Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

काठमाडौं, ६ वैशाख । विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्योे, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ । ’ अाजको गोरखापत्रमा खबर छ–  विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो । ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए । शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए । स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताउँदै भने, “कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ । हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौँ । ” सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परि रहेको पीडा अझै घट्न सकेको छैन । जिल्लाका सदरमुकाम तथा आसपासमा रजश्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् । सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ । स्रोत व्यक्ति मदनसिंह भण्डारीले कतिपय शिक्षकले धामी झाक्रीको पेसा पनि अपनाउँदै आएको बताउँदै भने, “त्यस्ता शिक्षकहरूले निकै बार्छन् । महिनावारी भएका छात्रा पनि विद्यालयमा आएका हुनसक्ने भएकाले कुनै पनि छात्रालाई छुँदैनन् । छात्राहरूलाई नजिक आउन दिँदैनन् र टाढाबाट सिकाउँछन् । ” बैठकमा कतिपय स्रोत व्यक्तिले रजश्वला भएकी छोरीलाई आमाले नै बढी भेदभाव गर्ने गरेको बताए । कतिपयको घरको ढोकामा अझै पनि गहुँत राख्ने चलन भएको र विद्यालयबाट फर्किएकाले रजश्वला भएका छात्रा तथा महिला शिक्षकलाई छोएको हुनसक्ने भएकोले घरभित्र प्रवेश गर्नुअघि गहुँत छर्किनु पर्ने प्रवृत्ति पनि थुप्रै घरमा रहेको उनीहरूले सुनाए । अर्का स्रोत व्यक्ति हरेन्द्रप्रसाद जोशीले आफ्नो क्षेत्रका विद्यालयहरूमा चार दिनसम्म महिला शिक्षक नजाने गरेको तर आफूले ‘शिक्षा ऐन र नियमावलीमा महिनावारी भएका बेला महिला शिक्षक विद्यालयमा जानु नपर्ने भनी कहाँ लेखिएको छ ? देखाउनु होस्’ भनेपछि त्यस्तो प्रवृत्तिमा कमी आएको सुनाउँदै भने, “आफू महिनावारी भएको अन्य शिक्षकहरूलाई किन जानकारी दिइरहनु प¥यो र ?अहिले धेरै विद्यालयमा महिला शिक्षकलाई यसबारे सोधिँदैन । ” तेर्छाबटास्थित दुबला निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा एक महिला निर्वाचित भइन् र उनलाई टीका लगाइदिन खोज्दा आफू महिनावारी भएको भन्दै प्रधानाध्यापकको हातबाट टीका लगाउन मानिनन् । स्रोत व्यक्ति केशवदत्त तिवारीले त्यस दिनको घटना स्मरण गरे, “टीका लगाइदिन तम्सिएका प्रधानअध्यापकले पनि महिनावारी भएको थाहा पाएपछि ती महिलालाई टीका लगाइदिन चाहँदै चाहनु भएन । पछि अलिकति टीका भुइँमा राखियो र ती महिलाले आफैले टीका लगाउनुभयो । आफू महिनावारी भएको नभनेको भए पनि हुन्थ्यो नि !”
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending