Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

अार्इजीपी नियुक्ति विवादः समितिले बुझायो योग्यताक्रम सिफारिस प्रतिवेदन

\"\"काठमाडाैं, १४ वैशाख । आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ । कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ । आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासबाट भएको आदेश ध्यानमा राखी प्रतिवेदन तयार पारिएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रतिवेदन तयार पार्न महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, कानुनसचिव कमलशाली घिमिरे र निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल समावेश समितिले सिलवालसहित चार डीआईजीले चार वर्षमा पाएको अंकसहित योग्यताक्रम कायम गर्दै प्रतिवेदन बुझाएको हो । प्राप्त प्रतिवेदनअनुसार आईजीपी नियुक्त प्रकाश अर्यालको कार्यसम्पादनको कुल अंक र औसत दुवै अंक उच्च देखिएको छ । सर्वोच्चको बृहत् इजलासले चार वर्षको मूल्यांकन गरी कार्यसम्पादनतर्फ औसतमा उच्च अंक पाउने डीआईजीलाई आईजीपी नियुक्त गर्न चैत ८ गते सरकारलाई परमादेश दिएको थियो । यसबारे अध्ययन एवं मूल्यांकनका लागि मन्त्रिपरिषद्को चैत २८ को निर्णयअनुरूप उच्चस्तरीय समिति गठन भएको थियो। समितिले डीआईजीमध्ये सिलवाल, अर्याल (हाल आईजीपी), जयबहादुर चन्द र बमबहादुर भण्डारीको कासमूमा प्राप्त कुल अंकसहितको औसत अंक गणना गरी योग्यताक्रम तोकेको छ । कार्यसम्पादनसहित समग्र मूल्यांकनलाई १५० पूर्णांक कायम गरी कासमूको पूर्णांक ४० मा रूपान्तरित गरिएको छ । यसअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने अर्यालले आव ०६९/७० मा ३९.२०, आव ०७०/७१ मा ३६, आव ०७१/७२ मा ३९ र आव ०७२/७३ मा ४० अंक प्राप्त गर्नुभएको छ । यसरी अर्यालको चार आवको कासमूको कुल अंक जोड १५४.२० छ । अर्यालको चार आवको कासमू औसत ३८.५५ अंक छ । दोस्रो नम्बरमा रहेका सिलवालको आव ०६९/७० मा ३९.४६६७, आव ०७०/७१ मा ३६, आव ०७१/७२ मा ३९ र आव ०७२/७३ मा ३८ अंक छ । यसअनुसार चार आवको कासमूको कुल अंक जोड १५२.४६६७ छ भने चार आवको कासमू औसत ३८.११६७ अंक छ । कासमूको कुल अंक र औसतमा झिनो अंकले अर्याल अघि देखिएका छन् । डीआईजी भण्डारीको कासमू अंक आव ०६९/७० मा ३९.२०, आव ०७०/७१ मा ३४, आव ०७१/७२ मा ३९ र आव ०७२/७३ मा ३८ छ । उहाँको चार आवको कासमूको कुल अंक १५०.२० छ भने औसत कासमु अंक ३७.५५ छ । यस्तै, चन्दको कासमू आव ०६९/७० मा ३८.१, आव ०७०/७१ मा ३४, आव ०७१/७२ मा ३८ र आव ०७२/७३ मा ३७.५० अंक छ । चन्दको चार आवको कासमूको कुल अंक १४७.६ छ भने औसत कासमू अंक ३६.९० छ । यसरी सिलवालले सर्वोच्चमा पेस गरेकोभन्दा समितिको प्रतिवेदनले फरक तथ्य औंल्याएको छ । ‘प्रहरी नियमावली, २०७१ को नियम ३१ उपनियम १६ अनुरुप समग्र मूल्यांकन गरेर प्रतिवेदन बुझाइएको छ\', स्रोतले भन्यो, ‘सर्वोच्चको आदेश अनुरुप दूधको दूध पानीको पानी गरिएको छ । रौं चिरा गनेर पाइपाइ हिसाब गरिएको छ । कुनै तलमाथि गरिएको छैन ।\' नियमावलीको व्यवस्थाअनुसार बढुवा प्रयोजनका लागि कार्यसम्पादन मूल्यांकनको अंक गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कासमू फारामको औसतबाट गणना गरिने उल्लेख छ । तर नियमावली बमोजिम कार्यसम्पादनको मूल्यांकन भएको अवस्था नरहेको र बढुवा प्रयोजनका लागि कार्यसम्पादनको अंक गणना गर्नुपर्ने भए पुरानो नियमावलीबमोजिम भरिएका पछिल्ला आर्थिक वर्षका कासमूबाट प्राप्त एकमुष्ट अंकलाई पूर्णांक ४० मा परिणत गरी सोहीबमोजिम प्राप्तांक निर्धारण गरिने उल्लेख छ । नियमावलीको यही व्यवस्थालाई आधार मानेर समितिले अंक गणना गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE