Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

तराईमा स्थानीय तह थप्ने यस्तो छ नयाँ मापदण्ड

\"\"काठमाडाैं, १३ वैशाख । तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने गरि सरकारले नयाँ मापदण्ड निर्धारण गरेको छ । स्थानीय तह पुनर्संरचना आयोगले विगतमा तोकेको भन्दा करिब आधा जनसंख्या भए पनि गाँउपालिका र नगरपालिका बनाउन सकिने नयाँ मापदण्ड बनाइएको छ । सरकार र मधेशी मोर्चा सहितको संघीय गठबन्धनबीच हालै भएको समझदारी अनुसार स्थानीय तहको संख्या बढाउने प्रक्रिया सरकारले अघि बढाएको छ । जनसंख्याको आधारमा संख्या बढाउनु पर्ने मोर्चाको माग सम्बोधन गर्न ११ जिल्लामा तहको संख्या थप्ने गृहकार्यका निम्ति स्थानीय विकास मन्त्रालयले सम्बन्धित जिल्लामा परिपत्र गरेको छ । संख्या पुनरावलोकन गर्न गठीत मन्त्रिस्तरीय समितिमा रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक भन्छन्, सबै दलका प्रतिनिधि राखेर नमिलेका ठाउँमा मिलाएर दुई चार दिनभित्रमा प्रतिवेदन पठाउन भनेर सम्बन्धीत जिल्ला विकास अधिकारीहरुलाई पत्राचार भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका साथै प्रदेश नम्बर ५ का नवलपरासी, रुपन्देही र कपिलवस्तुमा तहको संख्या थप्न नयाँ मापदण्ड तोकेर जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ । गाँउपालिकाको निम्ति २२ हजार र नगरपालिकाको निम्ति ३१ हजार जनसंख्या हुनु पर्ने मापदण्ड निर्धारण गरिएको छ । जस अनुसार गाँउपालिकाको वडाको जनसंख्या ३२ सय र नगरपालिकाको वडाको जनसंख्या ३५ सय हुनुपर्नेछ । स्थानीय तह निर्धारण आयोगले तराईमा गाँउपालिकाको निम्ति ४० हजार र नगरपालिकाको निम्ति ६० हजार जनसंख्या हुनु पर्ने मापदण्ड बनाएको थियो । तराईमा स्थानीय तहको संख्या ४५ प्रतिशत पुर्याउने सहमति अनुरुप नयाँ मापदण्ड बनाइएको राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल बताउँछन् । शक्लले भने ‘स्थानीय तहमा पनि मधेशको प्रतिनिधित्व ४८.८ प्रतिशत पूर्याउनुहोस् भनेर हामीले भनेका थियौं । सरकारले ४५ प्रतिशतसम्म गर्छौं तर सबै जिल्लामा गर्दैनौं बरु चुनावको लागि २ नम्बर र ५ नम्बर प्रदेशका ११ वटा जिल्लामा मात्र गर्छौं भनेको थियो त्यही अनुसार भएको हो ।’ सरकारले सांसद, स्थानीय राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिसँग छलफल गरेर विहिबारसम्म प्रतिवेदन पठाउन जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE