Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

६५ दलको निष्कर्ष –भ्रुण हत्या कहिलेसम्म माननीय ज्यू ?

\"\"काठमाडौं, २५ चैत । नयाँ शक्ति पार्टीसहित दलीय चुनाव चिन्हबाट बञ्चित ६५ राजनीतिक दलहरुले संयुक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । दलहरुबीचको संयुक्त अन्तरक्रिया कार्यक्रममा नेताहरुले चुनावमा भाग लिनको लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने आफ्नो संवैधानिक अधिकारलाई सरकारले कुण्ठीत गरेको आरोप लगाएका छन् । त्यस्तै संसदवादी दलहरुले भ्रुण हत्या गरेको आरोपसमेत लगाएका छन् । ‘स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र’ शीर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा चुनाव चिन्ह नपाएका ६५ दलहरु सम्मिलित संयुक्त राजनीतिक संघर्ष समितिको तर्फबाट अवधारणापत्र प्रस्तुत गरिएको थियो । नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापाले संयुक्त अवधारणा पत्र प्रस्तुत गरेका छन् । संयुक्त अवधारणापत्र प्रस्तुत गर्दै थापाले सरकारले विधितव रुपमा निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई चुनाव चिन्हबाट बञ्चित गर्ने कानून ल्याएको भन्दै त्यस्तो कानूनले लोकतान्त्रिक व्यवस्था र त्यसको मूल्य मान्यताको धज्जी उडाएको भन्दै देशमा क्रियाशील राजनीतिक पार्टीहरुलाई आआफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन पाउने आधारभूत हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे । ‘उक्त कानूनले लोकतान्त्रिक व्यवस्था र मूल्य मान्यताको पर्दाफास मात्र गरेको छैन स्वयं नेपालको संविधान २०७२ को प्रस्तावना र प्रावधानहरुको समेत सिधै उल्लंघन गरेको छ’ संयुक्त अवधारणापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमीले आन्दोलनको दायरा अलि फराकिलो र समावेशी बनाउनु पर्नेमा जोड दिए । त्यसैगरी नयाँ शक्तिकै राष्ट्रिय मामिला समिति संयोजक परशुराम तामाङले जारी आन्दोलन लोकतन्त्रको आत्मालाई बचाउने आन्दोलन भएकाले सबै लोकतन्त्रका पक्षधरहरूले यो आन्दोलनमा सहयोग गर्नुपर्ने बताए । त्यसैगरी सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सरकारको यो निर्णयले नयाँ राजनैतिक दलहरूको भ्रुण हत्या गर्ने काम गरेको बताउँदै लोकतन्त्रको ठूलो उपहास गरेको आरोप लगाए । त्यसैगरी अन्तत्र्रिmया कार्यक्रममा बाल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले लोकतान्त्रिक सरकारले दलहरू खोल्न पाउने संंवैधानिक अधिकार माथि प्रतिबन्ध लगाएको आरोप लगाए । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले जारी आन्दोलन चुनाव चिह्न पाउने विषय मात्रै नभएर बहुदलीय प्रतिस्पर्धामाथिको प्रतिबन्ध विरुद्धको आन्दोलन भएको जिकिर गरे । सांसद हरिशचन्द्र शाहले देशको राजनैतिक स्वास्थ्य गडबडी भएकोमा चिन्ता व्यक्त गरे । आधुनिक नेपाल पार्टीका संयोजक प्रा. डा. मनोजराज बगालेले आन्दोलन सफल हुन विचार बलियो हुनुपर्ने भन्दै देशका बुद्धिजिवीहरूलाई पनि यो न्यायको लडाइमा सहभागी हुन आह्वान गरे । कार्यक्रममा ६५ दलका केन्द्रीयस्तरका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सहभागीहरुले अधिकार मागेर नपाइने भएकाले खासेर लिनेगरी आन्दोलनको तयारीमा लाग्नुपर्ने बताए । कार्यक्रममा नयाँ शक्ति पार्टीका राष्ट्रिय मामिला समितिका संयोजक परशुराम तामाङ, अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमी, आंगिक संगठन विभाग संयोजक कुमार पौडेल, महिला शक्ति नेपालकी संयोजक कल्पना धमलालगायतका नेताहरुको उपस्थिति रहेको थियो । त्यस्तै संयुक्त राजनीतिक संघर्ष समितिले दलीय चुनाव चिन्हका लागि दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । सोही क्रममा आगामी चैत २६ गते काठमाडौं रत्नपार्कस्थित शान्तिबाटिकामा बृहत र्यालीसहित सभा गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE