Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मानव बेचबिखनमा आफन्तकै प्रयोग, थाहै नपाई दलालको पासोमा पर्छन् पीडित

\"\"काठमाडौं, १ वैशाख । गाउँमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी सिन्धुपाल्चोक कर्थली–३ की ४५ वर्षीया सीता भट्टराई (परिवर्तित नाम) लाई गाउँकै नेकोर मगरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने प्रस्ताव राखे । छोरीको विवाहको ऋणसमेत तिर्न नसकेकी र घरको सबै जिम्मेवारी आफैं वहन गर्दै आएकी सीताले उनको प्रस्ताव खुसीसाथ स्विकारिन् । अाजको राजधानी दैनिकमा खबर छ– सीताले प्रस्ताव स्विकारेपछि राहदानी बनाई कुवेत उडाउने जिम्मा मगरले लिए । उनलाई भारत पु¥याउने र त्यहाँबाट कुवेत उडाउने कामको जिम्मा सर्लाही घर भई काठमाडौं बस्ने तुलबहादुर दवाडी (सीताराम दवाडी भनेर चिनिने) र सूर्यबहादुर दवाडी (राजु दवाडी भनेर चिनिने) ले लिए । त्यसपछि गत २६ फागुनमा उनलाई रूपन्देहीको बेलहिया हुँदै भारत लगिँदै थियो । तर, महिला हिंसा तथा चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालले उनलाई रोक्यो । अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जान लागेको खुलेपछि पीडितकै जाहेरीका आधारमा तुलबहादुर र सूर्यबहादुरविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भयो । फिक्कल–८ इलामकी मीराकुमारी राई (परिवर्तित नाम) को पनि त्यसैगरी, भारत हँुदै कुवेत जान लाग्दा बेलहियाबाट उद्धार भयो । बेलहिया नाका हुँदै भारत जाने र भारतबाट अवैध रूपमा तेस्रो मुलुक जाना लागेका यी दुई उदाहरण हुन्, जसको उद्धार भएको छ । केआई नेपालकै तथ्यांक हेर्दा अवैध बाटो हुँदै वैदेशिक रोजगारीका नाममा भारत जान लागेका ५४ जनालाई जनवरी, फेबु्रअरी र मार्च महिनामा उद्धार गरिएको छ । तर, विभिन्न बहाना गर्दै भारत जाने युवती तथा महिलाहरूको संख्या भने योभन्दा बढी छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविन विष्टले भिजिट भिसामा खाडी मुलुकमा जान सरकारले प्रतिबन्ध लगाएपछि दलालहरूले स्थलमार्ग हँुदै भारत लगी त्यहाँबाट खाडी मुलुक पठाउने गरेको बताए । दलालसँग आउँदा पक्राउ परिने र भारत छिर्न अप्ठ्यारो पर्न थालेपछि पछिल्ला दिनमा दलालहरूले युवती तथा महिलाहरूलाई भारत छिराउने तरिकासमेत फेरेका छन् । ‘सीमा पार गराउनका लागि पीडितका बाबुआमा, दाजुभाइलगायतका आफन्तहरू नै सीमासम्म आउन थालेको पाइएको उनले बताए । केआई नेपाल रूपन्देहीकी संयोजक उषा गुरुङका अनुसार आफ्नो छोरी या बहिनी भारत हँुदै तेस्रो मुलुक जान लागेको भए पनि बाबुआमा या सँगै आएका दाजुभाइले आफन्त भारतमा रहेको र भारत जान लागेको भनेर जिद्दी गर्छन् । ‘दलालको लोभ र भरोसामा परेका उनीहरूले दलालले अह्राएको कुरा गर्दै भारत नै जान लागेको भनेर ढिपी छाड्दैनन्,’ उनले भनिन्, ‘तर लामो समयसम्म सोधपुछ र परामर्श दिएपछि मात्र यथार्थ खुल्छ ।’ भारत जान लागेका आफ्ना चेलीहरूलाई सीमा पार गराउन दैनिकजसो चार÷पाँचजना नै आउने गरेको उनले बताइन् । भारतीय बजार सुनौलीमा किनमेल गर्न जान लागेको तथा भारतमा आफ्न्त भेट्न जान लागेको, आफूहरू श्रीमान्–श्रीमती भएको भन्दै दलालको प्रलोभवनमा परी भारत जानेमाथि कडाइ हुन थालेपछि पछिल्लो समय आफन्तहरू नै नाता प्रमाणित भएको कागजात लिएर आफ्नै चेलीबेटीलाई अवैध बाटो हुँदै खाडी मुलुक तथा भारत पु¥याउन सीमामै आउन थालेका हुन् भने दलालहरूले सीमा पार गराउने नयाँ जुक्ति निकाल्दै आफन्तलाई नै प्रयोग गर्न थालेका हुन् । गैरकानुनी रूपमा भारत हुँदै खाडीलगायतका मुलुकमा प्रवेश गर्न नपाउने भन्ने उद्देश्यले सीमा क्षेत्रमा रहेका गैरसरकारी संस्थाहरूसँग समेत समन्वय गरी चेकजाँच तथा परामर्शमा कडाइ गरिएको प्रहरी निरीक्षक विष्टले बताए । विनाशकारी महाभूकम्पपछि तहसनहस भएका गोर्खा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाहरूका किशोरकिशोरी तथा महिलाहरूलाई टार्गेटमा राखेर काम गरिरहेका दलालहरू अहिले पनि तिनै जिल्लाहरूलाई मुख्य टार्गेट बनाएका छन् । पछिल्लो तीन महिनामा बेलहियामा परामर्श दिइएका ७ सय ३३ तथा घर फिर्ता गरिएका ५४ र तालिम केन्द्र पठाइएका दुईजना मध्ये अधिकांश भूकम्प प्रभावित जिल्लाका किशोरी तथा महिला रहेको संयोजक गुरुङले बताइन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित मुलुकहरूमा लैजान नपाएपछि दलालहरूले भारतको दिल्लीबाट उडाउने गरेका छन् । यसरी, वैदेशिक रोजगारमा जाने किशोरी तथा महिलाहरू देहव्यापार लगाउने, उनीहरूका अंग झिक्नेजस्ता समस्यामा पर्दै आएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending