Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसको आपत्ति

\"\"काठमाडौँ, चैत २५ । सत्ता साझेदार प्रमुख दल नेपाली काङ्ग्रेसले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावप्रति आपत्ति जनाएको छ । शुक्रबार बसेको पार्टी केन्द्रिय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले बैशाख ३१ गते तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जानुको विकल्प नरहेको निष्कर्ष निकालेको हो । काङ्ग्रेसले निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउन अधिकतम पहल गर्न पनि पार्टी नेतृत्वलाई सुझाव पनि दिएको छ । सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन पार्टी नेतृत्वलाई सुझाव दिइएको केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले स्थानीय तहको मागलाई सम्बोधन गर्ने गरी पार्टीको चुनाव घोषणा पत्रलाई अन्तिम रुप दिने निर्णय पनि गरेको छ । बैठकमा चुनाव घोषणा पत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणा पत्रले स्थानीय जनताको मागलाई सम्बोधन गर्ने बताएका थिए । बैठकमा सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने भन्दै तयारीमा जुटन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । स्थानीय तहको निर्वाचनमा जनता उत्साही भएकाले त्यसलाई सम्पन्न गर्न लागि पर्ने निर्णय लिइएको सांसद रामहरि खतिवडाले बताउनु भयो । उनले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउन अझै प्रयास हुने पनि स्पष्ट पारे । नेपाली काँगे्रसले स्थानीय तहको निर्वाचनको तयारीको कामलाई तीव्र गतिमा अघि बढाएको छ । पार्टीले निर्वाचन परिचालन र चुनाव घोषणा पत्र तयारीको कामलाई पनि अन्तिम चरणमा पु¥याएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies