Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

२८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण

\"\"काठमाडौं, ३ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । निजी आवास निर्माण कार्यविधिअनुसारको तीनै किस्ता जम्मा चार सय २० घरपरिवारले बुझेका हुन् । चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि एक खर्ब आठ अर्ब विनियोजन भएको छ । आवास निर्माणका लागि तीन किस्तामा तीन लाख रुपैयाँ दिने प्राधिकरणको कार्यविधि छ । घरको जगका लागि पहिलो किस्ता ५० हजार, घरको गारो लगाएपछि दोस्रो किस्ताको एक लाख ५० हजार र छाना लगाउन अन्तिम किस्ताको एक लाख रुपैयाँ दिने कार्यविधि छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले तेस्रो किस्ता बुझ्ने कम भए पनि निराशालाग्दो अवस्था नरहेको दाबी गरे । ‘अहिलेसम्म घर बनेको संख्या न्यून देखिए पनि निराश हुने स्थिति छैन । अबको तीन महिनाभित्र यो संख्या धेरै बढ्नेछ,’ भुसालले भने, ‘बर्खाअघि सबैले तेस्रो किस्ताको रकम लैजान्छन् । सबैको घर बर्खाअघि नै बनिसक्नेछ ।’ पहिलो र दोस्रो किस्ताको रकम धेरै निकासा भएकाले खर्च विवरण धेरै देखिएको प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका ५ लाख ४२ हजार ५ सय ४५ परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ लगेको प्राधिकरणको विवरण छ । पहिलो किस्तामा २७ अर्ब १२ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । प्राधिकरणबाट २६ अर्ब ७० करोड २६ लाख ५० हजार र गैरसरकारी संस्थाबाट ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको थियो । तर, दोस्रो किस्ता तीन हजार सात सय ४६ ले बुझेका छन् । दोस्रो किस्तामा ५६ करोड १९ लाख रुपैयाँ वितरण भएको थियो । यसमध्ये प्राधिकरणबाट १२ करोड ४३ लाख ५० हजार रुपैयाँ र गैरसरकारी संस्थाबाट ४३ करोड ७५ लाख ५० हजार रुपैयाँ वितरण भएको छ । प्राधिकरणका सह–प्रवक्ता डा. भीष्मराज भुसालले दोस्रो किस्ता लिनेको संख्या न्यून किन भयो भन्नेबारे विश्लेषण भइरहेको बताए । प्राधिकरणका तर्फबाट तोस्रो किस्ता रकम लिने शून्य छ । ‘तेस्रो किस्ताको रकम प्राधिकरणले अहिलेसम्म पनि दिन सकेको छैन । तर, एनजिओले दिएका छन्,’ प्राधिकरणका सह–प्रवक्ता डा. भुसालले भने, ‘यसको अर्थ प्राधिकरणबाट अनुदान लिएर अहिलेसम्म निजी आवास बनेका छैनन् । एनजिओबाट अनुदान लिनेहरूले मात्र आवास बनाएका छन् ।’ गैरसरकारी संस्थाले कहाँ कति घर बनाए ? पुनर्निर्माण प्राधिकरणका अनुसार गैरसरकारी संस्थाद्वारा मकवानपुरमा २ सय ८९ घर निर्माण गरिएका छन् । दोलखामा एक सय ५ र नुवाकोटमा २६ घर निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । गैरसरकारी संस्थाद्वारा कति अनुदान वितरण ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पपीडित ८ हजार ४ सय ९२ घरपरिवारलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ । पहिलो किस्तामा ५० हजारका दरले ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको छ । गैरसरकारी संस्थाले २ हजार ९ सय १७ परिवारलाई दोस्रो किस्ता वितरण गरेको तथ्यांक छ । एक लाख ५० हजारका दरले वितरण गर्दा दोस्रो किस्तामा ४३ करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । तेस्रो किस्ता भने चार सय २० परिवारले लगेको र एक लाखका दरले चार करोड २० लाख रुपैयाँ वितरण भएको छ । अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट निजी आवास निर्माणमा ९० करोड ४१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण भएको छ । प्राधिकरणको २७ अर्ब खर्च तर, एउटै घर बनेन प्राधिकरणले ५ लाख ३४ हजार ५३ भूकम्पपीडित परिवारलाई पहिलो किस्तामा ५० हजारका दरले २६ अर्ब ७० करोड २६ लाख ५० हजार आवास निर्माणको अनुदान वितरण गरेको छ । दोस्रो किस्तामा ८२९ घरपरिवारलाई एक लाख ५० हजारका दरले १२ करोड ४३ लाख ५० हजार खर्च भएको छ । तेस्रो किस्ता भने प्राधिकरणले अहिलेसम्म वितरण गरेको छैन । अहिलेसम्म २६ अर्ब ८२ करोड ७० लाख प्राधिकरणले निजी आवास निर्माणका लागि खर्च गरेको छ । तर, तेस्रो किस्ता वितरण नभएकाले प्राधिकरणको कार्यविधिअनुसार कसैको पनि घर निर्माण पूरा भएको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending