Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै

काठमाडाैं, १४ वैशाख । काठमाडौं उपत्यकामा गुठीको स्वामित्वमा रहेका, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका सार्वजनिक विद्यालय हराउने अवस्थामा पुगेका छन् । भौतिक पूर्वाधार र बालमैत्री नभएका मात्र होइनन्, गुठी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ–विद्यालयमा भौतिक र शैक्षिक गुणस्तर नभएका कारण स्थानीय अभिभावकको सार्वजनिक विद्यालयमा रुचि घट्दै गएको हो । सबल धोला प्राविमै पढेका स्थानीय आफूले पढेको विद्यालयमा अहिले आफ्ना छोराछोरी पढाउन नसकेको बताउँछन् । गुठीको स्वामित्वमा रहेका जग्गा र भवन उनीहरूले नेै प्रयोग गर्दा विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन् । विद्यालयको भवन गुठीको जग्गामा बनेकाले विद्यार्थी कम हुँदै गएपछि गुठीले नै प्रयोग गर्न थालेको छ । व्यवस्थापन समिति गठनमा कठिनाइ शान्ति निकुञ्ज मावि भागवतीबारीका स्रोतव्यक्ति कृष्ण विष्टले सबल धोला विद्यालयमा नेपाली नागरिक अभिभावक नभएका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत कठिनाइ भएको बताए । सो विद्यालयको रजिस्ट्ररमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म २६ जना भर्ना भएका छन् । नियमित रूपमा १० जनाको हाराहारीमा विद्यार्थी रहेको पाइएको उनले बताए । भर्ना भएका विद्यार्थी पनि कुनै चाडपर्वमा घर जाँदा विद्यालयमा विद्यार्थीको खडेरी हुने गरेको स्रोतव्यक्ति विष्टले बताए । यस्ता छन् समस्या जिल्ला शिक्षा अधिकारी आचार्यका अनुसार गुठीको स्वामित्व, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका विद्यालय आफैँ पीडित अवस्थामा रहेकाले विद्यार्थीको खडेरी भएको बताए । न्यूनतम पूर्वाधार नहुँदा विद्यालय विद्यार्थीमैत्री र बालमैत्री हुन सकेका छैनन् । विद्यालयमा शौचालय, उपयुक्त कक्षाकोठा, खेलमैदान, ल्याबलगायत पूर्वाधार कमजोर छन् । ‘विद्यालयको आफ्नो जग्गा नहुँदा भवन बनाउन पाइँदैन, पूर्वाधार नै नहुँदा यस्तो अवस्थामा शिक्षकले मात्र विद्यार्थी आकर्षित गर्न सक्दैनन्,’ आचार्यले भने । समस्या समाधानका लागि सार्वजनिक जग्गा भएका ठाउँमा विद्यालयको नाममा पास गरेर पूर्वाधार तयार गरी विद्यार्थी आकर्षित गर्न सकिने उनले बताए । गुठीका विद्यालयमा विद्यार्थी अत्यन्त कम सबल बहालस्थित सबल धोला प्राविमा न त खेलमैदान छ न त बालमैत्री भवन नै । विद्यार्थी पनि अत्यन्त कम छन् । मजदुरका छोराछोरी मात्र विद्यालयमा पढ्न आउँछन् । सबल धोला प्रावि एउटा उदाहरण मात्र हो, काठमाडौंमा दर्जनौँ सार्वजनिक विद्यालयको हालत यस्तै छ । काठमाडौंमा २५ भन्दा कम विद्यार्थी हुने सामुदायिक विद्यालयको संख्या २४ छ । समस्या रहेकामध्ये अधिकांश गुठीको स्वामित्व र सत्तलमा सञ्चालन भएका विद्यालय छन् । काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले गुठीको स्वामित्व, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका विद्यालय कठिन अवस्थामा गुज्रेको बताए । उनका अनुसार काठमाडौंमा गुठीको स्वामित्व, सत्तल र सार्वजनिक जग्गामा ५० भन्दा बढी विद्यालय सञ्चालन भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending