Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

चुनावमा सेना खटाउने निर्णय मन्त्रिपरिषद्मा रोकियो

\"\"काठमाडौं, ६ वैशाख । स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरूले बताए । अाजको नयाँ पत्रिकामा खबर छ– ३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय गरेको छैन । बजेटसमेत विनियोजन भएको छैन । सेना खटाउने प्रस्ताव अघि बढाइए पनि त्यसबारे निर्णय भइनसकेको रक्षा मन्त्रालयका प्रवक्ता उत्तमकुमार नागिलाले बताए । निर्वाचनमा सेना खटाउने प्रस्ताव रक्षा मन्त्रालयले तीन साताअघि नै मन्त्रिपरिषद्मा लगेको थियो । ‘०७० सालको संविधानसभा चुनावमा जसरी सेना खटिएको थियो, त्यही मोडालिटीमा सेना खटिन्छ,’ उनले भने, ‘प्रहरीले हेर्दै आएका कारागार, एयरपोर्टको सुरक्षा प्रहरीले हेर्छ, प्रत्यक्ष रूपमा सेना चुनावमा खटिने होइन ।’ मतदानस्थानको सुरक्षा तथा गस्तीका लागि पनि सेना खटाउने प्रस्ताव छ । सेनासहित तीन घेरा सुरक्षामा चुनाव गर्न लागिएको छ । सेना खटाउन सरकारले राष्ट्रपतिबाट अनुमोदन गर्नुपर्छ । तर, अब चार साता मात्र बाँकी रहँदा पनि सरकारले यससम्बन्धी निर्णय नगर्दा अन्योलता छाएको रक्षाका एक अधिकारी बताउँछन् । राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र सेना ब्यारेकबाट निस्कनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending