Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

शिक्षक आयोगको विज्ञापन खारेज गर्न माग

\"\"काठमाडौं, २६ चैत । अस्थायी शिक्षकहरुले शत्प्रतिशत दरवन्दीमा अन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । अस्थायी शिक्षकहरु एकै प्रकारका भएपनि सरकारले तीन प्रकारको आयोग खोलेर विभेद गरेको भन्दै उनीहरुले भर्खरै खुलेको शिक्षक आयोग खारेज गर्न समेत माग गरेका हुन् । शुक्रबार शिक्षक आयोगको विज्ञापन विरुद्धमा राजधानीमा विरोध¥याली आयोजन गर्दै अस्थायी शिक्षकहरुले परीक्षा की सुविधा नभनी सवै शिक्षकलाई आफुकार्यरत दरवन्दीमा आन्तरिक प्रतिस्पर्धा गर्ने व्यवस्थ गर्न समेत सरकारसँग माग गरेका छन् । पुनरुत्थान पार्टी नेपालको अगुवाइमा आयोजित विरोध ¥यालीमा देशभरबाट आएका सयौं अस्थायी शिक्षकहरुको सहभागिता रहेको थियो । विरोध ¥याली शान्तिवाटीकाबाट शुरुभएर नाराजुलुससहित, बागबजार, पुतलीसडक, कान्तिपथ, केशर महल, दरवारमार्ग हुँदै पुनः शान्तिवाटीकामा कोणसभा गरी सम्पन्न भएको थियो । कोणसभामा बोल्दै प्रभातमावि काठमाडौंका अस्थायी शिक्षक सूर्य तिवारीले अस्थायी शिक्षकहरुलाई सुविधा दिएर बिदा गर्ने सरकारको तयारी गैर कानूनी भएको बताए । अस्थायी शिक्षकहरुलाई शत्प्रतिशत आन्तरिक विज्ञापन गरेर स्थायी गरिनुपर्ने भन्दै परीक्षामा असफललाई खालीहात बिदा गर्न नहुने उनको भनाई थियो । अधिवक्ता कोषराज काफ्लेले राजतन्त्रले समेत दिएको अस्थायी शिक्षकहरुको अधिकार लोकतन्त्रमा दलहरुले खोसेको अरेप लगाए । यसअधिको संशोधित शिक्षा ऐनमा अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा गराई असफलहुनेहरुलाई मात्रै सुविधा सहित बिदा गर्ने व्यवस्था रहेको र २०६६ मा सर्वोच्च अदालतले समेत सोही विषयमा परमादेश जारी गरेकाले अस्थायी शिक्षकहरुको शत्प्रतिशत दरवन्दीमा आन्तरिक प्रतियोगीता हुनुपर्ने उनले दावी गरे । यसो नगरे अदालतको मानहानी हुन्छ । काफ्लेले भने–अस्थायी शिक्षकहरुलाई परीक्षा र सुविधा भन्न पाइदैन, परीक्षा पछि सुविधा भन्नुपर्छ । कार्भे जिल्लाका अस्थायी शिक्षक गणेश प्रसाद पन्तले अस्थायी शिक्षकहरुलाई विभिन्न तहमा विभाजन गरेर खुलाइएको शिक्षक विज्ञापन खारेज हुनुपर्ने बताए । यो विज्ञापन खरेज गरेर अस्थायी शिक्षकहरुका लागि शत्प्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नगरेसम्म आफुहरुले आन्दोलन जारी राख्ने उनले दावी गरे । हामी आत्मदाह गर्न तयार छौं तर यो विज्ञापन खारेज गराएरै छाड्छौं – उनले भने । डडेल्धुराकी अस्थायी शिक्षक सकुन्तला कार्कीले अस्थायी शिक्षकहरु प्रति राज्य सधैं नकारात्म रहेको बताइन् । अस्थायी शिक्षकलाई कुनैपनि बहानामा बर्खास्त गर्न नपाइने भन्दै उनले अस्थायी शिक्षकलाई हैन सभामुख र प्रधानमन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताइन् । नवलपरासीका अस्थायी शिक्षक अनिल कुमार अग्रवालले शिक्षकका संघसंगठन र शिक्षक महासंघले अस्थाय िशिक्षकको पक्षमा सिन्को नभाचेकाले आफुहरु पुनरुत्थान पार्टीको शरणमा पुगेको बताए । अहिल खुलेकोे शिक्षक आयोग बर्खास्त गर्दै अस्थायी शिक्षकलाई शतप्रतिशत दरवन्दीमा विज्ञापन नगरे आफुहरु प्रधानमन्त्रीको बर्खास्त गर्ने माग सहित सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने चेतावनी दिए । पुनरुत्थान पार्टी नेपालका अध्यक्ष गोविन्द बहादुर पौडेलले अहिलेको शिक्षक विज्ञापन खारेज गरेर अस्थायी शिक्षकहरुको शत्प्रतिशत दरवन्दीमा पुनः अर्को आन्तरिक विज्ञापन नखोलेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । ३० वर्ष बढी सेवा गरेका पीडित अस्थायी शिक्षकहरुलाई तीनघण्टे परीक्षाका नाममा खालीहात बिदा गर्ने सरकारी हर्कतका विरुद्धमा आफुहरु अन्तराष्ट्रिय अदालतसम्म पुग्ने उनले चेतावनी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending