Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

निधिले राजीनामा नदिने, क्याबिनेटमा पनि नजाने

\"\"काठमाडौं, २९ चैत । प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार डिआइजीको मूल्यांकन फाइल भने गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिए । गृहमन्त्री निधिले सोमबार बिहान १० बजेतिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए । वरीयता विवादपछि ३ चैतयता मन्त्रिपरिषद् बैठक बसेको थिएन । निधिले वरीयताको विषय आफ्नो प्रतिष्ठासँग जोडिएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकमा नगएको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार उनले प्रधानमन्त्रीसँग भनेका थिए, ‘वरीयताको विषय अब मेरा लागि प्रतिष्ठाको विषय भइसक्यो । म कमल थापाको पछाडि बस्न सक्दिनँ र अब क्याबिनेटमा पनि जान्नँ ।’ गृहमन्त्री निधिले आफ्ना प्रस्ताव प्रधानमन्त्री र मुख्यसचिवमार्फत मन्त्रिपरिषद्मा पठाउने तर अबका कुनै बैठकमा पनि सहभागी नहुने पनि निकट व्यक्तिहरूलाई बताएका छन् । ‘उहाँ (निधि)ले वरीयतालाई प्रतिष्ठाको विषय बनाउनुभएको छ । त्यसैले सोमबारको क्याबिनेटमा पनि नजानुभएको हो,’ उनीनिकट स्रोतले भन्यो, ‘गृहमन्त्रीका रूपमा अगाडि बढाउनुपर्ने प्रस्तावबारे प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गर्नुहुन्छ । तर, अब हुने क्याबिनेटमा पनि जानहुन्न ।’ गृहमन्त्री निधि सोमबार दाङमा पार्टीको कार्यक्रममा जाने तयारीमा थिए । तर, प्रधानमन्त्री प्रचण्डको आग्रहमा दाङ जाने कार्यक्रम स्थगित भएको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा छलफल गर्नुपर्ने भएकाले बाहिर नजान आग्रह गरेका थिए । प्रधानमन्त्रीसँग बिहान भएको भेटमा मधेसी मोर्चालाई समेटेर संविधान संशोधनको विषय अघि बढाउने विषयसमेत छलफल भएको थियो । निधि चुनावीसभामा भाग लिन मंगलबार बिहान बुटवल जाँदै छन् । कांग्रेसले सातवटै प्रदेशमा गरिरहेको आमसभाअन्तर्गत मंगलबार बुटवलमा चुनावीसभा हुँदै छ । देउवाको आग्रहपछि राजीनामा नदिने मनस्थितिमा वरीयता विवादपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिने मनस्थितिसमेत बनाएका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उनले राजीनामा नदिने मनस्थिति बनाएका छन् । ‘अब बस्ने क्याबिनेटमा पनि भाग लिनुहुन्न र गृहमन्त्रीबाट पनि राजीनामा दिनुहुन्न,’ निधिनिकट स्रोतले भन्यो । सभापति देउवाले स्थानीय निर्वाचनको मुखमा राजीनामा दिँदा गलत सन्देश जाने र निर्वाचनपछिको सत्ता समीकरणमा समस्यासमेत हुन सक्ने भन्दै गृहमन्त्री निधिलाई राजीनामा दिन रोकेको स्रोतको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending