Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नेपाल–चीन संयुक्त सैन्य तालिम आजदेखि

\"\"काठमाडौं, ३ वैशाख । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सोमबारदेखि संयुक्त सैन्य तालिम हुँदै छ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो । आजको नयाँ पत्रिकामा खबर छ– नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ । तालिमको नाम ‘सगरमाथा फ्रेन्डसिप २०१७’ दिइएको छ । १२ वैशाखसम्म संयुक्त सैन्य तालिम हुनेछ । यसअघि २८ माघका लागि तालिम तय भएको थियो । नेपालको तयारी नपुगेकाले तालिम सरेको हो । ‘काठमाडौं उपत्यकामा संयुक्त सैन्य तालिम हुन्छ र यो सानो संख्यामा हुन्छ,’ सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले नयाँ पत्रिकासँग भने । नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको नेपाली सेनाले जनाएको छ । चीनले आफ्नो वार कलेजमा नेपाली सेनालाई बर्सेनि चार सिट छुट्याएको छ । नेपाली सेनालाई भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिँदै आएका छन् । छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपालमा पनि तालिम हुन लागेको नेपाली सेनाले जनाएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’ संयुक्त तालिम गर्ने विषयमा नेपाल र चीनका सैन्य अधिकारीबीच पुस पहिलो साता नै सहमति भएको थियो । काठमाडौं आएका चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चिनियाँ पक्षले प्रस्ताव गरेको थियो भने नेपालले सहमति जनाएको थियो । त्यही सहमतिका आधारमा चीनले सैन्य तालिम घोषणा गरेको थियो । ‘सुरुमा सैन्य अभ्यास भनिएको थियो, तर विभिन्न कारणले अहिले सैन्य तालिम भनिएको छ,’ एक सैन्य अधिकारीले भने । सैन्य तालिमबारे नेपाली र चिनियाँ सेनाबीच दुई तहमा वार्ता भएको थियो । फागुनमा युद्धकार्य महानिर्देशक उपरथी विनोद श्रेष्ठको चीन भ्रमणका वेला ३ देखि १२ वैशाखसम्मको मिति तय भएको सैनिक स्रोतले बतायो । हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै भएको थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य तालिम हुन लागेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको थियो भने रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले कुराकानी गरेका थिए । तीन महिनापहिले चिनियाँ घोषणा चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताएका थिए । ‘आपसी सम्मान, समानता, आपसी लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामी काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ,’ प्रवक्ता यानले भनेका थिए । अमेरिका र भारतसँग पहिल्यै नेपाली सेनाले भारत र अमेरिकासँग यसअघि दुईपक्षीय संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सन् २०११ देखि नेपाल र भारतका सैनिकबीच सूर्यकिरण नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष रुपन्देहीको सालझन्डीस्थित सैनिक तालिम केन्द्रमा सैन्य अभ्यास भएको थियो भने एक महिनाअघि भारतको उत्तराखण्डस्थित पिथोरागढमा नेपाली र भारतीय सेनाबीच संयुक्त अभ्यास भएको थियो । नेपाली सेनाको विशेष बाहिनीमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग रहँदै आएको छ । विशेषगरी महावीर (रेन्जर) गणसँग अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डसम्बद्ध सैनिकले निरन्तर सैन्य अभ्यास गर्दै आएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा पनि अमेरिका, भारतलगायत विभिन्न मुलुकका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । केही नेपाली सैनिक अधिकारीहरू भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, बंगलादेशमा तालिम लिइरहेका छन् । हरेक वर्ष भारतमा ३५, चीनमा २७, अमेरिकामा १५, बंगलादेशमा ५ सैनिक अधिकृतले स्टाफ कलेज, सिनियर कमान्डर, हाइअर कमान्ड, नेसनल डिफेन्स कलेजको कोर्स गरिरहेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी, कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी, शान्ति सेना तालिम केन्द्र पाँचखाल, माउन्टेन वारफेयर तालिम मुस्ताङ, जंगल वारफेयर अमलेखगन्जमा विभिन्न देशका सैनिक अधिकृतले तालिम लिइरहेका छन् । भारतीय स्थल सेनाले चीन, श्रीलंका, फ्रान्स, अमेरिका, नेपाल, सेसेल्स र काजकिस्तानसँग द्विपक्षीय सैन्य अभयास गर्दै आएको छ । भारत र चीनबीच अक्टोबर १९ मा लद्दाखमा तथा नोभेम्बर १७ मा पुनेमा सैन्य अभ्यास भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending