Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

तिमिल्सिनाको नेतृत्वमा राम्जा वाइसिएल, चित्रेमा निर्वाचन परिचालन समिति गठन

\"\"पर्वत, ३० चैत । पर्वत जिल्लाको राम्जामा माओवादी केन्द्रसम्वद्ध वाइसिएलको २५ सदस्यीय कमिटी गठन भएको छ । रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुवास सुनार, सचिवमा दीपेन्द्र तिमिल्सिना र कोषाध्यक्षमा भूजेल चयन भएका छन् । समितिका सदस्यहरुमा हिक्मत हमाल, सबिन भूजेल, अचित सुनार, प्रविण थापा, ठाकुर चालिसे, राजेन्द्र चालिसे, अनिल सुनार, मिलनहमाल, नारायण तिमिल्सिना, संगम तिमिल्सिना, रुद्रप्रसाद तिमिल्सिना, शिब हमाल, ईश्वर हमाल, जगन हमाल, बिनोद सुनार, सुवास सुनार, शिवप्रसाद तिमिल्सिना, किशोर तिमिल्सिना, पुष्प पौडेल रहेका छन् । त्यसै गरी रामबहादुर गुरुङ, रामु हमाल, शंकर हमाल, पिताम्वर पौडेल र रमेश क्षेत्रीलाई वाइसिएलको सल्लाहकारमा चयन गरिएको छ । वाइसिएल गठन कार्यक्रममा माओवादी केन्द्रका नेता मनहरि तिमिल्सिनाले अब युवाहरुको सम्पूर्ण ध्यान विकास र जनताको सेवामा केन्द्रित हुनुपर्ने बताए । तिमिल्सिनाले भने, ‘२१ औं शताब्दीका युवाहरु विकास र समृद्धिका बाहक हुनुपर्छ । अब हामीलाई राजनीतिक झगडा र खिचातानीमा अल्झिने छुट छैन । सबैलाई मिलाएर विकास र समृद्धिको नेतृत्व युवाले लिएर मात्रै देश र समाजको प्रगति सम्भव छ ।’ कार्यक्रममा माओवादी केन्द्र मोदी गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले युवाहरुको सम्पूर्ण ध्यानविकास, सुशासन र जनताको सेवाका लागि जानुपर्ने बताए ।

चित्रेमा माओवादी केन्द्रको १५१ सदस्यीय निर्वाचन परिचालन समिति

त्यस्तै पर्वतको मोदी गाउँपालिका वडा नं.–७, चित्रेमा माओवादी केन्द्रले धनबहादुर ढुंगानाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । गठित निर्वाचन परिचालन समितिको सहसंयोजकमा जगनबहादुर गुरुङ, सचिवमा शेरबहादुर दर्जी रहेका छन् । माओवादी केन्द्रले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । समितिको सचिवालयमा गणेश शर्मा, रामकृष्ण सुनार, टसी शर्मा, बलबहादुर दर्जी, दीपक सुनार, देवी पौडेल, भाइमाया गुरुङ, आइते बि.क., लक्ष्मण परियार, शोभाखर लम्साल, कपिलमणि लम्साल, मित्रलाल लम्साल, जौमाया नेपाली, बुद्धिकुमारी बि.क., बेलु बि.क., चन्द्रकुमारी बि.क., खिम गिरी, पिताम्बर गिरी, खिमलाल सुवेदी, गुरुदत्त भट्टराई, रामबहादुर गुरुङ, तारा गुरुङ, सुनमाया बि.क., रविन बि.क. रहेका छन् । निर्वाचन परिचालन समिति गठन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले संघीय संरचनाको सफल कार्यान्वयनका लागि सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए । तिमिल्सिनाले भने, ‘हामी संघीयता कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनमा जाँदैछौं । गाउँपालिकाले सक्षम र सबैसँग सहकार्य गर्ने बृहत सोचको नेतृत्व पाउन सकेन भने मोदीको विकासमै नकारात्मक असर पर्न सक्छ । तसर्थ, सबैसँग सहकार्य गरेर विकास र समृद्धिको जग बसाउने नेतृत्व हाम्रो आवश्यकता हो, जनताको आकांक्षा हो, त्यसका लागि हामी सबैले गम्भीरतापूर्वक सोचौं ।’ कार्यक्रममा माओवादी केन्द्र मोदी गाउँपालिकाका उपाध्यक्ष कृष्णबहादुर सुवेदीले गाउँपालिका र नगरपालिकाको संघीय संरचना माओवादी मुद्धा भएको बताउँदै जसको नीति उसैको नेतृत्व भए मात्रै संघीयता सफल हुने बताए । कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता धनबहादुर ढुंगानाले चित्रेमा माओवादी केन्द्रका संगठनात्मक अवस्था र विकास योजनाहरुको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE