Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

महानिर्देशकलाई ७५ लाख घुसको अफर

\"\"काठमाडाैं, ८ वैशाख । यातायात व्यवस्था कार्यालय (सवारी) कोसीमा भएको अनियमितता छानबिन गर्ने क्रममा यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई ७५ लाख नगद घुसको अफर आएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय कोसीमा करोडौँ रुपैयाँ हिनामिना भएको सूचना आएपछि यातायात व्यवस्था विभागले सो कार्यालयमा भएको अनियमितता छानबिन गर्न उच्चस्तरीय टोली बनाएर केही दिनअघि मात्रै त्यसतर्फ पठाएको थियो । महानिर्देशक भट्टराई आफैँले छानबिन टोली गठन गरी त्यसतर्फ पठाएका थिए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–जब उनले छानबिनका लागि टोली पठाए र टोलीले छानबिनलाई अन्तिम चरणमा पुर्याउनै लाग्दा बिचौलियाले भट्टराईकै केही आफन्तलाई प्रयोग गरी छानबिनलाई रोकिदिए, ७५ लाख रुपैयाँ नगद दिने भन्दै महानिर्देशकलाई लोभ्याउन खोजेका थिए । तर, महानिर्देशक भट्टराईले आफूले नियमविपरीत एक सुको पनि नखाने र राजस्व रकम खाएर देश र जनतामाथि अपराध गर्नेहरूलाई कुनै हालतमा पनि नछोड्ने भन्दै त्यस्तो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । विभागका महानिर्देशक भट्टराई आफैँले विभागकै लेखा प्रमुख मोहन थापाको संयोजकत्वमा निर्देशक चन्द्र फुयाँल र शाखा अधिकृत धनेश्वर पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन टोली पठाएर छानबिन थालेका थिए । सो टोलीले अनलाइन सिस्टमबाट विभिन्न विवादास्पद डाटाहरू पत्ता लगाएर अध्ययन गरेको थियो । टोलीले अध्ययन गरिरहेको अवस्थामा छानबिन रोक्न भन्दै केही व्यक्तिहरू महानिर्देशक भट्टराईलाई बारम्बार भेट्न आउने गरेका थिए । विभिन्न कामको बहाना बनाएर महानिर्देशक भएको ठाउँमा आउने ती व्यक्तिहरूले महानिर्देशक भट्टराईलाई आर्थिक प्रलोभनमा पार्न ठूलो प्रयास गरेको स्रोतले जानकारी दिएको छ । इटहरीमा छानबिन भइरहेकै वेला त्यहाँका कार्यालय प्रमुख तथा लेखा अधिकृत र लेखापाललाई बचाउनुपर्ने र छानबिन रोकेमा भट्टराईलाई नगद ७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भन्दै केही व्यक्तिहरू कार्यालय र भट्टराईको घरमा नै पुगेका थिए । तर, भट्टराईले आफूले गैरकानुनी रूपमा लाखौँ रुपैयाँ त के एक रुपैयाँ पनि नलिने भन्दै उनीहरूलाई झपारेर पठाएका थिए । भट्टराईकै पहलमा थालिएको अनुसन्धानपछि इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा विगत तीन वर्षयता भएका विभिन्न अनियमिततामा ५६ करोड ४८ लाख हिनामिना भएको पाइएको थियो । त्यसरी राजस्व रकम हिनामिना गरेको पाइएपछि यातायात व्यवस्था विभागले बुधबार मात्रै कार्यालय प्रमुख नयराज नेपालसहित लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाललाई निलम्बन गरेको थियो । कारबाहीमा पर्ने डरले यसअघि उनीहरूले विभागका महानिर्देशकसहितका विभिन्न अधिकारीलाई लाखौँ रुपैयाँको आर्थिक प्रलोभन देखाउँदै छानबिन रोक्न दबाब दिएका थिए । यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले छानबिनका क्रममा विभिन्न रेसिस्ट आएको बताए । ‘छानबिन रोक्न विभिन्न खाले रेसिस्ट आएका थिए, तर सबै खाले रेसिस्टलाई पार लगाउँदै छानबिनलाई टुंगोमा नै पुर्याउन सफल भयौँ,’ महानिर्देश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘आफू यातायात व्यवस्था विभागको महानिर्देशक भएपछि विभिन्न खाले सुधारका कार्यक्रमहरू थालेको र त्यसलाई रोक्न आफूलाई पनि विभिन्न खाले प्रलोभन र धम्की आउने गरेको बताए । ७५ लाख घुसको अफर आएको बारेमा उनीसँग जिज्ञासा राख्दा महानिर्देशक भट्टराईले खासै केही बताउन चाहेनन् । तर, उनले भने, ‘हिजोसम्म प्रभावमा पार्न खोजेका थिए, तर सफल भएनन् ।’ अन्य कतिपय यातायात व्यवस्था कार्यालयमा पनि यस्तै खाले समस्याहरू देखिएकाले सुधार थाल्न जरुरी रहेको उनको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार इटहरीमा भएको ५६ करोड अनियमितता प्रकरण सार्वजनिक भएस“गै यातायातमा लामो समयदेखि बस्दै आइरहेका केही डनहरू यातायात कार्यालय छोडेर अन्यत्र सरुवा हुने मुडमा पुगेका छन् । महानिर्देशक भट्टराईले कतिपय स्थानमा रहेका यातायात कार्यालयका कर्मचारीहरूले सरुवा माग गर्न थालेको बताए । कतिपय यातायातका डन भनिनेहरू आफूलाई अन्यत्र सरुवा गर्न माग गर्दै सामान्य प्रशासन मन्त्रालयको शरणमा जाने तयारीमा रहेको महानिर्देशक भट्टराईले बताए । यातायात व्यवस्था कार्यालयका प्रमुखसहितका पाँच कर्मचारीको मिलिमतोमा आर्थिक वर्ष ०७१(७२, ०७२(७३ र ०७३(७४ को फागुन मसान्तसम्म ५६ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको रहस्य बुधबार मात्रै खुुलेको थियो । उनीहरूले विभिन्न परिपञ्च गरी बैंकमा रकम नै नपठाएर बाहिर रकम राख्ने गरेका थिए । उनीहरूले सेवाग्राहीबाट उठ्ने गरेको सवारी कर, यातायात दस्तुर, सडक सुधार कर तथा आयकर नै नक्कली सिस्टम बनाएर उठाउने गरेको र सो रकम गायब पार्दै भागबन्डा गर्दै आइरहेको विभागको अनुसन्धानले देखाएको छ । गम्भीर अनुसन्धान सुरु अख्तियार यातायात व्यवस्था कार्यालयमा भएको ५६ करोड अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीरतापूर्वक अनुसन्धान थालिएको जानकारी दिएको छ । अख्तियारका सचिव पूर्णचन्द्र भट्टराईले यातायात व्यवस्था कार्यालयमा भएको अनियमिततासम्बन्धी विवरण अख्तियारमा प्राप्त भएको जानकारी दिए । सचिव भट्टराईले अख्तियारले सो अनियमितता प्रकरणबारे बिहीबारदेखि नै गम्भीरतापूर्वक छानबिन गर्ने निर्णय गरेको जानकारी दिए । सचिव भट्टराईले भने, ‘अख्तियारले सो अनियमितता प्रकरणमा गम्भीरतापूर्वक छानबिन गर्ने निर्णय गरेको छ, छिट्टै दोषीलाई कानुनी कठघरामा ल्याइनेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending