Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

केजरिवाल नेपालबाट प्रभावित

\"\"काठमाडौं, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेकी छिन् । उनलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी थिइन् । राष्ट्रपतिलाई कृष्णाबाहेक भारतीय विदेश मन्त्रालयको उत्तर डिभिजन हेर्ने सहसचिव सुधाकर दलेला र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गरे । नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी पनि राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । आजको नयाँ पत्रिकामा खबर छ– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा सोमबार दिल्ली आएकी हुन् । मंगलबारसम्म दिल्ली बस्ने र त्यसपछि दुई दिन दिल्लीबाहिर बसेर शुक्रबार राष्ट्रपति भण्डारी स्वदेश फर्किनेछिन् । परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत र शान्तिमन्त्री सीतादेवी यादवसहित केही सांसद तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी भ्रमणदलमा सामेल छन् । राष्ट्रपतिसँगको भेटमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आफू नेपालको विकेन्द्रीकरणबाट प्रभावित भएको बताएका थिए । उनले नेपालको स्थानीय स्वायत्त शासनबारे अध्ययन गरेको र पुस्तकसमेत मगाएको राष्ट्रपतिलाई सुनाएका छन् । ‘नेपालको स्थानीय स्वायत्त शासनबाट म प्रभावित भएको छु, किताब ल्याएर पढेको पनि छु,’ केजरिवाललाई उद्धृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले भने । उनीबाहेक भारतीय नेताले एमालेका स्वर्गीय नेता तथा राष्ट्रपतिका श्रीमान् मदन भण्डारीसँग आफ्नो व्यक्तिगत सम्बन्धको चर्चा गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending