Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सेनाका तीन पूर्वअधिकृतलाई जन्मकैदको फैसला

\"\"काठमाडौं, ५ वैशाख । काभ्रेकी मैना सुनारलाई हिरासतभित्रै बलात्कारपछि हत्या गरेको अभियोगमा काभ्रे जिल्ला अदालतले नेपाली सेनाका तीन पूर्वअधिकृतलाई जन्मकैदको फैसला गरेको छ । आजको राजधानी दैनिकमा खबर छ– जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आइतबार नेपाली सेनाका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको सजाय सुनाएको हो । हत्या अभियोग लागेका तत्कालीन सहसेनानी निरञ्जन बस्नेतलाई भने अदालतले अभियोगबाट सफाइ दिएको छ । काभ्रे खरेलथोककी १५ वर्षीया मैनालाई ५ फागुन २०६० मा ब्यारेकमा ल्याएर बलात्कारपछि हत्या गरेको अभियोगमा उनीहरूविरुद्ध लामो समयदेखि मुद्दा जारी थियो । हत्याका चार अभियुक्तमध्ये जिल्ला अदालतले सफाइ दिएका बस्नेतलाई २०६६ सालमै शान्ति मिसनबाट फिर्ता पठाएको थियो । अफ्रिकी राष्ट्र चाडमा राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका बेला फिर्ता पठाइएपछि यो मुद्दा थप बहसमा आएको थियो । तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको समयमा सेनाले सर्वसाधारणको हत्या गरेको अभियोगमा अदालतबाट सजाय सुनाइएको यो पहिलो घटना हो । जिल्ला हुँदै सर्वोच्च समयसम्म आइपुगेको यो मुद्दामा पुनः छानबिन गरी मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएपछि अदालतले यो फैसला गरेको हो । २१ मंसिर २०६२ मा मैनाकी आमा देवी सुनारले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सेनाका चारजना अधिकृतविरुद्ध किटानी जाहेरी दिएपछि सुरु भएको यो मुद्दा ११ वर्षपछि जिल्ला अदालबाट टुंगिएको हो । सो उजुरी दर्ता नभएपछि मैनाकी आमा देवीले जिप्रकालाई किटानी दर्ता गर्न आदेश दिन माग गर्दै अदालतमा निवेदन दिएकी थिइन् । उनको निवेदनअनुसार अदालतले जाहेरी दर्ता गरी मुद्दा अघि बढाउन आदेश दिएपछि यो विषय न्यायिक अनुसन्धानको घेरामा परेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय मीनबहादुर रायमाझी र रामप्रसाद श्रेष्ठको संयुक्त इजलासले ५ असोज २०६४ मा जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । मैनालाई बेपत्ता पारेपछि आमा देवी र बुवा पूर्णबहादुरले खोजबिनका लागि विभिन्न निकायमा निवेदन दिएपछि सेनाले ५ वैशाख २०६१ मा परिवारलाई मैनाको मृत्यु भएको जानकारी गराएको थियो । जानकारीपछि कानुनी कारबाहीमा भांैतारिएका मैनाका परिवारले जिल्ला अदालतको यो आदेशसँंगै न्याय पाएको बताएका छन् । तर, कार्यान्वयन हुनेमा भने शंका व्यक्त गरेका छन् । सेनाका अधिकृतविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत १७ माघ २०६४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । २ फागुन २०६४ मा जिल्ला अदालतले अभियुक्तलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि १ असोज २०७० मा तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले मुद्दालाई मुल्तबीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध मैनाकी आमा देवीले अदालत गुहारेपछि २८ पुस २०७२ मा न्यायाधीश अवानी मैनाली ९भट्टराई० को इजलासले मुद्दालाई जगाउने निर्णय गरेको थियो । मुद्दा पुनः जागेपछि भने जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending