Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

चुनाव लड्न नौ दलको संयुक्त प्यानल

\"\"महोत्तरी, ८ वैशाख । महोत्तरीको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा संयुक्त, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा नौ दलको संयुक्त प्यानल हुने लिखित प्रतिबद्धता जनाएका हुन् । ‘स्थानीय तहको निर्वाचन भएमा हाम्रो संयुक्त प्यानल हुनेछ’, नौ दलीय गठबन्धनले प्रसारित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । मधेस केन्द्रित दलले चुनाव बिथोल्ने रणनीति अख्तियार गरिरहेकै बेला बर्दिवासमा भने मधेस केन्द्रित दलसहितको चुनावी मोर्चा बन्नुलाई राजनीतिक क्षेत्रमा राम्रो कामको सुरुवात भएको प्रतिक्रिया आएको छ । पछिल्लो पटक निर्वाचन केन्द्रित नौ दलको गठबन्धन बनेपछि बर्दिवासमा यससम्बन्धी चासो निकै बढेको छ । नौ दलबीच बनेको गठबन्धनमा भर्खरै पार्टी एकीकरण गरेका छ मधेस केन्द्रित दलमध्ये चार दलका स्थानीय नेताको सहभागिताले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सहयोग पुग्ने नेपाली काँग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालको धारणा छ । त्यसैगरी नेकपा (एमाले)का बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुङ्गाना र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज राजु खड्काले पनि निर्वाचन केन्द्रित नौ दलीय गठबन्धनले विकास कार्यमा दलबीच सहकार्यका लागि सहज वातावरण बनाउने प्रतिक्रिया दिए । यसैबीच नौ दलीय गठबन्धनका लागि सक्रिय भूमिका निर्वाह गरेका नयाँ शक्ति पार्टी नेपाल बर्दिवास नगरका इन्चार्ज लीलाहरि खतिवडाले नौ दलीय गठबन्धन बर्दिवास नगरको विकासमा महत्वपूर्ण र सकारात्मक फड्को भएको बताए । यस नयाँ गठबन्धनले ठूला दलको प्रत्येक क्षेत्रमा देखिने दबदबालाई आपसी सहकार्यमा परिणत गर्न प्रेरित गर्ने उनको भनाइ छ। रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending