Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सिरियामाथि थप आक्रमण गर्ने अमेरिकाको चेतावनी

[caption id=\"attachment_126394\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] एजेन्सी । सिरियाली सरकारले विद्रोही इलाकामा गरेको आक्रमणको प्रतिक्रियास्वरुप सिरिया सरकारविरुद्ध मिसाइल आक्रमण गरेको अमेरिकाले सिरियामाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हालेले रासायनिक हतियारको प्रयोग हुने अवस्थालाई आफ्नो देशले सहन नसक्ने भन्दै सिरियामा थप हमला हुनसक्ने बताएका छन् । रासायनिक हतियार प्रयोगका लागि तयार गरिएकै सिरियाली सैन्य अखडामा अमेरिकाले बमबारी गरेको पनि उनले दाबी गरेका छन् । सैन्य कारबाहीका लागि अमेरिका तयार रहेको संयुक्त राष्ट्रमा अमेरिकी राजदूत हेलीले सुरक्षा परिषद्को आपत्कालिन बैठकमा बताएका थिए । यता, सिरियामा रासायनिक हमलाकाविरुद्ध सिरियाली सैन्य अड्डामाथि अमेरिकाले गरेको कारबाहीप्रति संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अहिलेको स्थिति बिग्रिनबाट बचाउनुपर्ने बताएका छन् । सिरियाली सरकारले विहीबार भएको अमेरिकी हमलाको गैरजिम्मेवार तथा हतारमा उठाएको कदम भएको गुटेरेसले संज्ञा दिएका छन् । मंगलबार रासायनिक हमला गर्न जुन सैन्य अड्डाले ब्यवस्था गरेको थियो, अमेरिकाले सोही अड्डामाथि बम आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् । सिरियाली सरकारमाथि अमेरिकाले पहिलो पटक गरेको सिधा अमेरिकी सैन्य कारबाहीमा ६ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सले जनाएका छन् । सिरियाको इडलिव प्रान्तमा विपक्षीका स्वास्थ्य अधिकारीकाअनुसार विद्रोहीको नियन्त्रणमा रहेको खान शैखुनमा मंगलबार भएको हानिकारक ग्यास आक्रमणमा ३३ बच्चा तथा १८ महिलासहित ८९ जनाको मृत्यु भएको थियो । सिरियाली सरकारले भने हानिकारक ग्यास आक्रमण गरेको कुरा अस्वीकार गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending