरूपण गर्ने अधिकार छन् । समितिले मुलुकी ऐनको ज्याला मजदुरीको महलअन्तर्गतको विवाद, गरिब कंगालको महलअन्तर्गतको विवाद, चौपाया हराउने र पाउनेको महलअन्तर्गतको विवाद, घर बनाउनेको महलको ८ नम्बर र ९ नम्बरअन्तर्गतको विवाद, कल्याण धनको महलअन्तर्गत विवाद तथा मुलुकी ऐन अंशबन्डाको महलको १० नम्बरअन्तर्गतको इज्जत आमदअनुसार खानलाउन दिनुपर्ने विषयको विवाद पनि निरूपण गर्ने छ । जलस्रोतको स्थानीय उपयोगसम्बन्धी विषय र पानी घाटको प्रयोग तथा सार्वजनिक सम्पत्तिको सुरक्षासम्बन्धी विवाद तथा चरन, घाँस, दाउरासम्बन्धी विवाद पनि समितिको क्षेत्राधिकारभित्र छ । घरधनी र घर बहालमा बस्ने व्यक्तिबीचको विवाद तथा संघीय कानुन तथा प्रदेश कानुनले तोकेका अन्य विवाद पनि समितिले हेर्ने विधेयकमा उल्लेख छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् । बहुमतको राय समितिको निर्णय मानिनेछ । समिति संयोजक र अर्का एक सदस्यको उपस्थितिमा विवादमाथि कारबाही र किनारा गर्न सकिनेछ । समिति संयोजकबाहेक अरू दुई सदस्यको उपस्थिति भए विवाद किनाराबाहेक अरू कारबाही गर्न सकिनेछ । कुनै कारणले संयोजकको पद रिक्त भए अन्य दुई सदस्यको सर्वसम्मतिमा कारबाही र किनारा गर्न सकिनेछ । कुनै विवादका सम्बन्धमा समिति संयोजक वा कुनै सदस्यको निजी सरोकार वा स्वार्थ गाँसिएको वा त्यस्तो संयोजक वा सदस्यको नाताभित्रका व्यक्ति विवादको पक्ष भएमा निजबाट सो विवादको कारबाही र किनारा हुन सक्नेछैन । न्यायिक समितिले आफूसमक्ष पेस भएको निवेदनमाथि कारबाही र किनारा गर्दा सम्भव भएसम्म दुवै पक्षको सहमतिमा मिलापत्र गराउने, त्यसो हुन नसके कानुनबमोजिम जाने व्यवस्था मस्यौदामा छ । निवेदन दर्ता, आवश्यक जाँचबुझ तथा कारबाही, म्याद तामेली, पक्षहरू उपस्थित गराउने तथा मिलापत्र गराउने प्रक्रिया, विवाद किनारा गर्नुपर्ने अवधि, लगत कट्टा गर्नेलगायत अन्य कार्यविधि स्थानीय कानुनबमोजिम हुने व्यवस्था छ । मिलापत्र वा निर्णय कार्यान्वयन सम्बन्धमा कार्यपालिकाले न्यायिक समितिबाट भएको मिलापत्र वा निर्णय तत्काल कार्यान्वयन गर्नुरगराउनुपर्ने छ । प्रस्तावित विधेयकमा न्यायिक समितिबाट भएको निर्णयमा चित्त नबुझाउने पक्षले निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने छ । समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत सम्बन्धित सभा (गाउँ वा नगरसभा) पेस गर्नुपर्ने छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending