Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

फिल्डमा खटिएनन् पुनर्निर्माण इन्जिनियर

\"\"काठमाडौं, ६ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले खटाएका प्राविधिक फिल्डमा जान अटेर गरेकाले भूकम्पपीडितलाई अनुदान वितरणमा समस्या परेको जनाएको छ । जसका कारण दोस्रो किस्ताबापतको अनुदान लिने पीडितको संख्या कम भएको उसको भनाइ छ । प्राधिकरणको तथ्यांकअनुसार २९ चैतसम्ममा पाँच लाख ४२ हजार नौ सय ६३ भूकम्पपीडितले पहिलो किस्ताबापतको अनुदान रकम लिएका छन् । तर, दोस्रो किस्ताबापतको अनुदान रकम लिनेको संख्या दुई हजार नौ सय १७ मात्रै छ । यो भनेको ०.५३ प्रतिशत मात्रै हो । अाजको नयाँ पत्रिकामा खबर छ– प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले कम इन्जिनियर फिल्डमा खटिएका कारण दोस्रो किस्ताबापतको रकम कम वितरण भएको बताए । ‘भूकम्पपीडितले पहिलो किस्ताबापतको रकम झन्डै २७ अर्ब रुपैयाँ लिएका छन् । त्यसको तुलनामा निक्कै कम मात्रै दोस्रो किस्ताबापतको रकम पीडितले लगेका छन् । यसको मुख्य कारण प्राविधिक फिल्डमा नगएरै हो । यो समस्या जिल्लामा म आफैँ अनुगमनमा गएको वेला भेटेको छु,’ उनले भने । साढे चार सय प्राविधिक पुगेन भूकम्प प्रभावित क्षेत्रमा खटिन दुई हजार पाँच सय ६८ प्राविधिक कर्मचारीको दरबन्दी खडा गरिएको छ, तर अहिले सरकारले दुई हजार एक सय २० जना प्राविधिक मात्रै भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । चार सय ४८ प्राविधिक अझै पनि अपुग छ । अपुग प्राविधिक थप्नेतर्फ सरकारले पहल गरेको छैन । जिल्लामै बसेर तलबभत्ता बुझ्दै प्राविधिक कर्मचारी सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले भूकम्प प्रभावित जिल्लामा प्राविधिक पठाउँछ । उसको तथ्यांकअनुसार अहिले फिल्डमा इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियर गरी दुई हजार एक सय २० प्राविधिक खटिएका छन् । तर, उनीहरू सबै फिल्डमा नगई जिल्लामै बसेर तलबभत्ता बुझ्ने गरेको प्राधिकरणको भनाइ छ । ‘केही ठाउँमा त प्राविधिकले राम्रै काम गरेका छन्, तर केहीमा भने समस्या छ । इन्जिनियर जिल्लामा बस्छन् । गाविससचिवसँग मिल्छन् । तलबभत्ता जिल्लामै बुझ्छन् । काम प्रभावकारी बन्न नसक्नुको प्रमुख कारण यही हो,’ सिइओ पोखरेलले भने । ‘भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियर खटाउने जिम्मा सहरी विकास मन्त्रालयको हो । तर, उसले त्यति धेरै इन्जिनियरलाई काबुमा राख्नै सक्दैन । जसले गर्दा काममा समस्या आइरहेको छ’, पोखरेलले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending