Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

ढुंगेलको खोजी गरिरहेका छौं : प्रहरी

\"\"काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय फैसला भई फरार भएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । सात दिनभित्र पक्राउ गरी जानकारी गर्न अदालतले आदेश दिएपछि प्रहरीले यस्तो जवाफ पठाएको हो । आजको राजधानी दैनिकमा खबर छ– सात दिनभित्र पक्राउ गरी कारागार चलान गर्न दिएको आदेशअनुसार खोजी नगरीकनै खोजी भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले अदालतलाई आइतबार जवाफ पठाएको हो । प्रहरी प्रधान कार्यालयले बिदाबाहेक सात दिन पुगेकै दिन आइतबार २ बजे सो बेहोराको पत्र बुझाएको अदालत स्रोतले जनाएका छ । गत साता न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । तर, प्रहरीले केही दिन खोजी गरेजस्तो गरे पनि उनलाई पक्राउ नगरी खोजी गरिरहेको भन्दै पत्र दर्ता गराएको छ । यसबीचमा गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले बालकृष्ण ढुंगेल नेपालमै नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश दिएको थियो । सो आदेश गृहमन्त्रालय हँुदै प्रहरी कार्यालयमा पुग्दासम्म बालकृष्ण ढुंगेल काठमाडौंबाहिर गएको गृहराज्यमन्त्री बानियाँको भनाइ छ । अदालतले आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो जससँग समन्वय गर्नुपर्ने हो, त्यसमा कमी हुन नदिन सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो । जहाँबाट सम्भव हुने हो, त्यहीँबाट आदेश गरी ढुंगेललाई पक्राउ गर्न भनिएको थियो । प्रहरीले आन्तरिक सेटमार्फत पक्राउ गर्न मातहत निकायलाई निर्देशनसमेत जारी गरेको थियो । तर, आइतबार प्रहरी प्रधान कार्यालयले खोजी भइरहेको भन्दै पत्र पठाएको छ । ‘प्रहरीलाई सात दिनको समय दिएको थियो,’ अदालतका एक कर्मचारीले भने, ‘मान्छे पक्राउ परेको पत्र आयो भन्ने लागेको थियो, तर खोजी भइरहेको भन्ने पत्र पो आयो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending