Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

पुर्ख्याैली थलोबाट तामाङहरु किन विस्थापित हुन्छन ?

भौगोलिक हिसाबले नेपाल सानो भुपरिवेष्ठित राष्ट्र हो । भौगोलिक, हावापानी, जातजाति, धर्म, भाषा, संस्कार तथा संस्कृतिको हिसाबले विविधता पाइन्छ । बिगतको तथ्यांक अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमाल देखि दक्षिण तराईसम्म बसोबास गर्ने विभिन्न ५९ प्रकारका आदिवासी जनजातिहरु रहेको पाईन्छ । यी विभिन्न आदिवासी जनजातिहरु मध्ये तामाङ जाति पनि एक प्रमुख आदिवासी जनजाति हो ।
बाइसी चौबिसे राज्य एकीकरण गर्ने सवालमा ती राज्यका धर्म, सँस्कृतिहरु तहस नहस गरेको कथाहरु अझै पनि ताजै छन । शक्तिशाली राज्यहरुले अपनाएको शोषण र सामन्तवादी नीतिले गर्दा तामाङ समुदायको धर्म संस्कृतिलाई तोडमोड गरिएको छ ।
तामाङ जातिको मुख्य बसोबास स्थल उच्च पहाडी भू–भाग भएतापनि आजभोली अधिकांश जिल्लाहरुमा छरिएर रहेका छन् । साथै अन्य देशहरुमा रोजगारको सिलसिलमा अस्थायी र स्थायी रुपमा बसोबास गरेको पाईन्छ । यस कारणले गर्दा पनि आफ्नो ऐतिहासिक पुख्र्यौली मूल थलोबाट तामाङहरु दिनदिनै विस्थापित हुने क्रमले तिब्रता लिइरहेको देखिन्छ । जसले गर्दा नयाँ पुस्ताका तामाङहरुले स्थान परिवर्तनसंगै आफ्नो गौरवमय भाषा, सँस्कृति, संस्कार, परम्परा र ऐतिहासिक चिजहरुबाट अनभिज्ञ बन्दै गैरहेका छन् । त्यसैले अब सम्पूर्ण तामाङ जातिले हाम्रो आफ्नो भाषा, संस्कार र संस्कृतिको कसरी जगेर्ना गर्ने भन्ने विषयमा गम्भीरतापुर्वक सोच्न जरुरी देखिन्छ । यदि हामीले अहिले नै संरक्षण गर्न सकिएन भने हाम्रा सन्ततिहरुलाई हाम्रो पुर्खाको इतिहास यस्तो थियो भनेर देखाउन सक्ने अवस्था समेत नरहन सक्छ । [caption id=\"attachment_126768\" align=\"alignleft\" width=\"300\"]\"\" लेखक[/caption] कुनै पनि राष्ट्रको धर्म, तथा सँस्कृतिले त्यो देश र त्यहाँको नागरिकको परिचय दिन्छ्र । धर्म, सँस्कृति भनेको कुनै पनि समाजको मुल्य तथा मान्यताका आधारहरु हुन् । यसलाई तत्कालिन राजनैतिक, आर्थिक तथा शैक्षिक वातावरणले प्रत्यक्ष प्रभाब पार्ने गर्दछ । संस्कार र संस्कृति भनेको मानिसलाई पुर्खाले उपहारमा दिएको अमुल्य बस्तु हो । यसलाई मर्म र भावना नबिग्रने गरि समायानुकुल परिमार्जन गर्दै जीवनोपयोगी तथा व्यवहारिक संस्कृतिको निर्माण गर्न जरुरी छ । प्रकृतिले दिएको बस्तुलाई समेत मानिसले आफ्नो बल र क्षमताले आफ्नो नियन्त्रणमा गर्न सक्ने अहिलेको जमानामा हामीलाई हाम्रा पिता पुर्खाले छोडेर गएको संस्कृति, संस्कार र इतिहासलाई जोगाएर राख्नु मात्र नभई विश्व सामु चिनाउने लक्ष्य पनि हुनुपर्छ । समाजिक तथा धार्मिक सँस्कारहरु अनुशरण गर्नुको अभिप्राय आत्मा शुद्धिको लागि गरिने धार्मिक क्रियाकलापहरु तथा व्यक्तिको शारीरिक, मानसिक एबं बौद्धिक अभिवृद्धिको निम्ति गरिने अनुष्ठान हरु हुन । यस किसिमका सँस्कारले समाजको बिकासको साथसाथै व्यक्तिको आफ्नो व्यक्तित्व समेत झल्काउछ । धर्म, भाषा, सँस्कृति नै हाम्रो पहिचान हो । त्यसैले यसको संरक्षण र प्रबद्र्धन गर्नु जरुरी छ । २१ शताब्दीको यो संघारमा हामी सम्पुर्ण तामाङ युवाहरुको काँधमा ठुलो दायित्व छ हाम्रो पुरातन संस्कृतिहरुको जगेर्ना गरिराख्नु । यसको लागि हामी एकदुई जना मात्रै नभई सम्पुर्ण समुदाय एकजुट हुन जरुरी छ । यसै संस्कृति अन्र्तगतको तामाङ समुदायको महान् चाड हो ल्होसार । जसको आफ्नै मौलिक विशेषता रहेको छ । ल्होछार पर्व वास्तविक रुपमा विशेष गरि तामाङ समुदायका व्यक्तिहरुले के हो भनेर बुझ्न जरुरी छ । यो पर्व हाम्रो संस्कार मात्रै नभएर पहिचान पनि हो । ल्होछार बिगत लामो समयदेखि मान्दै आइरहेको तामाङ लगायत जातिको महान पर्व हो । नेपालमा अठारौ तिरबाट बाइसी चौबिसी राज्यहरु देखा पर्छन त्यो बेलामा विभिन्न जनजाति समुदायका राज्यहरु थिए आफ्नै धर्म सँस्कृति र संस्कारहरु थिए । तर बाइसी चौबिसे राज्य एकीकरण गर्ने सवालमा ती राज्यका धर्म, सँस्कृतिहरु तहस नहस गरेको कथाहरु अझै पनि ताजै छन । शक्तिशाली राज्यहरुले अपनाएको शोषण र सामन्तवादी नीतिले गर्दा तामाङ समुदायको धर्म संस्कृतिलाई तोडमोड गरिएको छ । यसैले गर्दा नै लोप हुदै गइरहेको तामाङ धर्म सँस्कृति र इतिहासको खोज अनुसन्धान र प्रवद्र्धन गर्नु पर्ने आवश्यकता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies