Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रेमिकाको तीन दिनअघि मृत्यु : प्रेमीको ५५ दिनपछि जीवितै उद्धार

\"\"काठमाडौं, १४ वैशाख । वेपत्ता ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको छ। उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो। नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थिए। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– वेपत्ता भएको ५५ दिनपछि पर्यटकलार्इ बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्। परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्। स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्। उनीहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन्। धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए। धादिङबाट लाङटाङ जाने क्रममा तेतुङ पास गर्न खोजेका ताइवानी युवायुवती हिमपात फसेपछि वेपत्ता भएको उद्धारमा संलग्न लङलाइन रेस्क्यू गाइड छिरिङ डेण्डुप भोटेले बताए । बिहान १० बजे भेटिएका पर्यटकलाई दिउसो २ः३० बजे सिम्रिक एयर मार्फत् काठमाडौ ल्याइएको हाे। साथीका अनुसार वेपत्ता युवतीको तीन दिनअघि मृत्यु भएको थियो। ५५ दिनसम्म के खाएर बाँचे होला भन्ने जो कोहीलाई प्रश्न उठ्छ। रेस्क्यू गाइड भोटेले उनीहरु करिब दुई सय मिटर तल पहरा छाँगा भएको ओढारमा फसेकाले पानी खाएर बाँचेको हुनसक्ने बताए । उक्त क्षेत्र एकान्त र कोही जान नसक्ने छ। \'उहाँहरु बसेको स्थानमा रारा चाउचाउका केही खोष्टाहरु देखियो तर अन्य केही सामाग्री थिएन\', उनले भने । ट्रेकिङ गर्ने क्रममा हिमपातले वेपत्ता भएको भोटेले बताए । लाङटाङ क्षेत्रको ट्रेकिङका लागि अनुमती लिएका यी जोडी बेपत्ता भएको भन्दै भारतमा रहेको ताइवान दूतावासले फागुन २० गते खोजी गरिदिन पर्यटक प्रहरी इकाइमा निवेदन समेत दिएका थिए। लाङटाङ राष्ट्रिय निकुन्जको अनुमती लिए पनि धादिङको तिप्लीङ क्षेत्रमा अन्तिम पटक परिवारसँग कुरा भएको दूतावासले जनाएको थियो। यी दुई युवा युवती बिना गाइड ट्रेक हिँडेका थिए। लाङटाङ राष्ट्रिय निकुन्जमा फागुन १० गते प्रवेश गर्ने अनुमती लिएको कागजात भेटिएको तर त्यस क्षेत्रमा खोजी गर्दा नभेटिएको पर्यटक प्रहरी इकाइका अनुसन्धान अधिकृत दिनेश थापाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending