Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

एमालेले चुनाव सार्न आग्रह गरेको वर्षमानको खुलासा

[caption id=\"attachment_126316\" align=\"alignleft\" width=\"750\"]\"\" बर्षमान पुन[/caption] बुटवल, २५ चैत । माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन ‘अनन्त’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गरेका छन् । प्रेस सेन्टर नेपाल पाँच नम्बर प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तर, एमालेको उक्त प्रस्ताव आफ्नो पार्टीले अस्वीकार गरेको बताए । ‘हामी पनि सरकारमा आउँछौ, तपाईहरुको नेतृत्वमा तीन तहकै चुनाव गरौँ, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भन्ने प्रस्ताव एमालेको शीर्ष नेतृत्वबाटै आएको छ’ एमालेका नेताहरुबाट आएको भनाई उधृत गर्दै अनन्तले भने । एमालेले बाहिर चुनावको चर्का चर्का कुरा गरेपनि भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषय भएको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टी बैशाख ३१ मै चुनाव गराउन प्रतिबद्ध रहेको अनन्तले दाबी गरे । उनले स्थानीय तहको चुनावपछि प्रधानमन्त्री प्रचण्डले पूर्व सहमति बमोजिम कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने प्रष्ट पारे । तर हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, स्थानीय तहको चुनावपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्दछौँ’ अनन्तले भने । मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने नेता अनन्तले बताए । तराई मधेसका १०र१२ जिल्लामा जेठ १५ अघि नै दोश्रो चरणको चुनाव सक्ने गरी सहमतिको सम्भावना रहेको उनले बताए । स्थानीय चुनावमा स्थानीय विशेषता हेरेर कांग्रेस र एमालेसँग तालमेलको सम्भावना रहेको भएपनि माओवादी एक्लै चुनावमा होमिने गरी तयारी गरेको उनले दाबी गरे । नेता अनन्तले प्रचण्ड नेतृत्वको सरकार दक्षिण र उत्तरको सन्तुलन मिलाउन सरकार सफल भएको जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE