Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

निःशुल्क चामल लिन कर्णालीवासी अनिच्छुक

\"\"काठमाडौं, ३ वैशाख । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युको बेला २० केजी चामल दिने कार्यक्रम अघि सारे पनि अधिकांश कर्णालीवासी यो सुविधा लिन अनिच्छुक देखिएका छन् । चालू वर्षदेखि सरकारले कर्णालीवासीलाई यो सुविधा दिने घोषणा गरेको हो । आजको कारोबार दैनिकमा खबर छ– चालू आर्थिक वर्षको नौ महिना सकिए पनि हालसम्म आठ जनाले मात्र यो सुविधा लिएको नेपाल खाद्य संस्थानले जनाएको छ । कर्णाली अञ्चलका ५ जिल्लामा जन्म र मृत्यु हुनेको संख्या वार्षिक ५ हजारभन्दा बढी भएपनि हालसम्म नौ जनाले मात्र लिएपछि यो कार्यक्रम असफल हुने देखिएको छ । संस्थानका अनुसार अहिलेसम्म हुम्ला जिल्लामा ५ जनाले जन्मेबापत र ३ जनाले मृत्युबापत गरेर हालसम्म एक क्विन्टल ६० किलो चामल लगेका छन् । सरकारले घोषणा गरेको कार्यक्रमप्रति स्थानीयवासी अनिच्छुक देखिएको र विरोध समेत भइरहे पनि सरकारले फेरि सोही कार्यक्रमको बजेट प्रस्ताव गरेको छ । गरिबीका कारण बाँच्नै समेत कठिन भइरहेको बेला सरकारले यति थोरै चामल दिएकोमा स्थानीय बासिन्दा पनि रुष्ट छन् । आपूर्ति मन्त्रालयले आउँदो वर्षका लागि ४ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ । यो वर्षदेखि नै कार्यक्रम सञ्चालन गरिए पनि अहिले सरकारको लक्ष्यअनुसार कार्यक्रम प्रभावकारी भएको छैन । चालू वर्षमा चार करोड बजेट यसका लागि विनियोजना गरिएको छ । कर्णाली अञ्चल आफैं पिछडिएको भन्दै सरकारले २० केजी चामल दिएर अपमान गरेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । हुम्लाकी सांसद रीता शाहीले २० किलो चामल दिने कार्यक्रमप्रति कर्णालीवासी असन्तुष्ट रहेको बताइन् । “सरकारले कि पुग्नेगरी चामल उपलब्ध गराउनुप(यो, हैन भने यस्ता कार्यक्रम बन्द गर्नुपर्छ,” स्थानीयको भनाइ उधृत गर्दै सांसद शाहीले भनिन्, “चामलको सट्टा स्थानीय उत्पादन वृद्धि गर्ने कार्यक्रमको लागि सरकारले जोड दिनुपर्छ ।” पर्याप्त सम्भावना भएपनि सरकारकोे प्राथमिकता नपर्दा कर्णाली अञ्चल पछि परेको उनको भनाइ छ । कर्णालीका सर्वसाधारणको लागि सरकारले सहुलियत दरमा चामल पठाउँदै आए पनि वास्तविक पीडितले पाउन सकेका छैनन् । पहुँच हुनेले मात्र चामल पाउने गरेको स्थानीयको गुनासो छ । सरकारले दुर्गम तथा पहाडी जिल्लामा प्रत्येक वर्ष खाद्यान्न ढुवानीका लागि मात्रै करोडौ रुपैयाँ विनियोजन गर्दै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending