Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

हिसिलालाई तीन महिलाले सोधेः देशद्रोही अभिव्यक्तिको पनि ढाकछोप हुन्छ र ?

\"\"काठमाडौं, २५ चैत । आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाच्नमा दलिय चुनाव चिन्ह माग गर्दै हिसिला यमीले दिएको अभिव्यक्तिवारे टीप्पणी गरेका छन् । सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेले एक अपिल जारी गरेर हिसिला यमीले दिएको देशद्रोही अभिव्यक्ति सम्बन्धमा थप टिप्पणी गरेका हुन् ।  सुब्बा राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव हुन् भने चौधरी पूर्व सभासद तथा एमाले नेतृ हुन्, त्यस्तै घिमिरे लेखिका एवं सुनसरी कांग्रेसकी नेतृ हुन् । अपिलमा भनिएको छ– ‘देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक सञ्जालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा त्यसको आड लिएर देशद्रोही अभिव्यक्तिको ढाकछोप हुन सक्दैन । यद्यपि हिसिलाले माफी माग्नुलाई भने हामीले ठिकै ठानेका छौं ।’ हिसिलाले ‘यो देशलाई खारेज गर’ भनी नारा लगाएपछि सरस्वती, शान्ता, मनिता लगायतले ‘हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउ’ भनी संगठित अभियान चलाएका थिए । फलस्वरुप अभिव्यक्ति दिएको भोलिपल्ट साँझ हिसिलाले आफ्नो अभिव्यक्तिप्रति माफ मागेकी थिइन् ।

हिसिलाले भनिन् यो देशलाई खारेज गर्

हिसिलाको अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जालमा कडा विरोध गरिएको थियो र लाखौंले विरोधमा लेखेका थिए । त्यस क्रममा कतिपयले हिसिलालाई असामाजिक र अमर्यादिन गाली समेत गरेका थिए । त्यस्तो असामाजिक गालीलाई आधार बनाएर हिसिलाप्रति सहानुभुति जगाउने र देशद्रोही अभिव्यक्तिको ढाकछोप गर्ने प्रयास भएपछि सरस्वती शान्ता र मनिताले संयुक्त अपिल जारी गरेका हुन् । हिसिलाको आलोचना हुनुमा हिसिला स्वयं जिम्मेवार रहेको पनि उनीहरुले प्रष्ट पारेका छन् । अपिलमा भनिएको छ– ‘हामीले अभियान चलाएकै कारणले हिसिलाप्रति अमर्यादित टिप्पणी आयो भनी हामीमाथि विभिन्न कोणबाट लगाउन खोजिएको आरोपको हामी घोर भतर््सना गर्दछौं । हिसिलाले दिनुभएको अभिव्यक्तिको प्रतिक्रियास्वरुप आएको टिप्पणी, विरोध र आलोचनाका लागि उहाँ स्वयं जिम्मेवार हुनुहुन्छ । यसका लागि हामी तथा हामीले चलाएको अभियान जिम्मेवार हुन सक्दैन ।’ ‘हामीले चलाएको अभियान र हिसिला यमी उपर गरिएको असामाजिक टिप्पणीको कुनै सम्बन्ध छैन’ अपिलमा भनिएको छ ‘हामीले देशभक्तिको पवित्र भावनाले ओतप्रोत भएर अभियान चलाएका हौं र जनविरोधपछि हिसिला यमी माफ माग्न बाध्य बन्नुभयो । हिसिला यमीप्रति असामाजिक टिप्पणी गर्नेहरु असामाजिक तत्व हुन् र यस्ता तत्वको देशभक्तिसँग कुनै सम्बन्ध हुन सक्दैन ।’ उनीहरुले त्यस्ता असामाजिक तत्वमाथि कारवाहीको माग समेत गरेका छन् । इन्टरनेटमा आधारित सामाजिक संजालको दुरुपयोग भइरहेको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले दुरुपयोगको कार्य गर्नेलाई सरकारले कडा कारवाही माग पनि गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending