Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कांग्रेसका मधेसी नेताको सुझाव : सहमतिविना २ नम्बर प्रदेशमा चुनाव गाह्रो

\"\"काठमाडौं, ३ वैशाख । मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरूले मधेसी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जान नेतृत्वलाई सुझाब दिएका छन् । पार्टी पदाधिकारीसँगको छलफलमा उनीहरूले संविधान संशोधन नगरी मधेसमा निर्वाचन हुन नसक्ने पनि बताएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– उनीहरूले नेतृत्वलाई सहमतिका लागि पहल गर्न पनि आग्रह गरेका छन् । ‘मधेसकेन्द्रित दललाई साथमा लिएर समस्याको समाधान खोजेपछि मात्रै निर्वाचन गर्नुपर्छ भन्ने साथीहरूको सुझाब छ,’ केन्द्रीय सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासित भने, ‘निर्वाचन गराउँदै गर्दा मधेसी दललाई साथमा लिएर जानुपर्छ । माओवादी र राजाको बन्दुकबीच सन्तुलनकारी भूमिका खेलेको कांग्रेसले सबैलाई मिलाएर निर्वाचन गराउन लाग्नुपर्छ भन्ने सुझाब आएका छन् ।’ नेतृत्वसँगको छलफलमा केही नेताहरूले मधेसी दलसँग सहमति भएमा एकै चरणमा निर्वाचन गर्न सकिने बताएका थिए । तर, केही नेताले मधेसी दलका जायज माग सम्बोधन गरेर दुई चरणमा भए पनि निर्वाचन गर्नुपर्ने सुझाब दिएका थिए । मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरूले तराई–मधेसको समस्या मधेसी मोर्चाको मात्र नभएको भन्दै जिम्मेवार बन्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । ‘तराई–मधेसको समस्या मधेसी मोर्चाको मात्र समस्या होइन, मधेसको समस्या हो,’ सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसद नागेन्द्र रायले भने, ‘समस्या समाधान गरेर मात्र निर्वाचनमा जाऔँ, यसका लागि बरु दुई चरणमा भए पनि निर्वाचन गर्दा हुन्छ भन्ने सुझाब दिएका छौँ ।’ पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार दिनभर छलफल चलेको थियो । बैठकमा कांग्रेसमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद तथा आठ जिल्लाका सभापतिमध्ये करिब २५ जनाले धारणा राखेका थिए । देउवाले सहमतिको पहल गर्ने मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले प्रदेश नम्बर २ मा निर्वाचन गर्न कठिन हुने जानकारी गराएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले दलीय छलफलका लागि प्रयास थाल्ने बताएका छन् । ‘वार्ताका लागि मधेसी दललाई आह्वान गर्छु । संशोधन प्रस्ताव दर्ता भएको छ,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य रामकृष्ण यादवले नयाँ पत्रिकासित भने, ‘यसबारे प्रधानमन्त्रीसँग सल्लाह गरेर मोर्चालाई कसरी सहमतिमा ल्याउन सकिन्छ पहल गर्छु ।’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा तराई–मधेसका आवाज सम्बोधन गर्न संविधान संशोधनलाई प्राथमिकता दिएर स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न माग भएको जनाएको छ । निर्वाचन गर्न राजनीतिक वातावरण बनाउन मधेसी मोर्चालगायत संसद्भित्रका अन्य दलहरूसँग वार्ता प्रक्रियालाई अगाडि बढाउन पनि उनीहरूले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रस्तावमा सहमति हुने आशा प्रदेश नम्बर २ का कांग्रेस नेताहरूले संविधान संशोधनको नयाँ विधेयक दर्ता हुँदा सहमति हुने धेरै सम्भावना रहेको बताएका थिए । ‘अहिलेको प्रस्तावमा धेरै मतभिन्नता छैन । एमालेले पनि सीमांकनको प्रस्ताव हटाउँदा र वार्ता गर्दा समस्या समाधान हुन्छ भन्दै आएको छ,’ केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, ‘अब कसैले पनि यो मान्दैनौँ, त्यो मान्दैनौँ भन्न मिल्दैन । कहाँ मध्यबिन्दु बनाउन सकिन्छ त्यो पहिल्याएर निर्वाचनमा जानुपर्छ ।’ संशोधन नभए मधेस जान्नँ सीतादेवी यादव, कोषाध्यक्ष संशोधनविना मधेसमा निर्वाचन सजिलो छैन । निर्वाचन तयारीका लागि बरु मलाई पहाडमा पठाइदिनुस्, संशोधन नगरी तराईमा जान्नँ । गृहमन्त्री नै भन्छन्– चुनाव गर्न गाह्रो छ संविधान सर्वस्वीकार्य नबनाई सुरक्षाको दृष्टिले २ नम्बर प्रदेशमा निर्वाचन गर्न गाह्रो छ । त्यसैले मधेसकेन्द्रित दललाई सहमतिमा लिएर निर्वाचनमा जानुपर्छ : गृहमन्त्री निधि
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending