Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

काठमाडौं महानगरका वडामा चुनावी चहलपहल, कहाँबाट कसको दाबी ? (नामसहित)

\"\"काठमाडौं, २९ चैत । काठमाडौं महानगरपालिकाका वडामा स्थानीय तह निर्वाचनको माहोल तातिँदै गएको छ । विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रका स्थानीय नेतालाई निर्वाचनले छोएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– राजनीतिक दलहरू वडा अध्यक्ष तथा सदस्यका उम्मेदवार चयनको आन्तरिक गृहकार्यमा जुटिरहेका छन् । वडा नम्बर १ : काठमाडौं महानगरपालिकाको १ नम्बर वडामा सक्रियतापूर्वक चुनावी गतिविधि चलाइरहेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका थुप्रै आकांक्षीले आफूलाई दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । कांग्रेसमा भोला थापा, रामकुमार श्रेष्ठ र किरण रेग्मीले दाबेदारी प्रस्तुत गरेका छन् । एमालेबाट अनिल मानन्धर र भरतलाल श्रेष्ठको नाम चर्चामा छ । माओवादी केन्द्रका विष्णु सापकोटाको नाम चर्चामा छ । वडा नम्बर २ : कांग्रेसका तर्फबाट अमृतशमशेर थापा र किरण मिश्रले वडा अध्यक्षको उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । एमालेका तर्फबाट राजेन्द्र श्रेष्ठको नाम चर्चामा छ । माओवादी केन्द्रबाट रमेश डंगोलको सम्भावना बलियो रहेको माओवादी नेताहरूको भनाइ छ । वडा नम्बर ३ : कांग्रेसबाट विदुर कार्की र विषम केसीको नाम चर्चामा छ । एमालेका तर्फबाट दीपक केसी र कृष्ण चालिसे तथा माओवादीबाट सुरेन्द्र केसीले अध्यक्षको उम्मेदवार बन्न चाहेका छन् । वडा नम्बर ४ : कांग्रेसका तर्फबाट अनिसराम भट्टराईको नाम चर्चामा छ । एमालेका तर्फबाट राजाराम महर्जन, ध्रुव त्रिपाठी र मोहन विष्ट आकांक्षी छन् । माओवादी केन्द्रबाट लक्ष्मण थापाले दाबेदारी प्रस्तुत गरेका छन् । वडा नम्बर ५ : वडा अध्यक्षका लागि कांग्रेसबाट रमेश डंगोलले उम्मेदवार बन्न चाहेका छन् । एमालेको तर्फबाट गणेश श्रेष्ठ र वीरेन्द्र प्रजापति तथा माओवादीको केन्द्रका तर्फबाट राजेन्द्र प्रजापतिको नाम चर्चामा छ । वडा नम्बर ६ : वडा अध्यक्षका लागि कांग्रेसबाट दीपेन्द्र लामा, भुवन लामा, देव बज्राचार्यले आकांक्षा व्यक्त गरेका छन् । एमालेका तर्फबाट वीरेन्द्र लामा, लक्ष्मी श्रेष्ठ र श्याम खतिवडाको नाम चर्चामा छ । माओवादी केन्द्रले जिग्मी भुजेललाई उम्मेदवार बनाउने चर्चा चलेको छ । वडा नम्बर ७ : वडा अध्यक्षका लागि कांग्रेसबाट विनोदबाबु प्रधानको नाम चर्चामा छ । एमालेका तर्फबाट टीका पराजुली र शुद्ध डंगोल आकांक्षी देखिएका छन् । माओवादी केन्द्रका तर्फबाट भने दुर्गा मिश्र प्रबल दाबेदार देखिएका छन् । वडा नम्बर ८ : अध्यक्षको उम्मेदवार बन्न कांग्रेसबाट श्याम संगत र सुनील वैद्यले आकांक्षा व्यक्त गरेका छन् । एमालेका तर्फबाट कृष्णमान श्रेष्ठको नाम चर्चामा छ । माओवादी केन्द्रले राजेश डंगोललाई उम्मेदवार बनाउने सम्भावना छ । वडा नम्बर ९ : यो वडामा एमालेले श्रीराम राईलाई उम्मेदवार बनाउने सम्भावना रहेको बताइन्छ । कांग्रेसबाट रामजी भण्डारी, हरिशचन्द्र श्रेष्ठ र सुनील गौतममध्ये कुनै एकको सम्भावना छ । माओवादी केन्द्रका तर्फबाट भने जयन्त सुब्बाको नामचर्चामा छ । वडा नम्बर १० : वडा नम्बर १० को अध्यक्षका उम्मेदवारका रूपमा माओवादी केन्द्रका तर्फबाट रामप्रसाद हुमागाईंको नाम चर्चामा छ । कांग्रेसका तर्फबाट रामकुमार केसी र दीपेन्द्र श्रेष्ठ तथा एमालेबाट बलीभद्रराज भण्डारी आकांक्षी देखिएका छन् । वडा नम्बर ११ : कांग्रेसबाट हिरालाल तण्डुकार, भरतराज भण्डारीले जिल्ला पार्टीसमक्ष दाबेदारी पेस गरेका छन् । माओवादी केन्द्रका तर्फबाट पुण्य श्रेष्ठको नाम चर्चामा छ । एमालेका तर्फबाट भने मित्रलाल थोकर र योगेन्द्रमान श्रेष्ठ प्रबल दाबेदार देखिएका छन् । वडा नम्बर १२ : वडा अध्यक्षको उम्मेदवार बन्न कांग्रेसका तर्फबाट अहिलेसम्म बालकृष्ण महर्जनको मात्र चर्चा सुनिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेका तर्फबाट विकास डंगोलले आकांक्षा देखाएका छन् । यता, माओवादी केन्द्रका तर्फबाट रमेश कठायतको दाबेदारी प्रस्तुत भएको छ । वडा नम्बर १३ : वडा नम्बर १३ को अध्यक्षका उम्मेदवारका रूपमा एमालेबाट रामबाबु कोइरालाको नाम चर्चामा छ । उनी कार्यकर्तामाझ पुगिरहेका छन् । तर, पार्टीले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन । कांग्रेसबाट सुरेन्द्र मानन्धरको सम्भावना बलियो देखिएको छ । वडा नम्बर १४ : कांग्रेसका तर्फबाट यो वडामा दुईजनाले आकांक्षा देखाएका छन् । महेश थापा र कुबेर खड्कामध्ये एकजनाले उम्मेदवारको टिकट पाउने सम्भावना छ । माओवादी केन्द्रका तर्फबाट श्यामराजा पाण्डेको चर्चा सुनिएको छ । एमालेले सरिता काफ्लेलाई उम्मेदवार बनाउने सम्भावना छ । वडा नम्बर १५ : यो वडामा अध्यक्षाको उम्मेदवारका रूपमा एमालेबाट दावाल लामा र अमृत डंगोलमध्ये एकले टिकट पाउने सम्भावना रहेको देखिएको छ । कांग्रेसको तर्फबाट देवरत्न महर्जन र राजु खरेलले आकांक्षा व्यक्त गरेका छन् । माओवादी केन्द्रका तर्फबाट राजकाजी महर्जनको नाम चर्चामा छ । वडा नम्बर १६ : माओवादी केन्द्रले चुनावी अभियानसँगै अध्यक्षका उम्मेदवार चयनको गृहकार्य पनि अघि बढाएको छ । माओवादीका तर्फबाट दिलीप वन्तको नाम चर्चामा छ । कांग्रेसका देवेन्द्र पाठक, घनश्याम पाण्डे, राजेश श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका छन् । एमालेका तर्फबाट भने लक्ष्मण गामलको एकल चर्चा छ । वडा नम्बर १७ : काठमाडौं महानगरपालिकाको यस वडामा कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवारमा नवीन मानन्धर, कुमारदेव मानन्धर र विजय मालीमध्ये एकजना चयन हुन सक्ने देखिन्छ । एमालेका गोपाल मालीले पनि आकांक्षा देखाइरहेका छन् । माओवादी केन्द्रका तर्फबाट नीलकण्ठ मालीको दाबी देखिएको छ । वडा नम्बर १८ : अध्यक्षका लागि एमालेका हेमज्योति शाक्यले पनि उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । माओवादी केन्द्रबाट विजय शर्माको नाम चर्चामा छ । कांग्रेसका अम्मर श्रेष्ठ, दिनेश पाण्डे र पुरुषोत्तमलाल श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका छन् । तीनैजना दौडधुपमा छन् । वडा नम्बर १९ : यो वडामा माओवादी केन्द्रबाट धर्म मुनिकारको नाम चर्चामा छ । अहिलेसम्म अन्य उम्मेदवारको खासै चर्चा नसुनिएको नेता–कार्यकर्ताको भनाइ छ । यस्तै, कांग्रेसले शरिलाल श्रेष्ठ र राजेश श्रेष्ठमध्ये एकजनालाई टिकट दिने सम्भावना छ । एमालेबाट भने शंकरमान महर्जनले आकांक्षा देखाएका छन् । वडा नम्बर २० : अध्यक्षमा कांग्रेसबाट रमेश श्रेष्ठ, एमालेबाट सुरेन्द्र रञ्जित र माओवादी केन्द्रबाट राजीव स्थापितको नाम चर्चामा छ । वडा नम्बर २१ : कांग्रेसबाट गोविन्द रञ्जित, एमालेबाट उदय बज्राचार्य र माओवादी केन्द्रबाट कल्याण रञ्जितको नाम चर्चामा छ । वडा नम्बर २२ : एमालेबाट सुरेश खड्गी, कांग्रेसबाट रस्मिला मल्ल, चीनकाजी महर्जन र माओवादी केन्द्रबाट शिव शर्मा आकांक्षी देखिएका छन् । वडा नम्बर २३ : माओवादी केन्द्रबाट श्याम मानन्धर, कांग्रेसबाट नेविमान श्रेष्ठ र लक्ष्मण मानन्धर तथा एमालेबाट मचाराज महर्जन चर्चामा छन् । वडा नम्बर २४ : कांग्रेसका भगवान् शाक्य, अजर मानन्धर, एमालेका बालकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका सुरेश शिल्पकारको नाम अध्यक्षका उम्मेदवारको चर्चामा छ । वडा नम्बर २५ : अध्यक्षका लागि एमालेबाट राजेश श्रेष्ठ, कांग्रेसबाट रमेश श्रेष्ठ र माओवादी केन्द्रबाट नरेश महर्जनले आकांक्षा देखाएका छन् । वडा नम्बर २६ : माओवादी केन्द्रबाट रामकाजी महर्जनको नाम चर्चामा छ । एमालेबाट अष्टनारायण महर्जन र कांग्रेसबाट खेम तिवारीले आकांक्षा देखाएका छन् । वडा नम्बर २७ : कांग्रेसबाट योगेश खड्गी र दिनेश श्रेष्ठमध्ये एकजनाले टिकट पाउने सम्भावना छ । एमालेबाट नरेश महर्जन र माओवादी केन्द्रबाट गोपाल महर्जनको नाम चर्चामा छ । वडा नम्बर २८ : एमालेबाट वीरेन्द्र महर्जन, कांग्रेसबाट होमप्रसाद खड्गी र भाइराम खड्गीले अध्यक्षको उम्मेदवार बन्ने चाहना देखाएका छन् । माओवादी केन्द्रबाट धु्रव खड्गी आकांक्षी छन् । वडा नम्बर २९ : माओवादी केन्द्रबाट रेवती दाहालको नाम चर्चामा छ । कांग्रेसबाट राजु अर्याल र कुश ढकाल तथा एमालेबाट दीपक राईले अध्यक्षाको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । वडा नम्बर ३० : कांग्रेसबाट दलबहादुर कार्कीको नाम चर्चामा छ । एमालेबाट मुरारिमोहन जोशीले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रबाट रवि विष्टको नाम चर्चामा छ । वडा नम्बर ३१ : एमालेबाट हुमा आचार्यको सम्भावना छ । माओवादी केन्द्रबाट भने रामेश्वर पाण्डेका नाम चर्चामा छ । कांग्रेसका प्रकाशविक्रम राणा, सुरजचन्द्र लामिछाने र सुमन श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका छन् । वडा नम्बर ३२ : माओवादी केन्द्रका नेता पद्मकुमार रेग्मीले अध्यक्षको उम्मेदवार बन्ने चाहना देखाएका छन् । एमालेबाट राजेन्द्र न्यौपाने र कांग्रेसबाट माधव पराजुली तथा अर्जुन पराजुलीको नाम चर्चामा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending