Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कांग्रेस संसदीय दलको बैठकमा दुई चरणको चुनाव र वरियता विवादको चर्चा

[caption id=\"attachment_84198\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २५ चैत । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा उपप्रधानमन्त्री वरियता विवाद र स्थानीय तहको चुनावको विषयमा खुबै चर्चा पायो । यसअघि एकै चरणमा चुनाव गराउनुपर्ने बताउँदै आएका सभापति शेरबहादुर देउवाले दुई चरणमै भए पनि स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । शुक्रबार संसद भवन बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकमा देउवाले २ नं प्रदेशको ८ जिल्ला र ५ नंम्बर प्रदेशमा ३ जिल्लामा दोस्रो चरणमा चुनाव गर्नुपर्ने स्थिति आएको बताएका थिए । मधेसी मोर्चाले जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र मतदाता नामावलीमा छुटेका नाम थप्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई नम्बरलाई छाडेर अरु क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । तर, देउवाले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका थिए । देउवाले असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन नगरी निर्वाचन नुहने भएकाले दोश्रो चरणमा गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको सांसद रामहरी खतिवडाले बताए । त्यस्तै सभापति देउवाकै सहमतिमा प्रचण्डले दोस्रो वरियतामा स्थानीय विकासमन्त्री कमल थापालाई रोजेपछि कांग्रेसबाट गृहमन्त्री भएका विमलेन्द्र निधिले राजिनामा दिनेसम्म चेतावनी दिएका थिए । यो विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । बैठकमा पार्टी नेता रामचन्द्र पौडेल कांग्रेस पहिलो शक्ति भएकाले दोस्रो वरियताक्रममा हुनुपर्ने बताएका थिए । देउवाको सहमतिमा थापालाई वरियतामा दोस्रो बनाएपछि बैठकमा पौडेलले निधिलाई साथ दिएका थिए । बैठकमा बोल्दै पार्टी देउवाले तोकिएको समयमै स्थानीय तहको निवार्चन हुने र कुनै शंका नराखी निर्वाचनको तयारी थाल्नु पर्ने बताएको थिए ।  बैठकले स्थानीय निर्वाचनको लागि घोषणा पत्र केही दिनमै प्रकाशन गर्ने निर्णय पनि गरेको छ। घोषणा पत्र तयार पार्न नेता महेश आचार्यको संयोजकत्वमा गठन भएको समितिले पार्टी केन्द्रीय सदस्य र सांसदहरुसँग राय लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE