Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

मृत्युको ३७ वर्षपछि सहिद घोषित रत्न बान्तवा को थिए ?

\"\"रत्न बान्तवाको जीवनमा २७ को एउटा संयोग रह्यो । २७ चैत ००८ मा जन्मिएका उनी ०३५ चैत २७ मै मारिए, ठीक २७ वर्षकै उमेरमा । रत्न तत्कालीन पञ्चको सिकार भएका थिए । तर, उनै रत्न मृत्युको ३७ वर्षपछि मात्रै राज्यका तर्फबाट सहिद घोषित भए । पञ्चायती व्यवस्थाको सिकार बनेका, तर प्रजातन्त्र प्राप्तिपछि पनि राज्यले लामो समयसम्म सहिद नमानेका रत्न बान्तवा को थिए ?  रत्न बान्तवाको ३८औँ स्मृति दिवसकै दिन उनको जन्मथलो इलामको चित्रे पुग्ने मौका मिल्यो । पञ्चायतविरुद्ध गुरिल्ला युद्धको तयारी गर्ने उनको विद्रोही स्वभावबारे म केही न केही जानकार नै थिएँ । जब रत्नको संरक्षित घरमा पुगेँ, पहिलो नजर उनले घरमै निर्माण गरेको सुरुङमा ठोक्कियो । जीवित सुरुङले नै रत्नको परिचय दिइरहेको पाएँ । आँखा सुरुङमा डुल्दै गर्दा मेरो मनले रत्नको विद्रोही स्वभाव कल्पिन थाल्यो । रत्नको त्यो घर छैन अहिले । तर, पुरानै जगमा अन्तरिक संरचना जोगाउँदै पुनर्निमाण गरिएको छ । घरनजिकै सालिक उभ्याइएको छ । यी दृश्य देखेपछि थप खुल्दुली निमिट्यान्न पार्ने उत्सुकता जाग्यो । भेटेँ, रत्नसँगै सुरुङ निर्माणमा संलग्न बलबहादुर बराइलीलाई । मेरो जिज्ञासा मेटाउँदै उनले सुनाए, ‘यो सुरुङ खन्न ठ्याक्कै एक वर्ष लागेको थियो । अरूले सुइँको नपाऊन् भनेर रातभर खन्थ्यौँ, दिनभर सुत्थ्यौँ।’ बलबहादुरले सुरुङबारे भनिरहेको कुरा आडैमा रहेकी देउकला राईले सुन्दै थिइन् । देउकला रत्नकी दिदी हुन् । बलबहादुरको कुरा बीचैमा काटेर उनले मलाई केन्द्रित गरिन् र भनिन्, ‘भाइ पञ्चायत ध्वस्त पारेर जनताको सत्ता स्थापित गर्न केन्द्रित थियो । रणनीतिक युद्ध योजनाअनुसार घरमै २२ मिटर लामो सुरुङ बनाएको थियो । सुरुङभित्रै १० जना अट्ने बैठक कक्ष पनि तयार पार्यो । आफ्नो घरबाट छिमेकीका घरसम्म पनि सुरुङ खन्दै थियो भने घरभन्दा केहीमाथि ५० जनासम्म बसेर बैठक गर्न मिल्ने हेडक्वार्टर बनाउने योजना थियो ।’ अब के गरे रत्नले ? उनको योजना के भयो ? मेरो दिमागमा प्रश्न पैदा भइसकेको थियो । रत्नका भतिजा अगमप्रसाद बान्तवालाई सोधेँ, त्यसपछिको घटना ? उनले सुनाए, ‘रत्न त्यतिखेर मालेका केन्द्रीय सदस्य हुनुहुन्थ्यो, पूर्वश–उत्तरको इन्चार्जको जिम्मेवारी उहाँलाई नै थियो । तर, पञ्चायतले उहाँको हत्या गरेपछि सबै योजना अपूरै रहे ।’ किन र कसरी हत्या गर्यो पञ्चायतले ? प्रश्नमा अगमले थपे, ‘मालेकी भूमिगत कार्यकर्ता सुशीला श्रेष्ठ काठमाडौंबाट पूर्व गएकी थिइन् । उनलाई इलामबाट ताप्लेजुङ पुर्याउनुपर्ने थियो । रत्न काका नै त्यो जिम्मामा खटिनुभयो । २७ चैत ०३५ को त्यो बिहान, उहाँलाई इलामको इभाङ जंगलमा गोली हानेर हत्या गरियो ।’ प्रत्यक्षदर्शीका रूपमा यसबारे सुशीलासँग झनै बढी स्मरण पक्कै छ । मैले सोध्दा उनले स्मरण गरिन्, ‘बिहान झिसमिसेमा हिँड्दै गर्दा पुलिससँग जम्काभेट भयो, अगाडि रहेका रत्नलाई समातिहाल्यो, मैले रत्नलाई जोगाउन आफ्नो हातमा भएको घोचोले प्रहरीलाई चार्ज गरेँ । रत्न उम्किएर भाग्नुभयो । त्यसपछि प्रहरीले गोली चलायो । केही तल पुगेका रत्न ढल्नुभयो । मलाई हानेको गोली भने अर्को पुलिसलाई लाग्यो । केही समयपछि रत्नको ज्यान गयो । उहाँको शव मेरो ओड्नेमा बेरेर लग्यो । घाइते पुलिसलाई उपचार गर्न लग्यो भने मलाईचाहिँ वडाध्यक्षको घरमा लगेर राख्यो । राति ट्वाइलेट जाने भन्दै म भाग्न सफल भएँ । मेरो खोजीमा प्रहरीले पूरै जंगलमै डढेलो लगाएको थियो । ००० भर्खरको एउटा युवामा पञ्चायतविरुद्ध उत्रिने जोस कसरी पैदा भयो ? गुरिल्ला युद्ध नै गर्ने डरलाग्दो योजना किन बनायो ? निधनको ३८ वर्षपछि पनि रत्नको सन्दर्भमा यी प्रश्न बलिया बनेर उभिन्छन् । काठमाडौंमा सँगै कलेज पढेका एमालेका वर्तमान महासचिव ईश्वर पोखरेल रत्नको स्वभावबारे बढी जानकार हुन सक्ने सम्भावित व्यक्ति हुन्, मैले सोचेँ । स्मृति दिवसमा पनि उपस्थित पोखरेललाई मैले रत्न कसरी त्यस्तो विद्रोही बने भनेर सोधेँ। उनले बेलिविस्तार लगाए, ‘हामी एउटै डेरामा बसेर पढेका, उहाँ एकैसाथ दुई हातले खरर लेख्नुहुन्थ्यो । प्रतिभावान् उहाँ नागरिक समानताका कुरा खुबै गर्नुहुन्थ्यो । अन्यायका कुरा सुन्दा उहाँलाई असह्य हुन्थ्यो । उहाँ विश्व कम्युनिस्ट आन्दोलनका चर्चित व्यक्तिका संषर्घ कथा पढ्ने, हुबहु चित्र उतार्ने र आफ्नो विचार तय गर्ने गर्नुहुन्थ्यो । त्रिवि कीर्तिपुरबाट स्नातकसम्मको पढाइ सकेपछि म तराईतिर झरेँ, उहाँ पूर्व लाग्नुभयो । वेला–वेलामा चिठी आदान–प्रदान हुँदा पनि पञ्चायत ध्वस्त पार्नुपर्छ भन्दै विद्रोही भाषा नै बोल्नुहुन्थ्यो ।’ जनताको मुक्तिका लागि हिँडेका रत्न पञ्चायतबाट मारिए । तर, गणतन्त्र आउँदा पनि उनलाई सहिद स्वीकार्न राज्यलाई अप्ठ्यारो भयो । मृत्युको ३७ वर्षपछि ०७२ सालमा मात्रै राज्यले उनलाई सहिद घोषणा गर्यो । स्पष्ट मापदण्ड नभएकाले सहिद घोषणा वेलैमा गर्न नसकिएको बताउँछन्, एमाले नेता शेरधन राई । ‘हामीले मापदण्ड बनाएर ढिलै भए पनि सहिद घोषणा गरेर सम्मान दियौँ,’ उनले भने । नेपाली राजनीतिमा अहिले चर्चा हुन्छ, रत्न बाँचेका भए राजनीतिको शीर्ष तहमा हुने थिए । इलामकै नेता पूर्वसभामुख सुवास नेम्वाङ पनि रत्नबारे धेरै परिचित छन् । सँगै मकै भटमास चपाउँदै क्रान्तिका योजना बनाएका पल नेम्वाङलाई आज पनि ताजै लाग्छन् । ‘इलाम बजारस्थित गणेश राईको घरमा रत्नसँग मेरो नियमित भेट हुन्थ्यो, उहाँका कुराले मलाई निकै उत्प्रेरित गराउँथ्यो । आज लाग्छ, उहाँकै जगमा हामी यहाँ आइपुगेका छौँ ।’ ००० रत्नको राजनीतिक जीवनबारे डा. देवी क्षेत्री दुलालले लामो खोज गरेका छन् । उनी रत्न–बम प्रतिष्ठानका अध्यक्ष पनि हुन् । ‘उहाँका रचनामाथि अनुसन्धान गर्दा स्पष्ट बुझ्न सकिन्छ, रत्न गुरिल्ला युद्धलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भनेर अगाडि बढिरहनुभएको थियो,’ दुलाल भन्छन्, ‘जनवादी क्रान्तिलाई सुरुङ युद्धमार्फत नै अघि बढाउन सकिन्छ भन्ने आधार उहाँले खडा गर्नुभएको थियो ।’ रत्नबारे खोज्दै जाँदा उनी राजनीतिक योद्धा मात्रै भेटिँदैनन् । राई, बान्तवा भाषाको पहिलो श्रष्टा पनि भएको डा. दुलाल बताउँछन् । रत्नका धेरै कृतिहरू संरक्षण गर्ने तयारी भइरहेको उनले बताए । नेपाली भषाका उनका कृति चिनियाँ र अंग्रेजी भाषामा पनि अनुवाद गरेर प्रकाशन गर्ने तयारीमा प्रतिष्ठान छ । ००० रत्न बान्तवा मारिएपछि उनका योजनामा असर पर्यो । तर, रत्नसँगै राजनीतिमा होमिएका बमप्रसाद बान्तवाले उनको योजना पछ्याउने अठोट लिए । अन्य नेता–कार्यकर्ता पनि साथमा थिए । तर, बम पनि पञ्चायतको सिकार भए, रत्न मारिएको एक वर्षमै । अब भने रत्नको गुरिल्ला युद्धको योजना सिथिल नै भयो । अहिले पनि गुरिल्ला युद्धको प्रसंग उठ्दा रत्न र बमको नाम सधैँ सँगै जोडिएर आउँछ । प्रतिष्ठान पनि उनीहरू दुवैको नाममा खोलिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE