Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

निधिले सुनाए कांग्रेस मन्त्रीसँग सरकार ढाल्ने यस्तो योजना

\"\"काठमाडौं, २५ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आक्षेप लगाएका छन् । कांग्रेसले सत्ताको नेतृत्व दिएबापत आफूलाई मन्त्रिपरिषद् ९क्याबिनेट० बैठकमै सहभागी नगराउने षड्यन्त्र गरी गुन तिरेको भन्दै गृहमन्त्री निधि प्रधानमन्त्री प्रचण्डविरुद्ध खनिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक अनाचक आइतबारलाई सारेपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गृह मन्त्रालय बोलाउँदै निधि प्रधानमन्त्री प्रचण्डविरुद्ध निकै आक्रामक बनेका हुन् । छलफलमा उनले आवश्यक परे सरकार छाड्नेसमेतको निर्णय सुनाएको एक मन्त्रीले बताए । ‘प्रधानमन्त्री बनाइदिने कांग्रेसजस्तो सबैभन्दा ठूलो दललाई नै हेपेर मन्त्रिपरिषद् बैठकमा समेत मलाई नराख्ने र कमल थापालाई पहिलो वरीयता दिने योजना बनाएका रहेछन्, यो सूचना पाएर म काठमाडौंबाहिर नगएपछि बैठक नै सारियो,’ बैठकमा निधिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । ती मन्त्रीकाअनुसार प्रधानमन्त्रीको योजना थाहा पाएर आफू उपत्यकाबाहिर नगएपछि मन्त्रिपरिषद् बैठक नै सारिएको तथ्य उनले पेस गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आफू उपत्यकामा नहुने पूर्वनिर्धारित कार्यक्रमका आधारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक राख्ने योजना बनाएका थिए । गृहमन्त्री निधि बिहीबार बिहान जनकपुर जाने र स्थानीय निर्वाचनबारे पार्टीको आन्तरिक छलफलमा जुट्ने कार्यक्रम रहेको थियो । तर, उनले बिहानै आफू काठमाडौंबाहिर नजाने जनाई चाँडो बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले सो सूचना पाई आइतबारका लागि बैठक सारिएको निधिको आरोप छ । ‘उपप्रधान तथा गृहमन्त्री बिहीबार बिहान जनकपुर जाने र जनकपुरका कार्यकर्ताहरूसँग दिनभर भेटघाट र निर्वाचनबारे छलफल गरेपछि शुक्रबार सप्तरी जाने कार्यक्रम थियो,’ निधिनिकट स्रोतले भन्यो, ‘बिहानै जनकपुरको कार्यक्रम रद्द गरेपछि प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद् बैठक आइतबारलाई सार्नुभयो, यसले उहाँलाई बैठकमै नराख्ने प्रधानमन्त्रीको नियत प्रस्ट देखियो ।’ निधिनिकट स्रोतका अनुसार उनी सप्तरीको राजविराजमा एमाले सभा बिथोल्ने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी ज्यान गुमाएका परिवारलाई शुक्रबार सरकारका तर्फबाट राहत वितरण र बिहीबार बिहानै जनकपुर जाने कार्यक्रम रहेको थियो । मन्त्रिपरिषद् बैठक बस्ने भएपछि निधिले प्रधानमन्त्रीलाई फोन गरेर आफ्नो कार्यक्रम रद्द भएको सूचना दिएका थिए । निधिले प्रधानमन्त्रीलाई समयमै मन्त्रिपरिषद्को बैठक राखेर विषय टुंग्याउनसमेत आग्रह गरेका थिए । तर, मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएपछि निधि आक्रोशित बनेका हुन् । सोही आधारमा उनले साँझ कांग्रेस मन्त्रीहरूको छुट्टै बैठक राखेर प्रधानमन्त्रीविरुद्ध खनिएका हुन् । मन्त्रीसँगको छलफलमा उनले प्रचण्डले आफ्नो हैसियत भुलेर प्रधानमन्त्री बनाइदिने कांग्रेसलाई नजर अन्दाज गर्न खोजेको आरोप लगाए । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणदेखि नै प्रधानमन्त्री र गृहमन्त्रीबीच उत्पन्न भएको विवादबीच राप्रपा अध्यक्ष कमल थापालाई आफूपछिको वरीयतामा रहने गरी उपप्रधानमन्त्री दिएपछि विवाद झनै चुलिएको छ । बिहीबार दिउँसो माओवादी केन्द्रको बैठकले पनि थापालाई सरकारमा दोस्रो वरीयतामा राख्ने सर्तमा नियुक्ति गरिएकाले दायाँबायाँ गर्न नसकिने निर्णय गरेपछि गृहमन्त्री निधिले पनि सरकारमा कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूसँग छलफल गरेका हुन् । बैठकमा १३ जना मन्त्री उपस्थित रहेका थिए । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भने बैठकबाट छिट्टै बाहिरिएका थिए । उपप्रधानमन्त्रीको वरीयता विवाद चुलिएपछि निधि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग गुनासो गरिरहेका थिए । बिहीबार पनि प्रधानमन्त्रीसँग उनले यही विषयमा छलफल गरेका थिए । तर, सो विषयमा प्रचण्डले स्पष्ट जवाफ दिएनन् । माओवादी केन्द्रकै बैठकमार्फत प्रधानमन्त्री प्रचण्डले आफूपछिको वरीयतामा राख्ने सर्तमा राप्रपा अध्यक्ष थापालाई सरकारमा ल्याएको धारणा सार्वजनिक भएपछि निधिले कांग्रेसका मन्त्रीहरूसँग छलफल गरेका हुन् । सबैभन्दा ठूलो दल कांग्रेसलाई नै हेपेर प्रचण्डले थापालाई साथ दिएको आरोपसमेत उनले लगाएका छन् । थापा उपप्रधानमन्त्री भएर सरकारमा आएदेखि प्रधानमन्त्री दाहालले हालसम्म वरीयताक्रम मिलाउन सकेका छैनन् ।वरीयता र आईजीपी नियुक्तिको विवादकै कारण बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक आइतबार सरेको छ । वरीयता विवादकै कारण प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीसमेत तोकेका थिएनन् । निधिले सरकारमा सहभागी सबैभन्दा ठूलो दल र गृहमन्त्रीसमेत भएकाले वरीयतामा आफू नै पहिलो हुनुपर्ने अडान राख्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE