Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

महासंघ वरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित

\"\"काठमाडौं, ३० चैत । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको ५१औँ वार्षिक साधारणसभाले गोल्छालाई आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ– महासंघको संशोधित विधानअनुसार निर्वाचित वरिष्ठ उपाध्यक्षको कार्यकाल सकिएपछि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । यसअनुसार भवानी राणाको कार्यकाल सकिएपछि अर्थात् आगामी तीन वर्षपछि गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । महासंघको १८औँ कार्यसमितिका लागि मंगलबार भएको निर्वाचनमा गोल्छाले अर्का प्रत्याशी किशोर प्रधानलाई २६ दशमलव ७ प्रतिशत मतभार अन्तरले पराजित गरेका हुन् । गोल्छाले वस्तुगतबाट ४७, एसोसिएटबाट ५ सय ४ र जिल्ला तथा नगरतर्फबाट ६१ गरी कुल ६ सय १२ मत प्राप्त गरेका हुन् । यसको मतभार कुल ६३ दशमलव ३० प्रतिशत हुन आउँछ । उनका प्रत्याशी प्रधानले वस्तुगतबाट ५१, एसोसिएटबाट १ सय २३ र जिल्ला तथा नगरतर्फबाट ४२ गरी कुल २ सय १६ मत प्राप्त गरे । यसको कुल मतभार ३६ दशमलव ७० प्रतिशत हुन आउँछ । विजयी भएलगत्तै पत्रकारलाई प्रतिक्रिया दिँदै गोल्छाले मतदातालाई धन्यवाद दिए । उनले अबको महासंघ अध्यक्ष भवानी राणाको कार्यकाललाई सफल पार्ने बताए । महासंघको नयाँ कार्यसमितिका लागि गोल्छा र प्रधान प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा वस्तुगतमा प्रधान प्यानलले र जिल्लानगर तथा एसोसिएटतर्फ गोल्छाको प्यानलले बढी मत पाएका थिए । साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० सदस्यसहितको नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको हो । जिल्ला-नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ जिल्ला-नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । प्रधान प्यानलका श्रेष्ठले उपाध्यक्षका प्रत्याशी दिनेश श्रेष्ठलाई सात मतले पराजित गरे । जिल्ला नगरतर्फबाट खसेको कुल १ सय ४ मतमध्ये विजयी श्रेष्ठले ५५ मत ल्याएका थिए । पराजित श्रेष्ठले ४८ मत ल्याए । एक मत भने बदर भएको थियो । विजयी श्रेष्ठ यअसघि महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति थिए । उनको बैंक, आल्मुनियम, ग्रिल, जलविद्युत्, अस्पतालगायत क्षेत्रमा लगानी रहेको छ । वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ वस्तुगततर्फको उपाध्यक्षमा प्रत्याशी शंकरप्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गर्दै उमेशलाल श्रेष्ठ विजयी भएका छन् । गोल्छा प्यानलका श्रेष्ठ ४९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्याशीहरू पाण्डे र मल्लले क्रमशः ३८ र ११ मत ल्याए । पाण्डे प्रधान प्यानलका र मल्ल स्वतन्त्र उम्मेदवार थिए । श्रेष्ठ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष हुन् । यसअघि उनले महासंघमा उद्योग समितिको सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए । उनी क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक हुन् । एसोसिएटमा चन्द्र ढकाल निर्विरोध महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् । एसोसिएटतर्फको उपाध्यक्षमा अरूको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि एसोसिएट उपाध्यक्षका आकांक्षी मानिएका उद्यमीहरू ज्ञानेन्द्रलाल प्रधान र सौरभ ज्योतिले ढकाललाई समर्थन गरेका थिए । एसोसिएट उपाध्यक्षमा निर्वाचत ढकाल यसअघि महासंघको विदेशी तथा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति थिए । उनी आइएमई ग्रुपका अध्यक्ष ढकालको रेमिट्यान्स, बैंक, जलविद्युत्, आइटी, केबलकारलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ । पदभार हस्तान्तरण बुधबार निर्वाचित वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी तथा नयाँ कार्यकारिणी समितिले बुधबार पदभार ग्रहण गर्नेछन् । त्यस्तै, बुधबार नै अध्यक्ष पशुपति मुरारकाले वरिष्ठ उपाध्यक्ष भवानी राणालाई पदभार हस्तान्तरण गर्नेछन् । निर्वाचनसँगै सोमबारबाट सुरु भएको महासंघको ५१औँ साधारणसभा पनि सम्पन्न भएको छ । गोल्छाको कअिअर सफल उद्यमी शेखर गोल्छा यसअघि नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष थिए । उनले त्यसअघि महासंघमा दुईपटक कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । कार्यसमिति सदस्य, उपाध्यक्ष तथा विभिन्न फोरमका सभापतिसमेत गरेर उनले महासंघमा झन्डै १० वर्ष बिताइसकेका छन् । औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका पछिल्लो पुस्ताका गोल्छा स्मार्ट उद्यमीका रूपमा समेत परिचित छन् । गोल्छा अर्गनाइजेसनमा कार्यकारी निर्देशकका रूपमा उनले अटोमोबाइल, औषधि उद्योग, बैंक तथा बिमा, इलेक्ट्रोनिक्स, निर्यातलगायत विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गरिरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending