Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

४५ सय मात्रै भए पनि भारू साट

\"\"काठमाडौं, ३० चैत । अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ । अाजको नयाँ पत्रिकामा खबर छ– भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन सकेको छैन । नेपाल र भारतबीच प्रतिव्यक्ति सटही सुविधा दिने अधिकतम सीमाबारे कुरा नमिल्दा नेपालीस“ग भएको तोकिएका दरका सबै भारु सटही हुने वा नहुने अन्योल भएको छ । अर्थ मन्त्रालयले भारतले दिएको सीमाअनुसार नै नेपालीसँग रहेको पुराना भारु नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैंकलाई मंगलबार पत्राचार गरेको छ । पहिलो चरणमा भारतको प्रस्तावअनुसार नै सटही सुविधा दिने र पछि थप भारु नोट सटहीका लागि सरकार र राष्ट्र बैंकबाट पहल गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ठूला नोट बोकेर आउजाउ गर्नसक्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएकाले सोही परिमाणमा नोट सटही सुविधा दिन माग गरेको थियो । तर, भारतले प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही सुविधा दिन तयार रहेको र १८ चैत (३१ मार्च) सम्मको समय दिएको थियो । सटही रकमको अधिकतम् सीमामा कुरा नमिलेपछि नेपाली पक्षले कुनै जवाफ दिएको छैन । साटिने सम्भावना न्यून सरकारले सटही सुविधा स्वीकार गर्न निर्देशन दिए पनि अब नेपालीस“ग भएको नोट साटिने सम्भावना भने ज्यादै न्यून रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘भारतीयको नियत नै नेपालीसँग भएको पैसा सटही गर्नुहुन्न भन्नेमा देखिन्छ,’ राष्ट्र बैंकका एक उच्च अघिकारीले भने, ‘अब उनीहरूले नोट साटिदिन्छन् भन्ने हामीलाई लाग्दैन ।’ केन्द्रीय बैंकका डेपुटी गभर्नर तथा नोट सटहीबारे वार्ता गर्न गठित टोलीका संयोजक चिन्तामणि सिवाकोटीले पनि नोट सटही हुने सम्भावना न्यून रहेको बताए । ‘हामीले कानुनी आधारसहित २५ हजार भारु सटहीको प्रस्ताव गरेको हो, त्यसमा उनीहरूले लामो समयसम्म चासो नदिएर अन्तिममा ४५ सय भारुको प्रस्ताव गरे,’ उनले भने, ‘त्यतिवेला पनि चार दिनको समय दिएर निर्णय लिन भनिएकाले अब नोट सटही हुन्छ भन्नेमा धेरै आशावादी हुने ठाउँ छैन ।’ लिखित प्रतिबद्धता दिन पहिले नै अस्वीकार भारतीय पक्षले ४५ सय भारुसम्म सटही सुविधा दिनेबारेमा पनि लिखित प्रतिबद्धता दिन अस्वीकार गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘दुई साताअघि नेपाल आएको भारतीय टोलीले मौखिक आग्रहमा ४५ सयसम्म भारु साटही सुविधा दिन तयार भएको बताएको थियो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर, लिखित प्रतिबद्धता वा सम्झौता गर्न उनीहरूले त्यसवेला पनि अस्वीकार गरेका थिए ।’ २५ हजार भारुसम्म सटही गर्नुपर्ने कानुनी जटिलताको अघि ४५ सय रुपैयाँको प्रस्ताव गरेको भारतीय पक्षले लिखित सम्झौता नगर्ने स्पष्ट पारेको ती अधिकारीले बताए । उनले भने, ‘हामी लेखेर दिन सक्दैनौँ, तपाईं ४५ सयसम्म साट्न राजी हो भने खबर गर्नुस् भनेका थिए ।’ भारतीय पक्षले सर्वसाधारणसँग प्रतिव्यक्ति ४५ सय भारुका दरले बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकलाई भनेको थियो । त्यसरी बैंकमा जम्मा भएको पैसा सटही गरिदिने उनीहरूको भनाइ थियो । ‘उनीहरूले असल नियत राखेका थिए भने त्यस्तो हलो अड्काउने कुरा गर्ने नै थिएनन्,’ राष्ट्र बैंकका अर्का एक अधिकारीले भने, ‘अब उनीहरूले दिएको समयसीमासमेत सकिइसकेपछि यो कुरा अघि बढाएर हामीले राहत पाउने सम्भावना ज्यादै न्यून छ ।’ राष्ट्र बैंकले भारतीय पक्षको नियत बुझेको र कानुनले खुला गरेको व्यवस्थालाई बन्देज गर्नेगरी निर्देशन जारी गर्दा असजिलो पर्ने देखेपछि सरकारको मुख ताकेर बसेको थियो । सरकारले अहिले सटही गर्न निर्देशन दिएपछि अब आफूहरू सोही निर्देशनबमोजिम अघि बढ्ने डेपुटी गभर्नर सिवाकोटीले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE