Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

१४ वर्षपछि मैनाको दाहसंस्कार गर्ने तयारी

\"\"काठमाडौं, ६ वैशाख । छोरी मैनाको हत्यामा संलग्न तीन सैनिक अधिकृतलाई जन्मकैद फैसला सुनाए पनि देवी सुनुवारको अनुहारमा उज्यालो छैन । काभ्रे अदालत परिसरमा मंगलबार फैसलाबारे बुझन आउनु भएकी देवी घट्नामा प्रत्यक्ष संलग्नलाई उन्मुक्ति दिइएकोमा निराश भएर फर्किइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– उनी १४ वर्षदेखि न्यायको खोजीमा भौतारिदै आएकी थिइन् । अदालतको फैसलाबाट अझै न्यायको प्रत्याभूति पाउन नसकेको उनको बुझाइ छ । घट्नामा प्रत्यक्ष संलग्न दोषी देखिएकाहरुको सजाय कम गर्नु र एक जनालाई सफाइ पाएको थाहा पाएसंगै आफु दुखी भएको बताइन् । ‘कानुनमा जन्मकैद २० वर्ष रहेको छ तर मुलुकी ऐन अदालती बन्दोबस्तीको १८८ नम्बर लगाएर जम्मा पाँच वर्ष मात्र सजाय गरिएको रहेछ’ उनले भनिन् ‘सैनिक अदालतले नै दोषी ठहराई कारबाही गरेको क्याप्टेन निरञ्जन बस्नेतलाई सफाई पाएको प्रति मेरो आपती छ । यसका लागि पुन उच्च अदालत जान्छु ।’ उनले फैसलाको पुर्ण पाठको माग गर्दै अदालतमा निवेदन दिएकी छिन् । फैसलाको पूर्ण पाठ प्राप्त हुनासाथ अरु प्रक्रियामा लाग्ने उनले जानकारी दिइन्। जिल्ला अदालत काभ्रेका न्यायधिस मोदीनी प्रसाद पौड्यलको ईजलासले आइतबार सुनाएको फैसला अनुसार हत्यामा संलग्न महासेनानी बबी खत्री, सहसनेनाी अमित पुन र सुनिल अधिकारीलाई जन्म कैदको फैसला सुनाइएको थियो । मैना सुनुवार हत्याकाण्डमा संलग्न रहेको भनिएका क्याप्टेन निरञ्जन बस्नेतलई भने महलको १३(३) बमोजिम घटनामा आदेश पालना मात्रै गरेका भन्दै अदालतले सफाई दिएको थियो । सशस्त्र द्धन्दको समयमा खरेलथोक गाविस–६ स्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई २०६० साल फागुन ५ गते तत्कालीन शाही सेनाले पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो । मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा ल्याई स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्य रुपमा तालिम केन्द्रकै जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो । मैनाको शव २०६३ चैत ९ गते उत्खनन गर्दा कङ्काल फेला परेको थियो । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकार सघसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार घटना सार्वजनिक भएको थियो । आमा देवी सुनारले आफ्नो छोरी हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने जिकीर गर्दै २०६२ कात्तिक २७ जिल्ला प्रहरी कार्यालय काभ्रेमा सैनिक अधिकृत विरुद्ध किटानी जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरीमा अनुसन्धान नभएपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन् । उक्त रिटमा लिखित जवाफ पेस गर्दै सेनाले आफ्नो अदालतबाट दोषीलाई सजाय गरेको सार्वजनिक भएको थियो । २०६२ भदौ २३ गते सैनिक अदालतले भने द्धन्दको समयमा सेनाको कारबाही गर्ने क्रममा मैनाको हत्या भएका निश्कर्ष निकालेको थियो । सैनिक अदालतले तत्कालीन महासेनानी खत्री, अधिकारी र पुनलाई दोषी ठहर गरी जनही ६ महिना कैद र खत्रीलाई क्रमशः ५० हजार र अन्यलाई २५ र २५ हजार जरिवाना तथा खत्रीलाई २ वर्ष र अन्यलाई १ र १ वर्ष बढुवा रोक्ने फैसला सुनाएको थियो । सैनिक अदालतले फैसला सुनाएपछि २०६३ वैशाख १५ गते र कात्तिक २ गते अधिकारीद्वारा पदबाट राजीनामा दिई फैसलालाई अमान्य गरेका थिए । सुनारले दिएको निवेदनलाई स्वीकार गर्दै जिल्ला अदालतले केहि महिना अघि मात्रै सो मुद्दा मुत्लवी राखेको थियो । अदालतका अधिकारीहरुका अनुसार सुनारको जाहेरीले सरकारले दर्ता गरेको कर्तव्यज्यान मुद्दामा महासेनानी बबी खत्रीसहित अन्य तीन सैनिक अधिकृतहरु विपक्षी बनाएर जाहेरी दर्ता गरिएको बताए । काभ्रे प्रहरीले २०६४ माघ १७ गते चारै जना सैनिक अधिकृतविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेले २०६५ वैशाख र असारमा अदालतमा हाजिर हुन आउन ७० दिने म्याद जारी गरको थियो । हाल मैनाको कंकाललाई काठमाण्डौ स्थित टिचिङ्ग अस्पतालमा राखिएको छ भने १४ वर्षपछि परिवारले केहि दिनमै मैनाको धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्ने बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending