Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

प्रचण्ड निकट क्रान्तिकारीको सबै शक्ति चुनावमा होमिन निर्देशन

\"\"सुर्खेत, २७ चैत । नेकपा माओवादी केन्द्रका भातृसंगठन अखिल क्रान्तिकारी सुर्खेतले बिहीवार बसेको बैठकले आगामी बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा सम्पुर्ण शक्ति लाग्ने गरि जिम्मेवारी बाडफाड गरेको छ । वीरेन्द्र नगरमा रहेको नेकपा माओवादी केन्द्रको बैठकले यो निर्णयको विषयमा जिम्मेवारी बाडफाड गरेको हो । अगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीका लागी भनेर यो निर्णय गरेको माओवादी केन्द्रका प्रचार प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले जानकारी दिएका छन । उनले प्रदेश नं ६ को विभिन्न जिल्लाका जिम्मेवारीका लागि अखिल क्रान्तिकारीका विद्यार्थीहरुको सहभागिता रहने गरी जिम्मेवार बाँडिएको छ । यस्तै गरी चौकुने गाँउपालिकाका लागी जिल्ला सदस्य नविन आर्चाय, पञ्चपुरी नगरपालिका लागी जिल्ला उपाध्यक्ष जगत ढकाल,बराहताल गाँउपालिकाका लागी जिल्ला सह सचिव भगवती जिसी रहेका छन । यसै गरी वीरेन्द्रनगर नगरपालिकामा केन्द्रिय सचिवालय सदस्य राजेन्द्र बुढा, केन्द्रिय सदस्य उत्तम लामिछाने,केन्द्रिय सदस्य लक्ष्मी केसी, तथा जिल्ला उपाध्यक्ष हिमाल आर्चाय,जिल्ला सचिव चिरञ्जीवी गैरे जिल्ला सह सचिव विष्णु केसी ,जिल्ला सदस्य तिर्सना हमाल, जिल्ला सदस्य सन्त टमाटा रहेका छन । यसै गरी चिङ्गगाड गाँउपालिकामा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महेश जिसी केन्द्रिय सदस्य मोतिराम रम्तेल, र जिल्ला सदस्य जिल्ला सदस्य कल जिसी रहेका छन । यसै गरी लेकबेसी नगरपालिकामा केन्द्रिय सचिवालय सदस्य अजित बौडेल,केन्द्रिय सदस्य सुकदेव अधिकारी, जिल्ला सदस्य कल्पना बस्नेत रहका छन । यसै गरी भेरिगङ्गा नगरपालिका मा जिल्ला कोषाध्यक्ष मिना शाही, जिल्ला सदस्य सुनिता जैसी जिम्मा पाएका छन । यसै गरी गुर्भाकोट नगरपालिका मा जिल्ला सदस्य शिवशक्ती वली , सिम्ता गाउँपालिका केन्द्रिय सदस्इ सरस्वती सिंह, जिल्ला सदस्य कमल मल्ल रहेका छन । यसै गरी जुम्लाका लागी केन्द्रिय सदस्य सचिवालय सदस्य देबीचन्द्र उपाध्याय र जिल्ला सदस्य सुरेन्द्र महतका जिम्मा परेको छ । कालिकोट जिल्ला मा केन्द्रिय सदस्य जगत बिष्ट र जिल्ला सदस्य जगदिश न्यौपाने रहेका छन । यसै गरी जाजरकोटका लागी केन्द्रिय सदस्य तथा जिल््ला उपाध्यक्ष तिलक के।सी। र जिल्ला सदस्य बिष्णु सिंहको जिम्मा रहेको छ । यस्तै हुम्ला जिल्लामा मध्यपशिचञ्माचल विश्व विद्यालय इन्जिनिरीङ संकायका उपाध्यक्ष रत्न प्रसाद शर्मा र सुर्खेत क्याम्पस शिक्षा इकाई कमिटी सचिव मिनराज रावत रहेको छन । डोल्पा जिल्लामा शुक्रराज बुढा र देव बहादुर बस्नेत रुकुम जिल्लामा जिल्ला सदस्य अनिल बिक,दाङमा केन्द्रिय सदस्य ललित वली ,दैलेखमा मध्यपशिञ्माचल विश्व विद्यालयका इन्जिनिरिङ संकायका इन्र्चाज बम भणडरी, र उमेर शाही रहने गरी जिम्मेवारी बाडफाड गरेको छ । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा फयाक्सन इन्र्चाज ठम्मर बिष्ट, संगठनका उपाध्यक्ष गंगाराम तिमिल्सेना र केन्द्रिय सदस्य देबीचन्द्र उपाध्यायले प्रशिक्षण र स्थानीय तहको निर्वाचन सम्बन्धि जानकारी गराएका थिए । बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महेश जिसीको अध्यक्षतामा बैठक बसेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE